1. नाप (Measurement)

नाप (Measurement):
कुनै पनि बस्तुको वास्तविक परिमाण थाहा पाउने प्रकृयालाई नाप भनिन्छ।
भौतिक परिमाणको मात्र नाप लिन सकिन्छ। जस्तैः पिण्ड, समय, गति, प्रवेग आदी। 
नाप लिएर गणितिय मानमा व्यक्त गर्न सकिने परिमाणलाई भौतिक परिमाण भनिन्छ। 
अभौतिक परिमाणको गणितिय मान वा नाप लिन सकिदैन। जस्तै- दया, माया, घृणा।
सहि रुपमा नाप लिनको लागि हामीलाई एकाई चाहिन्छ। 

एकाईः भौतिक परिमाणहरु नाप्नको लागि बनाईएको स्ट्याण्डर्ड परिमाणलाई एकाई भनिन्छ। 
भौतिक परिमाणहरु दुई किसिमका छन्। 
१. आधारभुत भौतिक परिमाणः अरु भौतिक परिमाणमा भर नपर्ने परिमाण। जस्तैः लम्बाई, पिण्ड,तापक्रम,  समय, प्रकाशको तिब्रता आदि । 
-आधारभुत परिमाणका एकाईलाई  वा अरु नापका एकाईमा भर नपर्ने नापका एकाईलाई आधारभुत एकाई भनिन्छ । जस्तै, लम्बाइको एकाइ- मिटर(m), पिण्डको एकाई- किलोग्राम (Kg), समयको एकाई- सेकेण्ड (s), तापक्रमको केल्भिन (K), विद्युतधाराको एम्पियर (A), पदारथको परिमाणको मोल (mol), प्रकाशको तिब्रताको क्याण्डेला (Cd) आदि । 
२. तत्जन्य भौतिक परिमाणः अरु भौतिक परिमाणमा भर पर्ने परिमाण। क्षेत्रफल, गति, घनत्व आदि ।
-तत्जन्य परिमाणको एकाईलाई वा अरु आधारभुत नापका एकाईमा भर पर्ने एकाईलाई तत्जन्य इकाइ भनिन्छ । क्षेत्रफलको एकाई- बर्गमिटर (m2), गतिको एकाई- मिटर प्रति सेकेण्ड (m/s), घनत्वको एकाई – किलोग्राम प्रति घनमिटर (Kg/m3) आदि
आयतन ‍= लम्बाई x चौडाई x उचाई = m x m x m = m‌3
घनत्व ‍= पिण्ड 	=   kg 
      आयतन         m3
गति = स्थानान्तरण / समय = दुरी / समय ‍= मिटर / सेकेण्ड 	= m /s   = ms-1

प्रवेग = गति / समय ‍= m/s     = m  * 1 	= m/s2	 	= ms-2 
                   S 	      s*s
नापका प्रणालीहरुः 
S.I प्रणालीः सन् १९६० मा फ्रान्समा भएको अन्तराष्ट्रिय वैज्ञानिकहरुको सम्मेलनले विश्वभर एउटै हुनेगरि विभिन्न भौतिक प्रणालीका नापका स्ट्यान्डर्ड परिमाणहरु निर्माभ गरेका छन्, त्यसैलाई S.I प्रणाली भनिन्छ।

M.K.S: length in meter, mass in kilogram and time in second (S.I)
 MKS को विस्तारित रुप नै S.I प्रणाली हो। 
C.G.S: length in centimeter, mass in gram and time in second
F.P.S: length in foot, mass in pounds and time in second (1 kg = 2.2 pounds, 1 inch= 2.54 cm, 1 foot = 12 inch = 30 cm)



पिण्ड(Mass): वस्तुमा रहेको पदार्थको परिमाणलाई पिण्ड भनिन्छ।
लम्बाई (Length): कुनै दुई विन्दुचविचको दुरीलाई लम्बाई भनिन्छ । 
समय (Time): कुनै दुई घटनाविचको अवधीलाई समय भनिन्छ।

१ Kg पिण्डको परिभाषाः फ्रान्सको पेरिसस्थित अन्तराष्ट्रिय नापतौल बिभागमा 0oc तापक्रममा रहेको प्लाटिनियम र ईरिडियम धातुवाट बनेको बेलनाकार ढकको पिण्डलाई १ के.जि पिण्ड भनिन्छ। 
१ सौर्य दिनः सूर्य एक नतांशवाट पुनः त्यहि नतांशमा आईपुग्न लाग्ने समयलाई १ सौर्य दिन भनिन्छ।१ सौर्य दिन = २४ घण्टा 
१ सेकेण्ड सयमको परिभाषाः १ सौर्य दिनको ८६४०० खण्डको १ खण्डलाई १ सेकेण्ड समय भनिन्छ।  
१ मिटर लम्बाईको परिभाषाः फ्रान्सको पेरिसस्थित अन्तराष्ट्रिय नापतौल बिभागमा 0oc तापक्रममा प्लाटिनियम र ईरिडियम धातु नजिक रहेको सुनका समानान्तर धर्साहरुविचको दुरीलाई १ मिटर दुरी भनिन्छ। 

पिण्ड(M): वस्तुमा रहेको पदार्थको परिमाणलाई पिण्ड भनिन्छ। पिण्डलाई भौतिक तराजुद्वारा किलोग्रामा एकाइमा नापिन्छ। पिण्डको ब्रम्हाण्डभरि स्थिर रहन्छ, र यो स्केलर राशी हो।
तौल (W): वस्तुको लागेको गुरुत्ववललाई वस्तुको तौल भनिन्छ। तौललाई (W) ले जनाईन्छ र न्युटन N एकाईमा नापिन्छ। तौललाई स्प्रिङ तराजुले नापिन्छ। वस्तुको तौल ठाँऊ अनुसार परिवर्तन हुन्छ। तौल भेक्टर राशी हो ।
तौल (W) = पिण्ड * गुरुत्वप्रवेग ‍= m * g  

स्केलर राशीः भौतिक परिमाणका मान मात्र हुने, तर दिशा नहुने, परिमाणलाई स्केलर राशी भनिन्छ। यसको सामान्य गणितिय विधीद्वारा जोडघटाउ गर्न सकिन्छ। उदाहरणः पिण्ड, वेग आदि।

भेक्टर राशीः भौतिक परिमाणका मान र दिशा दुबै हुने, परिमाणलाई भेक्टर राशी भनिन्छ। यसको भेक्टर गणितिय विधीद्वारा जोडघटाउ गर्न सकिन्छ। उदाहरणः गति, तौल आदि।