रासायनिक प्रतिक्रियाः अभ्यास तलका प्रश्नको सही विकल्प छान्नुहोस: (सही जवाफलाइ रातो अक्षरले जनाइएको छ) 1. सोडियम क्लोराइड र सिल्भर नाइट्रेटबिच हुने रासायनिक प्रतिक्रिया कुन हो ? (अ) संयोजन प्रतिक्रिया (आ) विभाजन प्रतिक्रिया (ई) दोहोरो विस्थापन प्रतिक्रिया (इ) एकल विस्थापन प्रतिक्रिया 2. 4Na+O2→2Na2O कस्तो प्रकारको रासायनिक प्रतिक्रिया हो ? (अ) संयोजन प्रतिक्रिया (आ) विभाजन प्रतिक्रिया (इ) अम्ल क्षार प्रतिक्रिया (ई) विस्थापन प्रतिक्रिया 3.दिइएको रासायनिक प्रतिक्रियामा प्रतिक्रियारत पदार्थ X कुन हो ? HCl + X NaCl + H2O (अ) NaOH (आ) Na (इ) NaH (ई) Na + H2O 4. क्याल्सियम कार्बोनेटलाई तताउँदा हुने रासायनिक प्रतिक्रिया कुन प्रकारको हो ? (अ) संयोजन प्रतिक्रिया (आ) विभाजन प्रतिक्रिया (इ) अम्ल क्षार प्रतिक्रिया (ई) विस्थापन प्रतिक्रिया कारण दिनुहोस् : 1. हाइड्रोजन पेरोअक्साइडलाई पारदर्शी भाँडामा राखिँदैन । हाइड्रोजन पेरोक्साइडलाई पारदर्शी भाँडामा राख्दा प्रकाश सजिलै छिर्ने हुँदा प्रकाशको उपस्थितिमा हाइड्रोजन पेरोक्साइड विच्छेदन भइ पानी र अक्सिजन बन्दछन् त्यसैले हाइड्रोजन पेरोक्साइडलाई पारदर्शी भाँडामा राखिँदैन। 2. अम्ल क्षार प्रतिक्रियालाई निराकरण प्रतिक्रिया भनिन्छ । अम्ल र क्षारबिच रासायनिक प्रतिक्रिया हुँदा अम्ल र क्षार दुवैको रासायनिक गुणहरु हराउँछन् र तटस्थ गुण भएको पानी र लवण बन्दछन्। त्यसैले अम्ल क्षार प्रतिक्रियालाई निराकरण प्रतिक्रिया भनिन्छ । 3. रासायनिक प्रतिक्रियाको गति प्रतिक्रिया अनुसार फरक हुन्छ। रासायनिक प्रतिक्रियामा भाग लिने पदार्थहरुको रासायनिक गुण, गाढापन,भौतिक अवस्था, वातावरणिय प्रभाव आदि फरक फरक हुन्छ। जसले गर्दा रासायनिक प्रतिक्रियामा भाग लिँदा संयोजन हुने,विच्छेदन हुने, घुल्ने क्षमता फरक हुन्छ। जसको फलस्वरुप एकाइ समयमा हुने रासायनिक परिवर्तनको दर पनि फरक हुन्छ। त्यसैले रासायनिक प्रतिक्रियाको गति प्रतिक्रिया अनुसार फरक हुन्छ। फरक लेख्नुहोस् : 1. एकल र दोहोरो विस्थापन रासायनिक प्रतिक्रिया एकल विस्थापन रासायनिक प्रतिक्रिया एक तत्व वा आयोनले यौगिकको अर्को तत्व वा आयोनलाई प्रतिस्थापन गर्दा हुने रासायनिक प्रतिक्रियालाई एकल विस्थापन प्रतिक्रिया भनिन्छ। प्रतिक्रियारत पदार्थको रुपमा एक तत्व र एक यौगिक आवस्यक पर्दछ। उत्पादित पदार्थको रुपमा एक तत्व र एक यौगिक बन्दछन्। दोहोरो विस्थापन रासायनिक प्रतिक्रिया दुई यौगिकमा रहेको आयोनहरुको अदानप्रदानद्वारा दुई नयाँ यौगिकहरु बन्ने रासायनिक प्रतिक्रियालाई दोहोरो विस्थापन प्रतिक्रिया भनिन्छ। प्रतिक्रियारत पदार्थको रुपमा दुई यौगिकहरु आवस्यक पर्दछ। उत्पादित पदार्थको रुपमा दुई यौगिकहरु बन्दछन्। 2. संयोजन र विच्छेदन प्रतिक्रिया संयोजन प्रतिक्रिया दुई वा दुई भन्दा बढि प्रतिक्रयारत पदार्थ मिली एउटा मात्र उत्पादित पदार्थ बन्ने रासायनिक प्रतिक्रयालाई संयोजन प्रतिक्रिया भनिन्छ। उत्पादित पदार्थको रुपमा एक मात्र पदार्थ हुन्छ। विच्छेदन प्रतिक्रिया एउटा प्रतिक्रयारत पदार्थ विभाजन भई दुई वा दुई भन्दा धेरै उत्पादित पदार्थ बन्ने रासायनिक प्रतिक्रयालाई विच्छेदन प्रतिक्रिया भनिन्छ। उत्पादित पदार्थको रुपमा एक भन्दा बढि पदार्थ बन्दछन्। दिइएका रासायनिक समीकरणलाई सन्तुलन गरी प्रकार लेख्नुहोस् : 1. KClO3 → KCl + O2 2KClO3 → 2KCl + 3O2 यो विच्छेदन प्रतिक्रिया हो। 2. CH4+ O2 → CO2 +H2O CH4+ 2O2 → CO2 +2H2O यो तापदायक रासायनिक प्रतिक्रिा हो। 3. Fe + O2 → Fe2O3 4Fe +3O2 → 2Fe2O3 यो संयोजन प्रतिक्रिया हो। 4. Zn + H2SO4 → ZnSO4 + H2 Zn + H2SO4 → ZnSO4 + H2 यो एकल विस्थापन प्रतिक्रिया हो। 5. Al + H2SO4 → Al2(SO4)3 + H2 2Al + 3H2SO4 → Al2(SO4)3 +3H2 यो एकल विस्थापन प्रतिक्रिया हो। तलका प्रश्नको उत्तर लेख्नुहोस् : 1. रासायनिक समीकरण भनेको के हो ? कुनै एउटा उदाहरणबाट प्रस्ट पार्नुहोस् । उत्तरः रासायनिक प्रतिक्रियामा संलग्न (प्रतिक्रयारत) र उत्पादित पदार्थलाई शब्द, संकेत तथा सुत्रद्वारा लेखिएको समिकरणलाई रासायनिक समिकरण भनिन्छ। जस्तै: पोटासियम क्लोरेट → पोटासियम क्लोराइड + अक्सिजन 2KClO3 → 2KCl + 3O2 2. रासायनिक प्रतिक्रियाको दर भनेको के हो ? रासायनिक प्रतिक्रियाको दरलाई असर पार्ने कुनै चार तत्त्व उल्लेख गर्नुहोस् । उत्तरः एकाइ समयमा प्रतिक्रियारत पदार्थ उत्पादित पदार्थमा परिवर्तन हुने गतिलाई रासायनिक प्रतिक्रियाको दर भनिन्छ। रासायनिक प्रतिक्रियाको दरलाई असर पार्ने कुनै चार तत्त्वहरु यस प्रकार छन्। क. उत्प्रेरक ख. ताप ग. चाप घ. प्रकाश 3. विस्थापन प्रतिक्रिया भनेको के हो? यसका कुनै दुईओटा उदाहरण सन्तुलित रासायनिक समीकरणसहित लेख्नुहोस्। उत्तरः रासायनिक प्रतिक्रिया हुँदा एउटा प्रतिक्रियारत पदार्थको परमाणु वा रेडिकललाई अर्को प्रतिक्रियारत पदार्तको परमाणुु वा रेडिकलले विस्थापन गरि नयाँ उत्पादित पदार्थ बन्ने प्रतिक्रियालाई विस्थापन प्रतिक्रिया भनिन्छ। जस्तै: क. जस्ताले हाइड्रोक्लोरिक अम्लसँग रासायनिक प्रतिक्रिया गर्दा जस्ताले हाइड्रोक्लोरिक अम्लको हाइड्रोजनलाई विस्थापन गरि जिङ्क क्लोराइड बनाउँछ। Zn + 2HCl → ZnCl2 + H2 ख. तामाले सिल्भर नाइट्रेटसँग रासायनिक प्रतिक्रिया गर्दा तामाले सिल्भरलाई विस्थापन गरि क्युपरिक नाइट्रेट बनाउँछ। Cu + 2AgNO3 → 2Ag+ Cu(NO3)2 4. विभाजन प्रतिक्रियाका कुनै दुईओटा उदाहरण सन्तुलित रासायनिक समीकरणसहित लेख्नुहोस् । उत्तरः क. चुनढुङ्गालाई ताप दिँदा विभाजन भई क्याल्सियम अक्साइड र कार्वनडाइअक्साइड बन्दछ। CaCO3 → CaO + CO2 ख. पोटासियम क्लोरेटलाई ताप दिँदा बिभाजन भई पोटासियम क्लोराइड र अक्सिजन बन्दछ। 2KClO3 → 2KCl + 3O2 5. तल दिइएको चित्रमा कुन प्रकारको रासायनिक प्रतिक्रिया हुन्छ ? उक्त प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् । उत्तरः चित्रमा एकल विस्थापन प्रतिक्रिया हुन्छ। फलामले कपर सल्फेटको घोलमा भएको कपरलाई विस्थापन गर्छ र फलाम घुलेर आइरन सल्फेटको घोल बनाउँछ। Fe + CuSO4 → FeSO4 +Cu 6. चार जना विद्यार्थी A, B, C, D लाई विज्ञान प्रयोगशालामा विच्छेदन प्रतिक्रिया गर्न लगाइन्छ । प्रत्येक विद्यार्थीले तल दिएअनुसार फरक फरक विधि अपनाए। विद्यार्थी A ले Mg को रिबन बालेछन् । विद्यार्थी B ले Zn लाई FeSO4 को घोलमा मिसाएछन् । विद्यार्थी C ले KClO3 लाई परीक्षण नलीमा तताएछन् । विद्यार्थी D ले Zn लाई HCl को घोलमा मिसाएछन् । कुन विद्यार्थीले सही विधि अपनाएछन्? उक्त विच्छेदन प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस्। उत्तरः विद्यार्थी C ले सही विधि अपनाएछन् किनकि पोटासियम क्लोरेटलाई ताप दिँदा बिभाजन भई पोटासियम क्लोराइड र अक्सिजन बन्दछ। 2KCIO3 → 2KCl + 3O2 7. समिरले एउटा म्याग्नेसियम रिबन जलाउँछन, जुन रिबन वा सानो फित्ता जस्तो हुन्छ । जल्दा उक्त तत्त्वले उज्यालो प्रकाश दिएर सेतो धुलो A बन्छ । अब A के हो पत्ता लगाउनुहोस् । उक्त प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण पनि लेख्नुहोस् । उत्तरः समिरले एउटा म्याग्नेसियम रिबन जलाउँछन, जुन रिबन वा सानो फित्ता जस्तो हुन्छ । जल्दा उक्त तत्त्वले उज्यालो प्रकाश दिएर सेतो धुलो बन्दछ। उक्त सेतो धुलो म्याग्नेसियम अक्साइडको धुलो हो। 2Mg +O2 → 2MgO