पाठ १६ः ग्यासहरु (१०)

तलका प्रश्नको सही विकल्पमा ठिक चिह्‍न लगाउनुहोस् : (सहि जवाफलाई रातो अक्षरले जनाइएको छ)

  1. चुनढुङ्गालाई भट्टीमा उच्च तापक्रममा कोइलासँग तताउँदा बन्‍ने उत्पादन के के हुन् ?

(अ) मिथेन र चुन

(इ) एसिटिलिन र कार्बन डाइअक्साइड

(ई) एमोनिया र चुन

  1. तलका मध्ये कुन भनाइ ठिक हो ?

(आ) कार्बन डाइअक्साइड हावालाई तलतिर विस्थापित गरी ग्याँस जारमा जम्मा गरिन्छ ।

(इ) कार्बन डाइअक्साइड पानीलाई माथितिर विस्थापित गरी ग्याँस जारमा जम्मा गरिन्छ ।

(ई) कार्बन डाइअक्साइड पानीलाई तलतिर विस्थापित गरी ग्याँस जारमा जम्मा गरिन्छ ।

  1. कार्बन डाइअक्साइड ग्याासलाई सफा चुनपानीमा केहीछिन पठाएमा रासायनिक प्रतिक्रिया भई बन्‍ने यौगिक तलका मध्ये कुन हो ?

(अ) क्याल्सियम बाइसल्फेट

(इ) क्याल्सियम सल्फेट

(आ) क्याल्सियम बाइकार्बोनेट

  1. प्रयोगशालामा एमोनिया उत्पादन गर्न एमोनियम क्लोराइड र क्याल्सियम हाइड्रोक्साइडलाई कुन अनुपातमा मिसाइन्छ ?

(अ) 3:1

(इ) 2:3

(ई) 1:2

कारण दिनुहोस् :

१. कार्बन डाइअक्साइड ग्याँसलाई खुला ग्याँसजारमा जम्मा गर्न सकिन्छ ।

    1. तरल एमोनियाको बोतल खोल्नु पहिले केहीबेर चिसो पानीमा राख्नुपर्छ ।

    तलका दिइएका प्रश्नको उत्तर दिनुहोस :

    1. प्रयोगशालामा कार्बन डाइअक्साइड ग्याँस बनाउने विधि सचित्र वर्णन गर्नुहोस् ।

    1. एउटा उल्फ बोतलको एउटा प्वालबाट केहि चुनढङ्गाको टुक्राहरु राख्‍नुपर्छ।
    2. चित्रमा देखाए जस्तै कर्कको प्रयोग गरि उल्फ बोतलको एउटा प्वालमा थिसल फनेल र अर्को प्वालमा डेलिभरी नली हावा नछिर्ने गरी जडान गर्नुपर्छ।
    3. थिसल फनेलको सहायताले चुनढुङ्गा छोपिने गरी हाइड्रोक्लोरिक अम्ल बिस्तारै खन्याउनु पर्छ।
    4. डेलिभरी नलीको अर्को छेउ माथितिर मुख फर्काएर राखिएको ग्याँस जारमा पठाउनु पर्छ।
    5. उल्फ बोतलमा चुनढङ्गा र हाइड्रोक्लोरिक अम्ल बिच रासायनिक प्रतिक्रिया भई कार्वनडाइअक्साइड ग्याँस बनेर डेलिभरी नली हुँदै ग्याँस जारमा जान्छ।
    6. यसरी कार्वनडाइअक्साइड ग्याँसले हावालाई माथितिर विस्थापन गरि तल गएर जम्मा हुन्छ।
    1. चित्र अध्ययन गरी प्रश्‍नको उत्तर दिनुहोस् :

    (अ) ग्याँसजारमा कुन ग्याँस जम्मा भइरहेको छ ?

    (आ) यो ग्याँस बनाउने प्रतिक्रियाको रासायनिक समीकरण लेख्नुहोस् ।

    (इ) कस्तो रङको लिटमस पेपरको प्रयोगबाट यसरी तयार गरिने ग्याँसको पहिचान गर्न सकिन्छ ?

    (इ) किन यो ग्याँसलाई सुल्टो पारिएको खाली ग्याँस जारमा जम्मा गरिएको होला ?

    1. कार्बन डाइअक्साइड ग्याँसका कुनै तीनओटा रासायनिक गुण लेख्नुहोस् ।
      • उत्तरः कार्वनडाइअक्साइड ग्याँस न त आफु बल्छ न त अरुलाई बल्न मदत गर्छ। यसले बलिरहेको वस्तुलाई निभाउँछ। तर वलिरहेको म्याग्नेसियमलाई कार्वनडाइअक्साइड ग्यास भएको जारमा घुसाउँदा तेजिलो बल्ल्छ र प्रतिक्रिया भई म्याग्‍नेसियम अक्साइड र कार्वन उत्पन्‍न हुन्छ ।
    1. कार्वनडाइअक्साइड ग्याँस पानीमा घुलेर कार्वोनिक अम्ल (H2CO3) बनाउँछ। पेय पदार्थमा उच्‍च चापमा यो ग्याँस राखी पेय पदार्थ अमिलो स्वादको बनाउन प्रयोग गरिन्छ।
    1. कार्बन डाइअक्साइड ग्याँसका कुनै चारओटा उपयोगिता उल्लेख गर्नुहोस् ।
    1. प्रयोगशालामा एमोनिया ग्याँस बनाउने तरिका सचित्र वर्णन गर्नुहोस् ।
    1. एमोनियम क्लोराइड र क्यालसियम हाइड्रोक्साइडलाई 2:1 को अनुपातमा मिश्रण बनाई हार्ड ग्लास टेस्ट ट्‍युबमा राख्‍नुपर्छ।
    2. चित्रमा जस्तै गरी हार्ड ग्लास टेस्ट ट्‍युबको मुखमा कर्क सहित डेलिभरी नली जोडेर अलिकति ढल्के हुने गरी स्ट्‍यान्डमा अड्‍याउनु पर्छ र डेलिभरी ट्‍युबको अर्को छेउलाई लाइम टावरमा जडान गर्नुपर्छ।
    3. लाइम टावरको मुखमा ग्याँस जारलाई मुख तलतिर फर्काई राख्‍नुपर्छ।हार्ड ग्लास टेस्ट ट्‍युबलाई बिस्तारै तताउनुपर्छ।
    4. एमोनियम क्लोराइड र क्यालसियम हाइड्रोक्साइडबिच रासायिनक प्रतिक्रिया भई एमोनिया ग्याँस उत्पादन भई डेलिभरि नली हुँदै लाइम टावरमा जान्छ।
    5. लाइम टावरमा CaO ले पानीको बाफलाई सोसेर लिन्छ र सुख्‍खा एमोनिया ग्याँस जारमा हावालाई तलतिर विस्थापन गरी जम्मा हुन्छ।
    6. चित्र अध्ययन गरी प्रश्नको उत्तर दिनुहोस् :

    (अ) ग्याँस जारमा कुन ग्याँस जम्मा भइरहेको छ ?

    (आ) यो ग्याँस बनाउने प्रतिक्रियाको रासायनिक समीकरण लेख्नुहोस् ।

    (इ) कस्तो रङको लिट्मस पेपरको प्रयोगबाट यो ग्याँसको पहिचान पान सकिन्छ ?

    (ई) हार्डग्लास टेस्टट्युबलाई किन अलिकति छड्के पारेर राखिन्छ ?

    (उ) लाइम टावरको एउटा उपयोगिता के हो ?

    1.  एमोनिया ग्याँसका कुनै चारओटा उपयोगिता लेख्‍नुहोस् ।
    1. के हुन्छ, सन्तुलित रासायनिक समीकरणसहित लेख्‍नुहोस् :

    (अ) कार्बन डाइअक्साइडलाई चुनपानीमा एक छिनका लागि पठाउँदा

    (आ) कार्बन डाइअक्साइडलाई चुनपानीमा धेरैबेरसम्म पठाउँदा

    धेरैबेर सम्म पठाउँदा घुलनशिल क्याल्सियम बाइकार्वोनेट बन्छ र दुधिलोपना हराउँछ।

    (इ) बलिरहेको म्याग्‍नेसियमको फित्ता कार्बन डाइअक्साइडयुक्त जारमा घुसाउँदा 

    (ई) सोडियम हाइड्रोक्साइड र एमोनियम सल्फेटको मिश्रणलाई तताउँदा

    (उ) एमोनियालाई पानीमा मिसाउँदा

    (ऊ) एमोनिया र हाइडोक्लोरिक अम्लबिच प्रतिक्रिया हुँदा