पाठ १७ः धातु र अधातु (१०)

तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् : (सही जवाफलाइ रातो अक्षरले जनाइएको छ)

  1. फलामको मुख्य धाउ कुन हो ?

(अ) बक्साइट

(इ) अर्जेन्टाइट

(ई) पाइराइट

  1. प्रकृतिमा शुद्ध अवस्थामा पाइने धातु कुन हो ?

(अ) आल्मिनियम

(आ) फलाम

(इ) तामा

  1. प्रारम्भिक चरणमा धाउलाई शुद्ध पार्न अपनाइने प्रक्रिया कुन हो ?

(अ) स्मेल्टिङ

(आ) कन्सन्ट्रेसन

(इ) रोस्टिङ

  1. दिइएका कुन धाउलाई अक्सिडाइज गर्न रोस्टिङ गरिन्छ ?

अ) हेमाटाइट

(आ) बक्साइट

(इ) सिडेराइट

(ई) क्युप्राइट

  1. स्मेल्टिङ कुन प्रक्रियाअन्तर्गत पर्दछ ?

(अ) ग्राइन्डिङ

(आ) रिफाइनिङ

(इ) अक्सिडेसन

  1. कारण दिनुहोस् :
    • 1. सबै धाउ खनिज हुन् तर सबै खनिज धाउ होइनन् ।
  1. कन्सन्ट्रेसन पश्‍चात् धाउलाई अक्सिडेसन गरिन्छ ।
  1. फरक लेख्नुहोस् :
    • खनिज र धाउ
खनिजधाउ
पृथ्वीको क्रस्टमा  शुद्ध, ठोस र मणिभ आकारमा पाइने यौगिकहरुलाई खनिज भनिन्छ।जुन खनिजबाट धातु सजिलै र प्रशस्त निकाल्न सकिन्छ त्यसलाई धाउ भनिन्छ।
सबै खनिज धाउ होइनन् ।सबै धाउ खनिज हुन्।
  1. रोस्टिङ र क्याल्सिनेसन
रोस्टिङक्याल्सिनेसन
धाउलाई भट्‍टीमा राखी प्रचुर मात्रामा हावाको प्रवाह गराई धाउमा भएको धातुलाई तताएर यसको अक्साइडमा परिवर्तन गर्नर बिधिलाई रोस्टिङ भनिन्छ। धाउलाई भट्‍टीमा राखी हावाको प्रवाहबिना वा अक्सिजनको अनुपस्थितिमा तताई धातुको अक्साइडमा परिवर्तन गर्ने बिधिलाई क्याल्सिनेसन भनिन्छ।
सल्फाइड धाउलाई धातु अक्साइडमा परिवर्तन गर्न रोस्टिङ गरिन्छ।कार्वोनेट धाउलाई धातु अक्साइडमा परिवर्तन गर्न क्याल्सिनेसन गरिन्छ।
  1. अक्सिडेसन र रिडक्सन
अक्सिडेसन                  रिडक्सन
धाउलाई धातुको अक्साइडमा परिवर्तन गर्ने बिधिलाई अक्सिडेसन भनिनछ।धातु अक्साइडबाट अक्सिजन हटाउने बिधिलाई रिडक्सन भनिन्छ।
यसमा रोस्टिङ र क्याल्सिनेसन  प्रकियाहरु पर्दछन। यसमा स्मेल्टिङ प्रक्रिया पर्छ।

1. धातु प्राप्त गर्ने स्रोत के हो ?

  1. फलाम, तामा, आल्मिनियम र चाँदीका धाउको सूची बनाउनुहोस् ।
  1. मेटालर्जी एक चरणबद्ध प्रक्रिया हो, कसरी ? व्याख्या गर्नुहोस् ।
  1. इलेक्ट्रोरिफाइनिङबाट कसरी शुद्ध धातु प्राप्त हुन्छ ? एउटा क्रियाकलापको सहायताबाट व्याख्या गर्नुहोस् ।

विधि:

  1. एउटा भोलटामिटरमा निलोतुथोको घोल लिनुपर्छ।
  2. अशुद्ध तामाको पातालाई ब्याट्रीको धनात्मक ध्रुव र शुद्ध तामाको पातालाई ब्याट्रीको ऋृणात्मक ध्रुवसँग जोडी चित्रमा जस्तै एनोड र क्याथोड बनाउनुपर्छ।
  3.  भोल्टामिटरमा विद्युत प्रवाह गर्नुपर्छ।
  4. एनोडमा भएको अशुद्ध तामाको पाता खिइँदै जान्छ र क्याथोडमा भएको शुद्ध तामाको पातामा तामा थपिँदै जान्छ।

यसरी विद्युत विच्छेदन विधि प्रयोग गरी अशुद्ध तामाबाट शुद्ध तामा प्राप्त गर्न सकिन्छ।