पाठ ११ः विद्युत र चुम्बकत्व (१०)

तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस्: (सहि जवाफलाई रातो अक्षरले जनाइएको छ)

  1.  तलका मध्ये कुन a.c.को स्रोत हो ?
    • ड्राइसेल
    • सोलार प्यानल
    • डाइनामो
    • भोल्टाइक सेल
  2. विद्युत धाराको चुम्बकीय असर कुन वैज्ञानिकले पत्ता लगाएका हुन?
    •  माइकल फाराडे
    • हान्स क्रिस्चियन ओरस्टेड
    • जेम्स क्लर्क म्याक्सवेल
    • जोन एम्ब्रोस फ्लेमिङ
  3. सुचालक सिधा तारबाट विद्युत् करेन्ट माथितिर गइरहेको अवस्थामा चुम्बकीय क्षेत्रको दिशा कुन हो ?
    • घडीको सुई घुम्ने दिशाको उल्टो दिशामा हुन्छ ।
    • घडीको सुई घुम्ने दिशामा हुन्छ ।
    • विद्युत् करेन्टको लम्ब दिशामा हुन्छ ।
    • विद्युत् करेन्टको विपरीत दिशामा हुन्छ ।
  4. चित्रमा देखाइएका विद्युत् स्रोतका लागि तलका मध्ये कुन भनाइ सही छ ?
    • A बाट उत्पादित हुने विद्युत् करेन्टको मान स्थिर हुन्छ ।
    • B बाट उत्पादन हुने विद्युत् करेन्टको आवृत्ति हुन्छ ।
    • A बाट उत्पादन हुने विद्युत् करेन्टबाट बत्ती बाल्दा उज्यालो घटबढ हुन्छ ।
    • B बाट उत्पादन हुने विद्युत् करेन्टको दिशा निरन्तर परिवर्त हुन्छ ।
  5. ट्रान्सफर्मर कुन सिद्धान्तमा आधारित हुन्छ ?
    • इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन
    • म्युच्यअल इन्डक्सन
    • विद्युत् चम्बकीय अस
    • मोटर असर
  6. ट्रान्सफर्मर सूत्र कुन हो ?
  1. फरक लेख्नुहोस् :

क. A.C. र D.C.

A.CD.C
यो विद्युतको ध्रुबहरु निरन्तर परिवर्तन हुन्छ।यो विद्युतको ध्रुबहरु परिवर्तन हुँदैन।
घरायसी विद्युत वितरणको  आवृति 50 HZ हुन्छ।यसको आवृति 0 हुन्छ। 

ख. डाइनामो र जेनेरेटर 

डाइनामोजेनेरेटर
डाइनामोबाट थोरै मात्रामा विद्युत उत्पादन गर्न सकिन्छ । जेनेरेटरबाट धेरै मात्रामा विद्युत उत्पादन गर्न सकिन्छ । 
यसमा स्थायी चुम्बक प्रयोग गरिइको हुन्छ । यसमा विद्युत चुम्बक प्रयोग गरिएको हुन्छ । 

ग. स्टेप अप ट्रान्सफर्मर र स्टेप डाउन ट्रान्सफर्मर

स्टेप अप ट्रान्सफर्मरस्टेप डाउन ट्रान्सफर्मर
प्राइमरी क्‍वाइलभन्दा सेकेन्डरी क्‍वाइलमा तारका फन्का बढी हुन्छन् । प्राइमरी क्‍वाइलभन्दा सेकेन्डरी क्‍वाइलमा तारका फन्का कम हुन्छन् । 
यसले AC भोल्टेजको मात्रा बढाउँछ । यसले AC भोल्टेजको मात्रा घटाउँछ । 
पावर हाउस स्टेसनमा यसको प्रयोग गरिन्छ । रेडियो, टि.भि आदि उपकरणमा यसको प्रयोग गरिन्छ । 

घ. मोटर र जेनेरेटर

मोटरजेनेरेटर
यसले विद्युत शक्तिलाई यान्त्रिक शक्तिमा रुपान्तरण गर्छ।यसले यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा रुपान्तरण गर्छ। 
यसले विद्युतको मोटर असरको सिद्वान्तमा आधारित भएर कार्य गर्छ।यसले विद्युत चुम्बकीय उपपादनको सिद्वान्तमा आधारित भएर कार्य गर्छ। 
यो कलकारखाना, पंखा आदीमा प्रयोग गरिन्छ। यो विद्युत उत्पादन गृहमा प्रयोग गरिन्छ।

कारण लेख्‍नुहोस् :

  1. विद्युत् करेन्ट प्रवाह भइरहेको परिपथ नजिकै चुम्बकीय कम्पास राख्दा यसको निडिल चल्छ ।
  1. विद्युत् घन्टीमा विद्युत् चुम्बकको प्रयोग गरिन्छ । 
  1. ट्रान्सफर्मरका प्राइमरी फन्को र सेकेन्डरी फन्काको सङ्ख्या समान हुँदैन ।
  1. ट्रान्सफर्मरको कोर लेमिनेसन गरिएको हुन्छ ।
  1. मोबाइल चार्जरमा ट्रान्सफर्मरको प्रयोग गरिएको हुन्छ।

तलका प्रश्‍नको उत्तर लेख्‍नुहोस्।

1. हाम्रो देशमा प्रयोग हुने A.C. को आवृत्ति 50Hz हुन्छ भन्नुको अर्थ लेख्नुहोस।

  1.  डाइरेक्ट र अल्टरनेटिङ करेन्टको समय ग्राफ कोर्नुहोस् ।

  1.  विद्युत् बहिरहेको सिधा तारको वरिपरिको र सोलेन्वाइडको वरिपरिको चुम्बकीय क्षेत्रको रेखा चित्र कोर्नुहोस् 

  1. निम्नलिखित नियमको व्याख्या गर्नुहोस् । 

क) सिधा तारबाट विद्युत् करेन्ट प्रवाह हुँदा बन्ने चुम्बकीय क्षेत्रको दिशा देखाउन म्याक्सवेलको दायाँ हातको बुढीऔँलाको नियम

ख) सोलेन्वाइडको वरिपरिको चुम्बकीय बल रेखाको दिशा पत्ता लगाउने म्याक्सवेलको दायाँ हातको ग्रिप नियम (Maxwell’s Right hand grip rule)

  1. धारा विद्युत्को चुम्बकीय असर भनेको के हो ?
  1. चुम्बकीय प्रवाहको परिभाषा लेख्नुहोस् ।
  1. फलामको धुलो, कार्डबोर्ड, सुचालक सिधा तारको प्रयोगबाट धारा विद्युत् बहिरहेको सिधा तारको वरिपरिको चुम्बकीय क्षेत्र कसरी प्रदर्शन गर्न सकिन्छ ? व्याख्या गर्नुहोस् ।
  1. धारा विद्युत् बहिरहेको सिधा तारको वरिपरिको चुम्बकीय क्षेत्रको चित्र कोर्नुहोस् ।
  2. सोलेन्वाइड भनेको के हो ? सोलेन्वाइडको वरिपरिको चुम्बकीय क्षेत्रको चित्र कोर्नुहोस् ।
  1. सोलेन्वाइडका दुईओटा उपयोगिता लेख्नुहोस्।
  1. दिइएको चित्रमा कुन असर प्रदर्शन गरिएको छ ?

12. चित्रमा सेल, क्‍वाइल, पेपर क्लिप, ड्राइसेल, र स्थाइ चुम्बकबाट तयार पारिएको एउटा सामान्य विद्युत् मोटर देखाइएको छ । उक्त मोटरको कार्य प्रक्रिया मोटर असरका आधारमा वर्णन गर्नुहोस् ।

  1. विद्युत चुम्बकीय उपपादन भनेको के हो ?
  1. दिइएको चित्रको अध्यन गर्नुहोस् र तल दिइएका अवस्थामा के हुन्छ, लेख्नुहोस्:

(अ) छड चुम्बकलाई विस्तारै सोलेन्वाइड भित्र प्रवेश गराउँदा

(आ) छड चुम्बकलाई तीव्र गतिमा स्वलेन्वाइडभित्र प्रवेश गराउँदा

(इ) छड चुम्बकलाई सोलेन्वाइडभित्र स्थिर राख्दा

(ई) छड चुम्बकलाई सोलेन्वाइड बाहिर तीव्ररूपले तान्दा 

  1. विद्युत चुम्बकीय उपपादनसम्बन्धी फाराडेको नियम लेख्नुहोस् ।
  1. एउटा साइकलमा जडान गरेको डाइनामो जडान गरिएको बल्ब एकनासको चम्किलोपनाले नबली कुनै बेला चम्किलो त कुनै बेला मधुरो बल्ने र साइकल स्थिर अवस्थामा आउँदा बल्ब निभेको पाइयो । डाइनामोका कार्य प्रक्रियाका आधारमा यस किसिमको अवलोकनको कारण उल्लेख गर्नुहोस्।
  1. के गर्दा डाइनामोबाट उत्पादन हुने विद्युतको मात्रा बढाउन सकिन्छ ? कुनै दुईओटा उपाय लेख्नुहोस् ।

(ग) डाइनामो भित्रको चुम्बक वरीपरी रहेको क्‍वाइलको फन्का संख्या बढाउने

  1. नेपालका विद्युत् उत्पादनका कुनै दुई ठुला स्रोतहरू (जलविद्युत गृह, सोलार पावर प्लाट) का बारेमा खोजी गरी तिनको क्षमता, त्यसबाट उत्पादन हुन विद्युतका किसिम, प्रसारण आदि समेटेर खोजमूलक प्रतिवेदन तयार पार्नुहोस्।
  1. ट्रान्सफर्मर भनेको के हो ?
  1. चित्रमा देखाइएका ट्रान्सफर्मर X र Y को किसिम लेख्नुहोस् ।

21. स्टेप अप ट्रान्सफर्मर र स्टेप डाउन ट्रान्सफर्मरका ब्लक रेखाचित्र कोरी प्रत्येकका दुई दुईओटा उपयोगिता लेख्नुहोस् ।


  1. गणितीय समस्या:
    • 220 V को पावर सप्लाइबाट (20V को) ल्यापटप चार्ज गर्न आवश्यक पर्ने चार्जरमा ट्रान्सफर्मरको प्राइमरी फन्काको सङ्ख्या 550 भए सेकेन्डरी फन्काको हिसाब गर्नुहोस् ।
  1. एउटा माइक्रोवेभ ओभनमा प्रयोग गरिएको ट्रान्सफर्मरको सेकेन्डरी क्‍वाइलको फन्को प्राइमरी क्‍वाइलको फन्काको 10 गुणा रहेको छ । उक्त माइक्रोवेभ ओभनलाई 230 V पोटेन्सियल फरक भएको परिपथमा जडान गर्दा सेकेन्डरी भोल्टेज कति हुन्छ ? 
  1. एउटा ट्रान्सफर्मरका प्राइमरी फन्को र सेकेन्डरी फन्काको अनुपात 22:1 छ भने उक्त ट्रान्सफर्मर प्रयोग गरिएको एडेप्टरलाई 220 V पोटेन्सियल फरक भएको परिपथमा जडान गर्दा प्राप्त हुने आउटपुट भोल्टेज हिसाब गर्नुहोस् ।