पाठ ५ः शारीरिक संरचना र जीवन प्रकृया (१०)

  तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् : (सही जवाफलाई रातो अक्षरले जनाईएको छ)

  1. रक्तसञ्चार प्रणालीका मुख्य भागको समूह निम्नमध्ये कुन हो ?

(अ) मुटु, रगत र फोक्सो

(इ) मुटु, कलेजो र फोक्सो

(ई) मुटु, रक्तनली र कलेजो

  1. न्युक्लियस नहुने रक्तकोष कुन हो ?

(अ) न्युट्रोफिल

(इ) मोनोसाइट

(आ) लिम्फोसाइट

  1. रगतमा हेमोग्लोबिनको कमी भएमा कुन रोग लाग्छ ?

(अ) मधुमेह

(आ) हेमोफिलिया

(ई) ल्युकेमिया

  1. मानव मुटुमा कतिओटा भल्भ हुन्छन् ?

(अ) 2

(आ) 3

(ई) 5

  1. मुटुको बायाँ भेन्ट्रिकल खुम्चँदा धमनीमा सिस्टोलिक रक्त चाप महसुस हुनुको कारण के हो ?

(अ) मुटुमा अत्यधिक चाप उत्पन्न हुनु

(इ) मुटुको बायाँ भेन्ट्रिकल खुम्चंदा धमनी पनि खुम्चनु

(ई) मुटुको बायाँ भेन्ट्रिकल खुम्चँदा रगत बाक्लो हुनु

  1. रोहितले रक्त समूह पहिचानका लागि रगतको परीक्षण गराएको नतिजा तलको तालिकामा देखाइएको छ । उक्त रक्त समूह कुन हो ?

(अ) A पोजेटिभ

आ 0 पोजेटिभ

(ई) B पोजेटिभ

  1. एक जना व्यक्तिलाई धेरै तिर्खा र भोग लाग्‍ने, रिँगटा लाग्ने र वेला वेलामा बेहोस हुने, छिनछिनमा पिसाब लाग्‍ने, आँखा धमिलो हुँदै जाने भएको छ । उनी कुन समस्याबाट ग्रसित छन् ?

(अ) उच्च रक्तचाप

(इ) युरिक एसिडको समस्या

(ई) एनिमियाको अवस्था

  1. मुटुको दुखाइको अवस्थामा कोरोनरी धमनीमा कुनै ब्लकेज भए नभएको पहिचान गर्न उपयुक्त जाँच कुन हो ?

(अ) मुटुको रक्तचाप परीक्षण

(इ) इसिजी

(ई) मुटुको धड्कनको जाँच

  1. साम्भवी विद्यालयमा खेल्दा खेल्दै ढुङ्गामा ठोक्किँदा उनीलाई खुट्टामा चोट लाग्यो । विभिन्न प्रयत्‍न गर्दा पनि उनको रगत बग्न रोकिएन । यसको कारण के होला ?

(अ) रगतमा हेमोग्लोबिनको कमी

(आ) रगतमा सेता रक्तकोषको कमी

(ई) रगतमा राता रक्तकोषको कमी

  1. रस्मिलाको हजुरबुबालाई रातो मासु, गेडागुडी तथा तारेका खानेकुरा खाँदा शरीर दुख्‍ने, जोर्नीहरू सुन्‍निने समस्या देखिएको छ । उनलाई के समस्या भएको होला ?

(अ) उच्च रक्तचाप

(आ) रगतमा उच्च ग्लुकोजको अवस्था

(ई) एनिमियाको अवस्था

  1. भिन्नता लेख्‍नुहोस् :
    • राता रक्तकोष र सेता रक्तकोष
राता रक्तकोषसेता रक्तकोष
१. यो रातो रङको हुन्छ । १. यो रङहिन हुन्छ । 
२. यसमा न्युक्लियस हुँदैन । २. यसमा न्युक्लियस हुन्छ । 
३. यसमा हेमोग्लोविन हुन्छ । ३. यसमा हेमोग्लोविन हुँदैन । 
४. यसको आकार बाइकन्केभ हुन्छ ।५. यसको आकार अनियमित हुन्छ ।
  1. अरिकल र भेन्ट्रिकल
अरिकलभेन्ट्रिकल
१. यो मुटुको माथिल्लो कोठा हो । १. यो मुटुको तल्लो कोठा हो । 
२. यसको भित्ता पातलो हुन्छ । २. यसको भित्ता बाक्लो हुन्छ । 
३. मुटु शरीर वा फोक्सोबाट बाहिरको रगत मुटुमा सङ्कलन गर्छ । ३. मुटु भित्रको रगत बाहिर पठाउँछ । 
  1. धमनी र शिरा
धमनीशिरा
१. यसले शुद्ध रगत बोक्छ तर पल्मोनरी धमनीले मात्र अशुद्ध रगत बोक्छ ।१. यसले अशुद्ध रगत बोक्छ तर पल्मोनरी शिराले मात्र शुद्ध रगत बोक्छ । 
२. यसको भित्ता बाक्लो हुन्छ । २. यसको भित्ता पातलो हुन्छ । 
३. यसमा रक्तचाप बढी हुन्छ । ३. यसमा रक्तचाप कम हुन्छ । 
४. यसमा भल्भ हुँदैन । ४. यसमा भल्भ हुन्छ । 
  1. पल्मोनरी रक्त सञ्चार र सिस्टमिक रक्त सञ्चार
पल्मोनरी रक्त सञ्‍चारसिस्टमिक रक्त सञ्‍चार 
१. मुटु र फोक्सोबिच हुने रक्त सञ्‍चारलाई पल्मोनरी रक्त सञ्‍चार भनिन्छ ।  १. मुटु र शरीरका विभिन्‍न भागहरू बिच हुने रक्त सञ्‍चारलाई सिस्टमिक रक्त सञ्‍चार भनिन्‍छ । 
२. यो प्रक्रिया छोटो हुन्छ । २. यो प्रक्रिया लामो हुन्छ । 
३. यस प्रक्रियामा मुटुबाट अशुद्ध रगत फोक्सोमा जान्छ र शुद्ध रगत फोक्सोबाट मुटुमा आँउछ । ३. यस प्रक्रियामा मुटुबाट शुद्ध रगत शरीरभरी जान्छ र अशुद्ध रगत शरीरबाट मुटुमा आँउछ । 
  1. सिस्टोलिक रक्तचाप सञ्चार र डाइस्टोलिक रक्तचाप सञ्चार
सिस्टोलिक रक्त सञ्‍चार (चाप) डाइस्टोलिक रक्त सञ्‍चार (चाप) 
१. आर्टेरियल रक्तचापको माथिल्लो तहको मापनलाई सिस्टोलिक रक्त चाप भनिन्छ । १. आर्टेरियल रक्तचापको तल्लो तहको मापनलाई डाइस्टोलिक रक्त चाप भनिन्छ । 
२. सिस्टोलोक रक्त चाप मुटुको भेन्ट्रिकल खुम्चदा उत्पन्‍न हुने रक्तचाप हो । २. डाइस्टोलिक रक्त चाप मुटुको भेन्ट्रिकल यथावत स्थितिमा आउँदा उत्पन्‍न हुने रक्तचाप हो । 
३. वयस्क मानिसमा सिस्टोलिक रक्त चाप 90 mmHg देखि 130 mmHg हुन्छ । ३. वयस्क मानिसमा डाइस्टोलिक रक्तचाप 60 mmHg देखि 90 mmHg  हुन्छ । 
  1. एनिमिया र हिमोफिलिया
एनिमियाहिमोफिलिया
रगतमा राता रक्तकोषको संख्या घट्दा हुने अवस्थालाई एनिमिया भनिन्छ ।रगतमा प्लेटलेट्सको मात्रा घट्दा हुने अवस्थालाई हिमोफिलिया भनिन्छ ।
एनिमिया हुँदा शरीरमा अक्सिजनको मात्रा घट्छ, छिटै थकाई लाग्‍ने हुन्छ ।हिमोफिलिया हुँदा शरीरमा घाउचोट लाग्दा रगत जम्‍न पाँउदैन र  रक्तश्राव रोकिदैन ।
  1. एन्जियोग्राम र ओपन हर्ट सर्जरी
एन्जियोग्रामओपन हर्ट सर्जरी 
मुटुको कोरोनरी आर्टरीहरुमा भएको अवरोध पत्ता लगाउन एन्जियोग्राम गरिन्छ ।मुटुको भल्भ,कोठाहरु तथा अन्य भित्री भागमा भएको समस्या समाधान गर्न ओपन हर्ट सर्जरी गरिन्छ ।
यस विधिमा धमनीमार्फत मुटुको धमनीमा मसिनो नली पुर्‍याईन्छ  ।यस विधिमा मुटुमा प्रत्यक्ष पहुँच पुर्‍याइन्छ ।
यसमा मसिनो नलि क्याथेटर प्रयोग गरिन्छ ।यसमा क्याथेटर प्रयोग गरिदैन ।
  1. प्लटलेट्स र सेता रक्तकोष
प्लेटलेट्ससेता रक्तकोष
यिनिहरुको आयु २-३ दिन हुन्छ ।यिनिहरुको आयु करिव २ हप्ता हुन्छ । 
यिनिहरुले घाउ चोटपटक लाग्दा रगत जमाउने कार्य गर्छन् ।यिनिहरुले शरीरमा रोगका किटाणुविरुद्द लड्ने कार्य गर्छन् ।
यिनिहरु प्रति घनमिलिमिटरमा २ देखी ४ लाख हुन्छन् ।यिनिहरु प्रति घनमिलिमिटरमा ४००० देखी ११०००  हुन्छन् ।
  1. कारण दिनुहोस्
    • 1. रगत रातो हुन्छ ।
  1. WBC लाई शरीरका सेना भनिन्छ ।
  1. अरिकलको भन्दा भेन्ट्रिकलहरूको भित्ता बाक्लो मांसपेशीबाट बनेको हुन्छ।
  1. दायाँ भेन्ट्रिकलको भन्दाबायाँ भेन्ट्रिकलको भित्ता बाक्लो हुन्छ ।
  1. धमनीमा भल्भ हुँदैन तर शिरामा भल्भ हुन्छ ।
  1. रक्त अल्पता भएको मानिस केही छिन हिड्दा नै थाक्छ ।
  1. धमनीहरू मांसपेशीभित्र दबिएर रहेका हुन्छन् भने शिराहरू शरीरको बाहिरी सतहमै हुन्छन् ।
  1. रक्तदान गर्नुपूर्व रक्त समूह पहिचान गर्नु आवश्यक हुन्छ । 
  1. हिमोफिलियाका बिरामीको रगत निकै ढिलो जम्छ वा जम्दैन पनि ।
  1. तलका प्रश्नको उत्तर लेख्नुहोस् :
    • 1. मानव रक्त सञ्चार प्रणालीका मुख्य भागको वर्णन गर्नुहोस् ।
  1. रगतको मुख्य कार्य लेख्नुहोस् । 
  1. शरीरको कुनै भागमा चोट लाग्दा केही छिन रगत बगेपछि रोकिन्छ, कसरी ?
  1. रमिला छोटो दुरी हिँड्दा पनि निकै थाक्छिन् र स्वाँ स्वाँ हुन्छ ? उनलाई यस्तो किन भएको हो कारणसहित स्पष्ट पार्नुहोस् ।
  1. रक्त चाप नाप्न कुन उपकरणको प्रयोग गरिन्छ ?
  1. डाक्टरले कुनै बिरामीलाई रगत दिनु अगाडि रक्त समूह पहिचान गर्न लगाउँछन् किन ?
  1. सरिताको हजुरआमालाई छिन छिनमा पिसाब लाग्ने, छिट्टै थकान महसुस हुने हात खुट्टा बाउँडिने र झमझमाउने, धेरै तिर्खा लाग्ने जस्ता लक्षण देखिएका छन् । उहाँलाई के समस्या भएको छ ? उक्त समस्याबाट बच्ने उपाय लेख्नुहोस् ।
  1. उच्च रक्तचापका असर र बच्‍ने उपाय लेख्नुहोस् । 
  1. मानव शरीरमा रहेका श्वासप्रश्वास प्रणाली, पाचन प्रणाली र रक्तसञ्चार प्रणाली एक अर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई कारणसहित स्पष्ट पार्नुहोस् ।
  1. रक्तचाप बढेको वा घटेको कसरी थाहा पाइन्छ ?
  1. दिइएका चित्रले शरीरमा हुने कुन प्रक्रिया देखाउछ ? यस प्रक्रियामा कुन कुन प्रणालीको भूमिका हुन्छ, व्याख्या गर्नुहोस् । यदि चित्र न 3 को प्रणाली नहुने हो भने चित्र न. 1 मा देखाइएको मुखबाट खाएको औषधी घुँडासम्म कसरी पुग्न सक्छ ? कारणसहित स्पष्ट पार्नुहोस् । तलको तालिकाका आधारमा प्रश्नको उत्तर लेख्नुहोस् :

13. तलको तालिकाको आधारमा प्रश्‍नको उत्तर दिनुहोस् ।

  1. कुन रक्तकोषको कमीले गर्दा मानिसमा एनिमिया हुन्छ?
  1.  Y रक्तकोषको सङ्ख्या अत्यधिक वृद्धि हुँदा मानव शरीरमा कस्तो समस्या हुन्छ ? 
  1. यदि कुनै व्यक्तिको काटेको भागमा रगत एकदमै ढिलो जम्छ वा जम्दै जम्दैन भने उक्त व्यक्तिमा कुन रक्तकोषको कमी छ होला ? उक्त अवस्थालाई के भनिन्छ ?
  1. सरिता बाटामा हिँडिरहेका वेला एक जना वृद्ध मानिस छाती दुख्यो भनेर छटपटाइरहेको देखेर उनले उक्त व्यक्तिलाई तुरुन्त अस्पताल पुऱ्याइन । प्रारम्भिक जाँचमा उनको मुटुमा समस्या आएको हुनसक्ने अनुमान गरियो । उनको मुटुको अवस्था पहिचान गर्न कुन जाँच गर्नु उपयुक्त होला ? कारणसहित व्याख्या गर्नुहोस् ।
  1. मानव शरीरमा हुने रक्त सञ्चारको चित्रसहित व्याख्या गर्नुहोस् ।

  1. युरिक एसिडबाट बच्‍ने उपाय लेख्नुहोस् । 
  • प्रशस्त मात्रामा पानी पिउने , बेकिङ सोडा सेवन गर्ने, चेरीहरू सेवन गर्ने, बोसोयुक्त मासु नखाने, समुन्द्री खाना नखाने , गेडागुडी नखाने आदि ।  
  1. मुटुको आन्तरिक बनोटको चित्रसहित व्याख्या गर्नुहोस् ।

  1. हृदयघातको परीक्षण गर्ने विधि एन्जियोग्रामको परिचय र महत्त्व उल्लेख गर्नुहोस् ।
  1. ओपेन हर्ट सर्जरीको छोटो परिचय दिनुहोस् ।
  1. समिपको रगत जाँच गराउँदा उसको रगतमा सेतो रक्तकोष सङ्ख्या जम्मा 3000 मा पाइयो । यो अवस्थामा उसको शरीरमा के के लक्षण देखिन सक्छन् ? कारणसहित स्पष्ट पार्नुहोस् । 
  1. रक्त परीक्षणबाट हरिशको प्लाज्मामा फिब्रिनोजेनको मात्रा निकै धेरै देखियो । यसले उसको रक्त सञ्चारमा अवरोध पुऱ्याउँछ कि पुऱ्याउँदैन । कारणसहित आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।
  1. तलको तालिका अध्ययन गरी प्रश्नको उत्तर लेख्नुहोस् :

  1. कुन व्यक्तिमा हेमोफिलिया भएको छ ?
  1. कुन व्यक्तिको धमनीमा चोट लागेको छ ?
  1. Y र Z को चोटमध्ये कुन चाहिँ बढी खतरनाक हुन्छ? कारणसहित स्पष्ट पार्नुहोस् ।
  1. दिइएको कन्सेप्ट म्याप अध्ययन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् । (प्रश्‍नमा कन्सेप्‍ट म्याप नदिइएको हुनाले कन्सेप्‍ट म्याप निर्माण गरिएको)
  1. दिइएको चित्रको अवलोकन गरी प्रश्नको उत्तर लेख्नुहोस् ।

  1. रक्तनली 15 र 18 विच भिन्नता लेख्नुहोस् ।
  1. भल्भ 11 र 13 को कार्य लेख्नुहोस् । 
  1. भाग 4 भएन भने के हुन्छ ?
  1. भागहरु 6, 7, 8  र 9 को नाम लेख्‍नुहोस् ।
  1. नामाङ्कित सफा चित्र कोर्नुहोस् :
    • 1. मुटुको बाहिरी बनोट

  1.  मुटुको भित्री बनोट
  1. धमनी, शिरा र केशिका

  1. पल्मोनरी रक्त सञ्चार

  1. सिस्टमिक रक्त सञ्चार