मौरी (१०)

के तपाईले आफै पनि आफ्नो घर वरपर कतै मौरीको घार देख्नुभएको छ?

मौरी के खाएर बाच्छ?

केही मौरीको घारमा सबै किसिमका मौरी बस्छन्?

मौरीले मानिसलाई कस्तो पाठ सिकाउँछ?

मौरीले मह उत्पादन गरेर मात्रै मानिसलाई सहयोग गर्छ कि अरु तरिकाले पनि सहयोग गर्छ?

मौरीको किसिम: 

मौरी तीन किसिमको हुन्छ। रानी मौरी , भाले मौरी र कर्मी मौरी

मौरीको वर्गीकरणः

जगत्: जन्तु

फाइलम: आर्थ्रोपोडा

क्लास: इन्सेक्टा

उदाहरणः मौरी

मौरीका प्रकारहरुः एपिस सेराना, एपिस मेलिफेरा, एपिस डोर्साटा

मौरीको खेतीलाइ एपिकल्चर भनिन्छ। 

मौरीको अध्ययन गर्ने विज्ञानलाई इपिकोलोजी वा मेलिट्टोलोजी भनिन्छ। यो इन्टोमोलोजी (किटविज्ञान) को शाखा हो। 

मौरीको बनावटः

  • यिनिहरु आर्थोपोडा फाइलममा पर्ने, अत्यन्त सामाजिक र कडा अनुशासनमा बस्ने उपयोगी किराहरु हुन् ।
  • यिनिहरुको आकार 9 मिमि देखि 20 मिमि सम्म हुन्छ।
  • शरिर टाउको, छाती र पेटमा विभाजित हुन्छ।
  • टाउकोमा एकजोडी कम्पाउण्ड आँखा हुन्छ, एकजोडी एन्टेना र मुखा भागहरु हुन्छन्।
  • छातीमा तीन खण्ड हुन्छन् र प्रत्येक खण्डवाट एकजोडा खुट्टा निस्केको हुन्छ।
  • खुट्टाहरु खण्ड खण्ड मिलि बनेको हुन्छ। 
  • छातीको माथिल्लो भागवाट दुईजोडा पखेटा निस्केको हुन्छ। 
  • पटेमा नौ खण्ड मिलि बनेको हुन्छ।

मौरीका प्रकारहरुः 

बनावट र कार्यको आधारमा तीन किसिमका हुन्छन्।

  • रानी मौरी
  • भाले मौरी
  • कर्मी मौरी

रानी मौरीः

  • मौरीको घारमा रहेको सबैभन्दा ठुलो आकारको मौरी रानी मौरी हो। 
  • रानी मौरीको टाउको अरु मौरीको भन्दा सानो र गोलो हुन्छ।
  • पेटको अन्तिम भागमा खिल हुन्छ।
  • एउटा गोलामा एउटा मात्र रानी मौरी हुन्छ।
  • रानी मौरीको मुख्य काम फुल पार्नु हो।
  • यसको शरिरवाट विशेष किसिमको गन्ध आँउछ, यसलाई सेक्स फेरोमेर भनिन्छ। 
  • सेक्स फेरोमोनले भाले मौरीलाई समागमको लागि आकर्षित गर्छ।
  • यसै सेक्स फेरोमेनको सहायताले मौरीले आफ्नो गोला पत्ता लगाउँछ। 
  • रानी मौरीको आयु करिव २ देखि ५ वर्षसम्म हुन्छ ।
  • कर्मी मौरीले मौरीको लार्भा अवस्थामा रोयल जेली मात्र खुवाएर रानी मौरी निर्माण गर्छन्।
  • रानी मौरीमा ३२ वटा डिप्लोईड क्रोमोजम हुन्छन र यिनिहरु पोथी मौरी हुन्।

भाले मौरीः

  • भाले मौरीको आकार रानी मौरी भन्दा सानो र कर्मी मौरीभन्दा ठूलो, कालो र झुसिलो हुन्छ।
  • यसको शरिरमा विष ग्रन्थि, मह बनाउने ग्रन्थी, पराग थैली केहि पनि हुदैन।
  • यिनिहरुलाइ खाना पनि कर्मी मौरीले खुवाउँछन्। 
  • यिनिहरुको एकमात्र काम भनेको रानी मौरीलाई गर्भाधान गराउनु हो।
  • यिनिहरुमा १६ वटा मात्र ह्याप्लोईड क्रोमोजोम हुन्छ र गर्भाधान नभएका फुलवाट बनेका हुन्छन्। 
  • यसरी भाले मौरी बन्ने प्रकृयालाई पार्थेनोजेनेसिस भनिन्छ।
  • यिनिहरु करिव २ महिना मात्र बाँच्छन्।

कर्मी मौरीः

  • घारमा रहेका मौरीमध्ये सबैभन्दा सानो मौरी कर्मी मौरी हो।
  • यिनिहरुको शारीरिक  वनावट विशेष किसिमको हुन्छ।
  • यिनिहरुको मुखमा चपाउने र चाट्ने प्रकृतिका अङ्गहरु हुन्छन्। 
  • यिनिहरु असाध्यै मिहिनेती हुन्छन्।
  • यिनिहरुको खुट्टामा परागथैली, विष ग्रन्थी, मह ग्रन्थि हुन्छ।
  • यिनिहरुको मुख्य काम, फूलको रस जम्मा गर्ने, घार बनाउने, लार्भाको हेरचाह गर्ने, शत्रुसँग लड्ने आदी हो।
  • एउटा घारमा करिव २०,००० देखि ८०,००० सम्मको संख्यामा कर्मी मौरी हुन्छन्।
  • कर्मी मौरीको आयु करिव ६ हप्तादेखि ६ महिनासम्म हुन्छ। 

मौरीको जीवनचक्रः

  • सबै मौरीको जीवनचक्र फुल, लार्भा, प्युपा र वयस्क गरी चार अवस्था हुन्छन्। 
  • पुराना तन्तुहरु नष्ट हुने प्रकृया हिस्टोलाइसिस र नयाँ तन्तुहरु बन्ने प्रकृया हिस्टोजेनेसिस मार्फत  फुलवाट लार्भा, लार्भावाट प्युपा, र प्युपावाट वयस्क वन्ने प्रकृयालाई कम्प्लिट वा पूर्ण मेटामर्फोसिस भनिन्छ। मौरीको जीवनचक्रमा पनि पूर्ण मेटामर्फोसिस हुन्छ। 
  • मौरीको जीवनचक्रमा रानी मौरी वनाउन लार्भा अवस्थाभरि रोयल जेली खुवाउछन्।
  • रानी मौरी वयस्क भएपछि भाले मौरीसँग समागमको लागि वाहिर निस्कन्छन्, यसलाइ नप्चल फ्लाइट वा मेटिङ फ्लाइट भनिन्छ। 
  • रानीमौरीले धेरै भन्दा धेरै भाले मौरीसँग सम्भोग गर्छ र सम्भोग पछि भाले मौरीहरु मर्छन्।
  • रानी मौरीले भाले मौरीको शुक्रकिट भण्डारण गर्न गर्ने थैलीलाइ स्पर्म स्याक वा स्पर्माथेकी भनिन्छ।
  • रानी मौरीले नप्चल फ्लाईटको केहि दिनपछी फुल पार्न सुरु गर्छ जहाँ दैनिक करिव 3000 सम्म फुल पार्छ।
  • रानी मौरीले रानी उत्पादन गर्न रानी ब्रुड प्रकोष्ठ कोषमा, भाले उत्पादन गर्न भाले ब्रुड प्रकोष्ठ कोषमा र कर्मी मौरी उत्पादन गर्न कर्मी ब्रुड प्रकोष्ठ कोषमा फुल पार्छ।

फुलः 

  • फुलको रङ सेतो र लाम्चो आकारको हुन्छ।
  • पहिलो दिन फुल ब्रुड प्रकोष्ठ कोषमा ठाडो हुन्छ, दोस्रो दिन ढल्केको र तेस्रो दिन ढलेको  हुन्छ।
  • फुल अवस्था सबै मौरीको तिन दिनको हुन्छ। 
  • फुलको साइज, 1 मिमि देखि 1.5 मिम सम्म हुन्छ।
  • फुल निसेचित (गर्भाधान भएकार) र अनिसेचित (गर्भाधान नभएका) हुन्छन्।
  • निसेचित फुलवाट कर्मी मौरी  र रानी मौरी बन्छन।
  • अनिसेचित फुलवाट भाले मौरी बन्छन्।

लार्भाः

•फुलबाट ३दिनपछी लार्भा बन्दछ।

•धेरै खान्छ।

•कर्मीले ३ दिन सम्म सबै लार्भालाई रोयल जेली खुवाउँछ।

•३ दिन पछी रानी बनाउने लार्भा लाई रोयल जेली मात्रै खुवाउँछ भने भाले र कर्मी बनाउने लार्भा लाई मह र कुट खुवाउछ।

•चार पाँच पटक सम्म काँचुली फेर्छ।

रानी र भाले मौरीको लार्भा, कर्मी मौरीको भन्दा ठुलो हुन्छ

कुट: पानी फूलको रस को मिश्रण

मधु रोटी: मह र कुटको मिश्रण

प्युपाः 

  • खाना नखाई, नचली बस्छन्।

•शारीरिक परिवर्तन भइराखेको हुन्छन्।

•यो अवस्थामा ३ जोडी खुट्‍टा, २ जोडी पखेटा र मुखका भागहरु बिकास भएका हुन्छन्।

वयस्कः

•बिभिन्‍न परिवर्तन पछी प्युपा वयस्क बन्छ।

•मुखमा रहेको म्यान्डिबलले ब्रुड प्रकोष्‍ठ को मैनले टालेको भाग च्यातेर बाहिर निस्कन्छ।

•त्यसपछी आफ्‍नो आफ्‍नो काम गर्छन्।

मौरीफूललार्भाप्युपावयस्क
रानी मौरी3 दिन5.5 दिन7.5 दिन16 दिन
कर्मी मौरी3 दिन6 दिन12 दिन21 दिन
भाले मौरी3 दिन7 दिन14 दिन24 दिन

मौरीका कार्यहरु:

क्र.सवर्गउमेरकार्य
भालेजीवनभर    रानी मौरीलाई गर्भधान गराउने र घारलाई न्यानो राख्‍ने
रानीजीवनभर    फुल पार्ने र शरीरबाट बिभिन्‍न गन्धहरु निकालेर घारलाई          नियन्त्रणर सञ्‍चालन गर्ने
कर्मी१-३ दिनचाकामा टाँसिएर अरु फुल, लार्भा र प्युपालाई न्यानो पार्ने र कोष सफा गर्ने
४-६ दिनलार्भालाई मह र कुट खुवाउँछन्।
७-११ दिनशीर ग्रन्थीबाट रोयल जेली उत्पादन हुन्छ।रानी र लार्भालाई रोयल जेली खुवाउँछ।
१२-१७ दिनमैन ग्रन्थीको बिकास हुन्छ।मैनको प्रयोग गरेर चाका बनाउने, लार्भा र मह कोष बन्द गर्छन्।
१८-२० दिनविष ग्रन्थी विकास हुन्छ।घारको सुरक्षा गर्छन्।
२१ दिनपछिफूलको रस, परागकण, पानी संकलन गर्न बाहिर जान्छन्।

मौरीको उपयोगिता:

१.मौरीको अनुसासन, समुहमा मिलेर कार्य गर्ने देखेर मानिसलाई सामाजिक व्यबहार गर्न प्रेरणा दिन्छ।

२.पौष्‍टिक तत्व भएको मह बनाउँछ।

३.महबाट आयुर्वेदिक औषधी बनाइन्छ।

४.मौरीले फूलको रस चुस्ने क्रममा परपरागसेचन गराउँछ।

५.मौरीको चाकाबाट मैन, क्रिम लिपिस्टिक जास्ता वस्तु बनाइन्छ।

६.किसानले आफ्‍नो आम्दानी गर्छन भने देशको आर्थिक वृद्धि हुन्छ।

महको उत्पादन हुने तरिका:

फूलका रसहरुको मिश्रण लाई कर्मी मौरीले चपाउँछ र यसमा भएका पानीको मात्रा लाई प्राकृतिक हावा र मौरिको पखेटा फटफटाउँदा बाफ बन्छ र उड्छ।बाँकि रहेको पदार्थ मह बन्छ।

महमा के के हुन्छ?

उत्तरः 80-85% कार्वोहाइड्रेट

15-17 % ग्लुकोज

0.3 % प्रोटिन

0.2 % एमिनो एसिड, भिटामिन र अन्य वस्तु

रोयल जेली भनेको के हो?

कर्मी मौरीको शिर ग्रन्थी बाट उत्पादन हुने विषेश पदार्थलाई रोयल जेली भनिन्छ।

स्वारमिङ भनेको के हो?

कर्मी मौरीले एउटा घार बाट छुट्‍टिएर नयाँ घार बनाई नयाँ रानीको विकास गर्नुलाई स्वारमिङ भनिन्छ। 

अभ्यास

अभ्यास

  1. तलका प्रश्‍नको सही विकल्प छनोट गर्नुहोस् : (सही जवाफलाई रातो अक्षरले जनाइएको छ)
  2. कुन मौरीमा 16 ओटा मात्र क्रोमोजोम हुन्छन्?

(अ) रानी मौरी  (आ) कर्मी मौरी  (इ) भाले मौरी  (ई) रानी मौरी र कर्मी मौरी

  1. रोयल जेली कहाँबाट उत्पादन हुन्छ?

(अ) रानी मौरीको शिर ग्रन्थिबाट (आ) भाले मौरीको शिर ग्रन्थिबाट 

(इ) कर्मी मौरीको शिर ग्रन्थिबाट (ई) कर्मी मौरीको र्‍याल ग्रन्थिबाट

  1. मौरीको लार्भालाई रोयल जेली मात्र खान दिँदा कुन मौरी बन्छ?

(अ) रानी मौरी     (आ) भाले मौरी    (इ) कर्मी मौरी     (ई) रानी मौरी र कर्मी मौरी

  1. दिइएको चित्रमा मौरीको कुन अवस्था देखाइएको छ?

(अ) फुल    (आ) लार्भा     (इ) प्युपा     (ई) वयस्क

  1. मौरीलाई सामाजिक किरा भन्‍नुको कारण के हो ?

(अ) यसले मह उत्पादन गर्छ । (आ) यसले बिरुवामा परागसेचन गराउँछ

(इ) यो समूहमा मिलेर बस्छ । (ई) यो घरपालुवा किरा हो।

  1. कर्मी मौरीका खुट्टामा रहेको पोलेनबास्केट कुनै कारणवस चुँडिएछ ।  उसको कुन कार्य गर्ने क्षमता घट्छ?

(अ) फूलको रस जम्मा गर्ने (आ) ब्रुड प्रकोष्‍ठ निर्माण गर्ने

(इ) लार्भालाई रोयल जेली खुवाउने (ई) फूलको परागकण जम्मा गर्ने

  1. तलका मध्ये कुन चाँहि भाले मौरीको विशेषता हो?

(अ) ह्‍याप्‍लोइड, स्टेराइल, मझौलाकार, झुसिलो (आ) ह्याप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो

(इ) डिप्लोइड, स्टेराइल, मझौलाकार, चिल्लो (ई) डिप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो

  1. रानी मौरीले नप्चियल फ्लाइट पश्‍चात् भालेबाट प्राप्‍त शुक्रकीट कहाँ जम्मा गरेर राख्छ?

(अ) पोलेन स्याक (आ) ओभरी

(इ) स्पर्म स्याक (ई) एग स्याक

  1. फरक लेख्‍नुहोस्।
    • भाले मौरी र कर्मी मौरी
    • रानी मौरी र कर्मी मौरी
    • रानी मौरी र भाले मौरी
 भाले मौरीकर्मी मौरी
मझौला आकारसबैभन्दा सानो आकार
16 वटा क्रोमोजोम हुने32 वटा क्रोमोजोम हुने
अनिसेचित फुलवाट बन्‍नेनिसेचित फुलबाट वन्ने
रानी मौरीलाई गर्भाधान गराउने कार्यघार बनाउने, मह जम्मा गर्ने, लार्भाको हेरचाह गर्ने, शत्रुसँग लड्ने
  
 रानी मौरीकर्मी मौरी
सबैभन्दा ठुलो आकारसबैभन्दा सानो आकार
एउटा घारमा एउटा मात्र रानी मौरी हुन्छएउटा घारमा हजारौ कर्मी मौरी हुन्छन
लार्भा अवस्थाभरि रोयल जेली मात्र खान्छरोयल जेलीको साथै मधुकुट पनि खान्छन
मौरीको गोलालाई सञ्चालन गर्छघार बनाउने, मह जम्मा गर्ने, लार्भाको हेरचाह गर्ने, शत्रुसँग लड्ने कार्य आदी ।
 रानी मौरीभाले मौरी
सबैभन्दा ठुलो आकारको मौरीमझौला र झुसिलो आकारको मौरी
रानी मौरीमा 32 वटा क्रोमोजोम हुनेभाले मौरीमा16 वटा क्रोमोजोम हुने
निसेचित फुलवाट बन्छअनिसेचित फुलवाट बन्छन
मौरीको गोलालाई सञ्चालन गर्छरानी मौरीलाई गर्भाधान गराउने कार्य
  1. कारण दिनुहोस् :

(क) मौरीलाई सामाजिक प्राणी भनिन्छ ।

(ख) मौरी पालनका लागि चरनक्षेत्रको आवश्यकता पर्छ ।

(ग) भाले मौरी समागमपछि मर्छ ।

(घ) मौरी बहुउपयोगी किरा हो ।

  1. तलका प्रश्‍नको उत्तर दिनुहोस् :

(क) मौरीको घारमा रहेका मौरीका प्रकार लेख्नुहोस् ।

(ख) भाले मौरीको काम के हो ?

(ग) यदि कुनै कारणवश रानी मौरीको मृत्यु भयो भने उक्त मौरीको घारको नियन्त्रण कसले गर्छ ?

(घ) रानी मौरीले अरू मौरीलाई कसरी नियन्त्रण गर्छ ?

(ङ) महको उपयोगिता लेख्नुहोस् ।

(च) रानी मौरीको शारीरिक बनावटका बारेमा वर्णन गर्नुहोस् ।

(छ) कर्मी मौरीका कार्य उल्लेख गर्नुहोस् ।

(ज) मौरीहरूमा कार्य विभाजन कसरी हुन्छ, व्याख्या गर्नुहोस् ।

मौरिका कार्यहरु:

क्र.सवर्गउमेरकार्य
भालेजीवनभररानी मौरीलाई गर्भधान गराउने र घारलाई न्यानो राख्‍ने
रानीजीवनभरफुल पार्ने र शरीरबाट बिभिन्‍न गन्धहरु निकालेर घारलाई नियन्त्रणर सञ्‍चालन गर्ने
कर्मी१-३ दिनचाकामा टाँसिएर अरु फुल, लार्भा र प्युपालाई न्यानो पार्ने र कोष सफा गर्ने
४-६ दिनलार्भालाई मह र कुट खुवाउँछन्।
७-११ दिनशीर ग्रन्थीबाट रोयल जेली उत्पादन हुन्छ।रानी र लार्भालाई रोयल जेली खुवाउँछ।
१२-१७ दिनमैन ग्रन्थीको बिकास हुन्छ।मैनको प्रयोग गरेर चाका बनाउने, लार्भा र मह कोष बन्द गर्छन्।
१८-२० दिनविष ग्रन्थी विकास हुन्छ।घारको सुरक्षा गर्छन्।
२१ दिनपछिफूलको रस, परागकण, पानी संकलन गर्न बाहिर जान्छन्।

(झ) मौरीको जीवनचक्र चित्रसहित व्याख्या गर्नुहोस् ।

(ञ) अनिसेचित फुलबाट भाले मौरी विकास हुने प्रक्रियालाई के भनिन्छ ?

(ट) एक जना कृषकले मौरीपालन गर्दा वरिपरिका कृषकहरूको पनि आयआर्जनम वृद्धि हुन्छ । यस भनाइलाई आफ्ना तर्कसहित स्पष्ट पार्नुहोस् ।

(ठ) मौरीपालन क्षेत्रमा चरनको समस्याले गर्दा मौरीपालकले मौरीलाई त्यहाँबाट अन्तै सारेछन् । त्यसो गर्दा नजिकैको कृषकको तोरी बालीको उत्पादनमा ह्रास आएछ । यसका आधारमा मौरीपालन र कृषि उत्पादनको सम्बन्ध व्याख्या

गर्नुहोस् ।

(ड) कन्सेप्ट म्याप अध्ययन गरी उक्त म्याप पूरा गर्नुहोस् ।