सजीवहरुको वर्गीकरण (१०)

Father of Taxonomy : Carolus Linneaus

दुई जगत प्रणाली: 

१. वनस्पति

२. जन्तु     

पाँच जगत वर्गिकरण प्रणाली सुरु गर्ने व्यक्ति: Robert Harding Whittaker (R.H. Whittaker)

सजीवहरुको पाँच जगत्ः

(TRICK: Motu ra Patluko Fight Paryo Aja)

•मोनेरा जगत :Monera

•प्रोटिस्टा जगत : Prostita

•फन्जाई जगत :Fungi

•वनस्पति जगत:Plantae

•जन्तु जगत: Animalia

जगत् मोनेरा :

  • सबैभन्दा अविकसित जिव, अविकसित न्युक्लियस (प्रोक्यारियोटिक्स) उदाहरण (ब्याक्टेरिया)
  • पेप्टिडोग्लाइ्क्यानले (peptydoglycan) बनेको कोष भित्ता हुने
  • एककोषिय जीव, विकसित न्युक्लियस (युक्यारियोटिक्स) उदाहरण (अमिवा, पारामेसियम, युग्लिना )

कोषभित्ता भएका तर हरितकण नभएका, मरेका/सडेका वस्तुबाट खाना प्राप्त गर्ने (मृतोपजीवी/ स्याप्राेफाईट) उदाहरण ( च्याउ, ढुसि, यिस्ट )

  •  बहुकोषिय, न्युक्लियसयुक्त र कोषभित्ता भएका सजीवहरु
  • डिभिजनहरुः अल्गी, ब्रायोफाइटा, ट्राकियोफाइटा
  • ट्राकियोफाइटाका सब-डिभिजनहरुः टेरिडोफाइटा, जिम्नोस्पर्म, एन्जिओस्पर्म
  • एन्जिओस्पर्मका क्लासहरुः एकदलिय र दुई दलिय 

आफ्नो खाना आफै बनाउन सक्ने गुण भएका वनस्पतिहरु, 

उदाहरण- लेउ, स्पाइरोगाइरा आदी ।

•यी वनस्पतिहरू एककोषिय तथा बहुकोषिय हुन्छन् ।

•यी बिरुवामा क्लोरोफिल हुने हुनाले यिनीहरू स्वपोषित हुन्छन् ।

•कोष भित्ता सेलुलोजले बनेको हुन्छ ।

  • मैथुनिक वा अमैथुनिक किसिमको प्रजनन गर्छन् ।

•यी वनस्पतिहरू पोखरी, नदी, समुन्द्र र ओसिलो ठाउँमा पाइन्छन् । 

  • उभयचर वनस्पतिहरु (जमिन र पानी दुबै चाहिने प्रजननको लागि)
  • जरा काण्ड र पात स्पष्ट नछुटिएको तर केहिमा छुटिएको
  • भास्कुलर तन्तुको विकास नभएको
  • जीवनचक्रमा स्पोरोफाइट र ग्यामेटोफाइट चरण हुने
  • जीवनचक्रमा अल्टरनेसन अफ जेनेरेसन हुने (स्पोरोफाइट र ग्यामेटोफाइट चरण एकपछी अर्को गर्दे देखा पर्ने)

उदाहरणः मस, मार्केन्सिया, रिसिया आदी।

  • भास्कुलर तन्तुको(Xylem and Phloem) विकास भएको हुने
  • यिनिहरुमा फूल फुल्ने सबै विरुवा र फूल नफुल्ने विरुवाको विरुवाहरु पर्छन
  • यिनिहरुको तिनवटा सव डिभिजन छन् ( टेरिडोफाइटा, जिम्नोस्पर्म, एन्जिओस्पर्म)
  • यिनिहरुमा फूल नफुल्ने विरुवामध्येको सबैभन्दा  विकसित विरुवाहरु पर्छन
  • यिनिहरुमा भास्कुलर तन्तुको (जाइलम र फ्लोएम) विकास भएको हुन्छ
  • यि विरुवाहरु ओसिलो ठाँउमा हुन्छन्

उदाहरणः उन्यु, न्युरो आदी

यी बिरुवा ओसिलो र छाया परेको ठाउँमा पाइन्छन् ।

•यी बिरुवाको बिउ हुँदैन तर जरा, काण्ड र पात प्रस्टसँग छुट्टिएको हुन्छ ।

•यी बिरुवाका पातहरू प्वाँख जस्तै देखिन्छन् ।

•यिनीहरूको काण्ड राइजोमका रूपमा जमिनमुनि तेर्सो परेर रहेको हुन्छ ।

•यी बिरुवाको  पातको पछाडिपट्टि थुप्रै खैरा सोरी हुन्छन् । 

  • यिनिहरु फूल फूल्ने विरुवामध्ये कम विकसित हुन्छन्
  • फूलमा ओभरी नहुनाले वास्तविक फल हुदैन
  • बिउ फलभित्र नभई नाङ्गो हुन्छ
  • पात सियो जस्तो चुच्चो हुन्छ
  • फुलको सट्टा कोन हुन्छ

उदाहरणः सल्लो, धुपी,साइकस आदी

•यी बिरुवालाई फूल फुल्ने बिरुवाअन्तर्गत नै राखिन्छ तर यिनीहरूमा वास्तविक फूलको सट्टा शङ्कु वा कोन हुन्छ । यिनीहरू एकलिङ्गी हुन्छन् ।

•कोनमा ओभरी हुँदैन, त्यसैले फल लाग्दैन । बिउ फलभित्र नभइ नाङ्गो हुन्छ ।

•यिनीहरूको पात लाम्चो र सियो जस्तो तिखो हुन्छ ।

•यिनीहरू घोप्टिएको सोली आकारको भएकाले कोणधारी बिरुवा भनिन्छ ।

•यी बिरुवाको जरा जमिनमा टाढासम्म फैलिएका हुन्छन् । 

  • बिकसित विरुवाहरु
  • भास्कुलर तन्तु हुने
  • फुल फुल्ने विरुवाहरु भएको
  • केहिमा फूलको ओभरी भाग हुने र फल लाग्ने
  • फलभित्र विउ हुने
  • एक दलिय र दुई दलिय विरुवाहरु यसका क्लास अन्तर्गत रहेका छन्
  • उदाहरणः मकै, गहुँ, चना, केराउ, वाँस, धान , सिमी, आदी
  • जरा- गुच्छे हुने
  • काण्ड खोक्रो र गाँठो अन्तरगाँठोयुक्त हुने
  • पात लाम्चो हुने
  • पातमा नशा समानान्तर हुने
  • विउमा एउटा मात्र फक्लयाँटा हुने
  • फूलका भागहरु (पत्रदल, पुष्पदल, पुङ्केशर, स्त्रीकेशर) तीन वा तीनको गुणाङ्कमा हुने

बिरुवाका पातमा समानान्तर शिराक्रम हुन्छ ।

•झुप्प परेको गुच्छे जरा हुन्छ ।

•भास्कुलर बन्डल काण्डमा छरिएर रहेका हुन्छन् ।

•बिउमा एउटा मात्र फक्लेटा हुन्छ ।

•फूलका भागहरू तीन वा तीनको गुणाङ्कको सङ्ख्यामा हुन्छ । 

  • जरा- मुल र सहायक जरा हुने
  • काण्ड भरिलो र गाँठोबिहिन हुने
  • पात फराकिलोे हुने
  • पातमा नशा जालीदार हुने
  • विउमा दुईवटा फक्लयाँटा हुने
  • फूलका भागहरु (पत्रदल, पुष्पदल, पुङ्केशर, स्त्रीकेशर) चार वा पाँच वा यिनिहरुका गुणाङ्कमा हुने

बिरुवाका पातमा जालीदार शिराक्रम हुन्छ ।

•यिनीहरूको मूल जरा प्रणाली हुन्छ ।

•बिउमा दुईओटा फक्लेटा हुन्छन् ।

•भास्कुलर बन्डल वरिपरि रिङका रूपमा रहेका हुन्छन् ।

•फूलका भागहरू चार वा पाँच वा तिनको गुणाङ्कको सङ्ख्यामा हुन्छ । 

 जगत् एनिमलियाः जन्तुकोष हुने (कोषमा कोष भित्ता नहुने)

जुन जनावरको शरीरमा मेरुदण्ड हुँदैन उक्त जनावरलाई इन्भर्टिब्रेट भनिन्छ। ढाड नभएका जनावरलाई 8 वटा फाइलममा वर्गिकरण गरिएको छ।

  1. पोरिफेरा 
  2. सिलेन्टरेटा
  3. प्लाटिहेल्मिन्थिस
  4. निमाथेल्मिन्थिस
  5. एनिलिडा
  6. आर्थ्रोपोडा
  7. मोलस्का
  8. इकाइनोडर्माटा
  • यि जनावरहरु पहिलो बहुकोषिय जनावर हुन तर तन्तुको बिकास भएको हुदैन।
  • यिनिहरुको शरीर दुई तहले बनेको हुन्छ। यसलाई डिप्लोब्लास्टिक भनिन्छ।
  •  शरीरमा मसिना छिद्रहरु हुन्छन् । यसलाई ओस्टिया भनिन्छ। यसको सहयोगमा पानी, खाना, अक्सिजन शरिर भित्र पस्छ।
  •  शरीरको माथिल्लो भागमा एउटा ठुलो छिद्र हुन्छ त्यसलाई ओस्कुलम भनिन्छ। यसको सहयोगमा शरीरको फोहोर निस्कासन गर्दछ
  • शरीरको कुनै भाग टुक्रियो भने प्रत्येक टुक्राबाट गुमाएको भाग फेरि प्राप्त गरि नयाँ जीवको विकास हुन्छ।
  • यिनिहरुको प्रजनन अमैथुनिक तरिका र मैथुनिक तरिका दुबैबाट हुन्छ।
  • शरीरलाई जताबाट काट्दा पनि दुई बराबर भागमा बाडिन्छ।

  • शरिर खोक्रो हुने- सिलेन्टेरोनले परिवहन र पाचनको कार्य गर्ने भएकोले यसलाइ ग्यास्ट्रो भास्कुल क्याभिटी भनिन्छ। 
  •  बहुकोषिय र डिप्लोब्लास्टिक (इन्डोडर्म र इक्टोडर्म) हुन्छन्
  • तन्तु बिकास हुने पहिलो सजीवहरु
  • पोखरीपानीमा पाइने
  • मैथुनिक र अमैथुिक दुवै प्रजनन हुने
  • टेन्टाकलको सहायताले खानेकुरा लिने र हिडडुल गर्ने
  • शरिर रेडियल्ली सिमेट्रिकल हुने
  • उदाहरयणः हाइड्रा, मुगा, जेली फिस
  • शारिरिक वनावट फित्ता जस्टो चेप्टो हुने, रिबनजस्तो लामो हुने (चेप्टे किरा)
  • शरिरि तिनपत्रले बनेको हुने ( ट्रिप्लोब्लास्टिक -इन्डोडर्म , मेसोडर्म र इक्टोडर्म हुने)
  • मुख हुने तर मलद्वार नहुने
  • मुखको वरीपरी अङ्कुशको मद्दतले आश्रयदाताको कोषमा टासिने
  • मुख चुसकमा रुपान्तरित हुने
  • पूर्ण प्रणालीको विकास भएको नहुने
  • पेरेन्काइमा तन्तुले परिवहनको लागि कार्यु गर्ने तर रक्त संचार प्रणालीको विकास नहुने
  • हर्माफ्रोडाइट (उभयलिङ्गी हुने) र भित्री गर्भाधान हुने
  • उदाहरणः नाम्ले किरा (जुका), प्लानेरिया, लिभर फ्लुक
  • लाम्चो र बेलनाकार, Bilaterally symmetrical, Triploblastic
  • मुख, मलद्वार र चुसक अङ्गसहितको पाचन प्रणाली, सतहबाट सास फेर्छन् ।
  • श्‍वास प्रश्‍वास प्रणाली र रक्त सञ्‍चार प्रणाली विकास भएको हुँदैन ।
  • Unisexual, मैथुनिक प्रजनन, भित्रि गर्भाधान, प्रायजसो Parasite 
  • लाम्चो, डोलो र खण्ड खण्ड मिलि बानेको, Bilaterally Symmetrical
  • Triploblastic, छाला ओसिलो, सतहबाट सास फेर्छन्, निष्कासन-Nephridia
  • विकसित रक्तसञ्‍चार प्रणाली, Haemoglobin, स्‍नायु प्रणाली-Nerve ring
  • विकसित पाचन प्रणाली, Hermaphrodite कही एकलिङ्गी, Regeneration
  • ओसिलो माटो र पानीमा पाइन्छन् भने  कुनै बाह्‍य परजीवि 
  • खण्ड खण्ड परेका जोडिएका खुट्टा हुने
  • शरिर टाउको, छाती र पेटमा छुट्टिएको हुने
  • तीन जोडा खुट्टा र दुइ जोड पखेटा हुने
  • वाह्यअस्थि (Exoskeleton) हुने
  • कडा आवरण – Chitin, Bilaterally Symmetrical, Triploblastic
  • खण्ड खण्ड परेको, टाउको, छाती र पेटमा छुट्टिएको,पानीमा – Cephalothorax
  • टाउको – Compound eyes,एक जोडा antenna, Mouth parts
  • भाले पोथी फरक, मैथुनिक प्रजनन, छाला, गिल्स, Trachea बाट सास फेर्छन्
  • रक्तसञ्‍चार, निष्‍कासन, पाचन, मांसपेसी, स्‍नायु प्रणालीको विकास 

  • शरिर नरम हुने
  • मस्कुलर वा मांशपेशीको खुट्टाद्वारा हिडडुल गर्ने
  • केहि प्रणालीहरुको विकास भएको
  • शरीर नरम, टाउको, Visceral mass, Muscular foot, Mantle मा विभाजित
  • क्याल्सियमले ढाकेको, टाउकोमा  Tentacles र आँखा, Asymmetrical
  • जमिन तथा पानीमा, सतह, गिल्स वा Pulmonary sac द्वारा श्‍वासप्रश्‍वास,
  • पाचन, रक्तसञ्‍चार र स्‍नायु प्रणालीको विकास, एकलिङ्गी- केही उभयलिङ्गी

उदाहरणः अक्टोपस, कटल फिस, चिप्ले किरा, शंखे किरा आदी।

  • शरिर काँडायुक्त हुने
  • प्राय पानी (समुद्री वा शुद्द) मा बस्ने
  • ट्युब फिटद्वार हिडडुल गर्ने
  • शरीर काँडेदार आवरणले ढाकेको – चुनढुङ्गा, तारा, गोलो, लाम्चो आकार
  • स्पष्ट टाउको देखिदैन, Triploblastic, Radially symmetrical
  • हिँड्‌डुल – Tube feet, पाचन प्रणाली विकास, गिल्सले सास, एकलिङ्गी
  • मैथुनिक प्रजनन, Regeneration, समुन्द्रको नुनिलो पानीमा मात्र पाइन्छन् । 

उदाहरणः तारा माछा (Star Fish), सि-अर्चिन आदी।

१.जीवनको भ्रुण अवस्थामा नोटोकर्ड को विकास भएको हुन्छ।

२.बाह्‌य घाँटीको भागमा गिलस्लिट्‌सको विकास भएको हुन्छ।

३.हाडहरुलाई मांसपेसीले ढाकेको हुन्छ।

४.वन्द रक्त सन्चार प्रणालीको विकास भएको हुन्छ

१.शरीर बाइलेटेरल्ली सिमेट्रिकल हुन्छ।

२.शरीर श्वास प्रश्वास क्रिया छाला वा गिल्स वा फोक्सो बाट हुन्छ।

३.कुनै जनावरको शरीर विषमतापी हुन्छ भने कुनै जनावरको शरीर समतापी हुन्छ।

४.रक्तसञ्चार प्रणालीको विकास भएको हुन्छ।

५.कुनै जनावरले फुलबाट बच्चा कोरल्छन भने कुनै जनावरले सिधै बच्चा जन्माउछन र दुध चुसाउछन्।

६.कुनै जनावरको मुटुमा २ वटा कोठा हुन्छन् भने कुनै जनावरको मुटुमा ४ वटा कोठा हुन्छन्।

रेेडियल्लि सिमेट्रिकल: शरीरलाई जुन कोणबाट काट्दा पनि दुई बराबर भागमा बाडिन्छ।

बाइलेटेरल्ली सिमेट्रिकलः शरीरलाई एकतिरबाट दुई बराबर भागमा बाड्न सकिने।

विषमतापी (Poikilothermic): वातावरणको तापक्रम अनुसार शरीरको तापक्रम परिवर्तन हुनु। जस्तै: माछा, माछा वर्ग, उभयचर वर्ग र सरिसृप वर्गका जन्तुहरु

समतापी (Homeothermic): वातावरणको तापक्रम अनुसार शरीरको तापक्रम परिवर्तन  नहुनु। जस्तै: मानिस, पंक्षी वर्ग र स्तनधारी वर्गका जन्तुहरु

ओभिपेरस: जुन जनावरले फुलबाट बच्चा कोरल्छन तिनिहरुलाई ओभिपरस भनिन्छ।

भिभिपेरस: जुन जनावरले सिधै बच्चा जन्माउछन र दुध चुसाउँछन् तिनिहरुलाई भिभिपेरस भनिन्छ।

सब फाइलम भर्टिब्रेटाका ५ वटा क्लासहरु छन्। 

१. पिसेज

२. एम्फिबिया

३. रेप्टिलिया

४. एभ्स

५. म्यामेलिया

१.शरीर लाम्चो, चेप्टो र डुङ्‌गा आकारको हुन्छ।

२.शरीर कत्लाले ढाकेको हुन्छ।

३.फुलबाट बच्चा कोरल्छन्।

४.बाह्‌य गर्भाधान हुन्छ।

५.गिल्सबाट सास फेर्छन्।

६.मुटुमा २ कोठा हुन्छन्।

७.यिनिहरु एकलिङ्‌गि हुन्छन।

८.यिनिहरु विषमतापी हुन्छन।

९.शरीरभित्र हावाको थैलि हुन्छ। त्यसैले शरीर हलुका हुन्छ।

१०.फिन्सको सहायताले पानीमा पौडि खेलेर तैरन सक्छन्।

 उदाहरण: सबै प्रकारका माछा, समुद्री घोडा 

पानी र जमिन दुवै ठाउँमा बस्ने जनावरको समुहलाई उभयचर भनिन्छ।

विशेषताहरु:

१.यिनिहरुको शरीर ओसिलो छालाले ढाकेको हुन्छ।

२.चार ओटा खुट्‌टा हुन्छ।

३.मुटुमा ३ कोठा हुन्छ।

४.चेपागाँडा अवस्थामा गिल्स बाट सास फेर्छन भने बयस्क अवस्थामा फोक्सोबाट सास फेर्छन।

५.यिनिहरु विषमतापी हुन्छन।

६.यिनिहरु एक लिङ्‌गी हुन्छन्।

७.बाह्‌य गर्भाधान हुन्छ।

८.यिनिहरु ओभिपेरस हुन्छन।पानीमा फुल पार्छन।

९.यिनिहरुको शरीर टाउको र ढाड गरि दुई भागमा छुट्‌टिएको हुन्छ।

जस्तै: भ्यागुता, टोड, सलम्यान्डर

सरीसृप: घस्रेर हिड्ने जनावरको समुहलाई सरीसृप भनिन्छ।

विशेषताहरु:

१.शरीर सुख्खा र कडा कत्लाले ढाकेको हुन्छ।

२.शरीर टाउको, घाँटी, ढाड र पुच्छर गरि चार भागमा छुट्‌टिएको हुन्छ।

३.दुई जोडी खुट्टा हुन्छन् र घस्रेर हिँड्छन्।

४.यिनिहरु ओभिपेरस हुन्छन।

५.यिनिहरु फोक्सोबाट सास फेर्छन्।

६.मुटुमा ३ कोठा हुन्छन् तर गोहीको ४ कोठा हुन्छ।

७.यिनिहरु विषमतापी हुन्छन।

८.यिनिहरु एकलिङ्‌गी हुन्छन् ।

९. भित्री गर्भाधान हुन्छ।

 जस्तै: सर्प, माउसुली, गोही, कछुवा

१.यिनिहरु ओभिपेरस हुन्छन।

२.यिनिहरु फोक्सोबाट सास फेर्छन्।

३.मुटुमा ४ कोठा हुन्छ।

४.शरीरमा हावाको थैला हुन्छन्।हड्डिमा हावा भरिएको हुँदा शरीर हलुका हुन्छ्।

५.यिनिहरु समतापी हुन्छन्।

६. भित्री गर्भाधान हुन्छ।

७. शरीेर टाउको, घाँटी, जिउ र पुच्छर गरि चार भागमा बाडिएको हुन्छ।

म्यामेलिया क्लासका विशेषताहरुः

१.यिनिहरु फोक्सोबाट सास फेर्छन्।

२.मुटुमा ४ कोठा हुन्छ।

३. भित्री गर्भाधान हुन्छ।

४. बच्चा जन्माउछन् र दुध चुसाउछन।

५. यिनिहरु समतापी हुन्छन्।

६. शरीेर टाउको, घाँटी, जिउ र पुच्छर गरि चार भागमा बाडिएको हुन्छ।

पाठ २ः सजीवहरुको वर्गिकरण अभ्यास

पाठ २ सजीवहरुको वर्गिकरण

तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :

(बहुबैकल्पिक प्र‍श्‍नका सहि जवाफलाई रातो अक्षरमा लेखिएको छ)

  1. वनस्पति जगतमा पर्ने जीवहरुका मुख्य विशेषता के के हुन्?

अ) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, परपोषक

आ) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता नभएको, परपोषक

इ) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्वपोषक

ई) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्याप्रोट्रोफिक

  1. साइकसलाई किन जिम्‍नोस्पर्ममा राखिएको हो ?

अ) यसमा फूल फुल्छ, बिउ उत्पादन गर्छ ।

आ) यसमा फूल फुल्छ, यसका पात तिखा हुन्छन् ।

इ) यसमा फूलको सट्टा कोन हुन्छ, फलबिनाको नाङ्गो बिउ हुन्छ ।

ई) यसमा फूलको सट्टा कोन हुन्छ, फलभित्र बिउ हुन्छ ।

  1. यहाँ दुईओटा जीवको चित्र दिइएको छ । यी दुवै जीव एउटै जगत्‌मा पर्छन्। यी चित्रहरू अवलोकन गर्नुहोस् । यी दुवैलाई एउटै जगत्मा राख्नुको मुख्य कारण के हो?

अ) बहुकोषीय भई विभिन्न प्रणालीयुक्त हुन्छन् ।

आ) बहुकोषीय भई परपोषक हुन्छन् ।

इ) बहुकोषीय भई परजीवी हुन्छन् ।              

ई) बहुकोषीय भई ओभिप्यारस हुन्छन् ।

  1. क्रमविकासका आधारमा दिइएका मध्ये सबैभन्दा धेरै नजिकको सम्बन्ध भएको जीवहरुको समुह कुन हो?

अ) पोरिफेरा, एनिलिडा, कोर्डेटा

आ) पोरिफेरा, आर्थ्रोपोडा, कोर्डेटा

इ) सिलेन्टरेटा, आर्थ्रोपोडा, कोर्डेटा

ई) प्लेटिहेल्मेन्थिस, निमाथेल्मेन्थिस, एनेलिडा

  1. ह्‍वेललाई स्तनधारी समूहअन्तर्गत राखिनुको मुख्य कारण कुन हो?

अ) फोक्सोले सास फेर्छ ।

आ) शरीरमा मेरुदण्ड हुन्छ ।

इ) भिभिप्यारस हुन्छ ।            

ई) बच्चा जन्माएर दुध चुसाउँछ ।

  1. मसभन्दा क्लबमस विकसित हुनुको प्रमुख कारण कुन हो?

अ) क्लबमस जमिनमा हुर्कन्छ ।

आ) क्लबमस स्पोरोफाइट हो ।

इ)क्लबमसमा जाइलम र फ्लोयम तन्तु हुन्छ ।

ई) अल्टरनेसन अफ जेनेरेसन्समा स्पोरोफाइट प्रबल हुन्छ ।

  1. कोषमा कोषभित्ता हुने जीवहरूका जगत् कुन कुन हुन्?

अ) मोनेरा, फन्जाइ, एनिमलिया

आ) फन्जाइ, प्लान्टी, प्रोटिस्टा

इ) फन्जाइ, प्लान्टी, एनिमलिया

ई) फन्जाइ, प्लान्टी, मोनेरा

  1. मुटुमा चारओटा कोठा हुने, शरीर भुत्ला र पखेटाले छोपेको, ओभिप्यारस जनावर कुन समूहमा पर्छ?

अ) स्तनपायी आ) सरिसृप

इ) पंक्षी ई) उभयचर

  1. तलका मध्ये कुन समूह एन्जियोस्पर्मअन्तर्गत पर्छन्?

अ) सल्लो, उनिउँ, केराउ

आ) धुपी, मकै, चना

इ) मस, मकै, सिमी

ई) धान, केरा, आँप

  1. शरीरमा भास्कुलर तन्तु हुने बिरुवाको डिभिजनलाई के भनिन्छ?

अ) स्पोरोफाइटा

आ) ग्यामेटोफाइटा

इ) ट्राकियोफाइटा

ई) स्पर्माटोफाइटा

  1. फरक लेख्नुहोस् :
वनस्पति जगतजन्तु जगत
यो जगतमा पर्ने जीवहरु स्वपोषक हुन्छन्।यो जगतमा पर्ने जीवहरु परपोषक हुन्छन्।
यो जगतमा पर्ने जीवहरुको कोषमा कोष भित्ता हुन्छयो जगतमा पर्ने जीवहरुको कोषमा कोष भित्ता हुदैन।
स्वतन्त्र चाल हुदैन।स्वतन्त्र चाल हुन्छ ।
माछातारामाछा
यो जनावरको मेरुदण्ड हुन्छ।यो जनावरको मेरुदण्ड हुदैन।
यो जनावर को टाउको, जीउ, पुच्छर हुन्छ।यो जनावर को टाउको, घाँटी, पुच्छर छुट्‍टिएको हुदैन।
यो फाइलम कर्डेटा अनतर्गत पर्दछ।यो फाइलम इकाइनोडर्माटा अनतर्गत पर्दछ।
जेली फिसकटल फिस
शरीरमा खाली ठाउँ हुन्छ।शरीर भिसेरल मास बाट बनेको हुन्छ।
शरीरमा डस्‍ने कोषहरु (nematocysts) हुन्छन।बाहिरी शरीर कडा आवरणले ढाकेको हुन्छ।
शरीर बाइलेटरली सिमेट्रिकल हुन्छ।शरीर असिमेट्रिकल हुन्छ।
मसक्लव मस
यो विरुवामा भास्कुलर तन्तु हुदैन।यो विरुवामा भास्कुलर तन्तु हुन्छ।
गर्भाधानको लागि पानीको आवस्यकता पर्दछ।गर्भाधानको लागि पानीको आवस्यकता पर्दैन।
ग्यामेटोफाइट चरण लामो हुन्छ ।स्पोरोफाइट चरण लामो हुन्छ
सल्लो पिपल
फूलको सट्टा कोनको विकास भएको हुन्छफूलको विकास भएको हुन्छ।
फल हुदैन।फल हुन्छ।
बिउ नाङ्‍गो हुन्छ।फलभित्र बिउ हुन्छ।
माछाह्‍वेल
फुल पारेर सन्तान उत्पादन गर्छ।बच्चा जन्माउँछ र दुध चुसाउँछ।
मुटुमा २ कोठा हुन्छ।मुटुमा ४ कोठा हुन्छ। 
बाह्‍य गर्भाधान हुन्छ।भित्री गर्भाधान हुन्छ।

(छ) ढुकुर र चमेरो

ढुकुरचमेरो
फुल पारेर बच्चा कोरल्छ।बच्चा जन्‍माएर दुध चुसाउछ। 
शरीरमा प्वाँख हुन्छ।शरीरमा रौं हुन्छ।
पखेटाको सहायताले उड्छ।फोल्डेड छालाको सहायताले उड्छ।
  1. कारण दिनुहोस् :
  2. सजीवहरूको वर्गीकरण गर्न आवश्यक छ ।
  • बर्गीकरणले जीवहरुको विशेषताको आधारमा सामुहिकरण गरी अध्ययन, अनुसन्धान र उपयोगितामा सहजता  गराउँछ।
  • बर्गीकरणले जीवहरुको क्रमविकासको आधारलाइ प्रमाणित गर्छ।
  • जीवहरुको वारेमा थाहा पाउन सरल र छिटो हुन्छ। 
  1. फ्युकस र मार्केन्सिया हेर्दा उस्तै देखिन्छन् तर फ्युकसलाई अल्गी र मार्केन्सियालाई ब्रायोफाइटाअन्तर्गत राखिन्छ।
  • फ्युकसको जरा काण्ड पात छुट्टिएको हुदेैन र पानीमा पाईन्छ तर मार्केन्सिया जमिनमा हुर्कन्छ तर प्रजननको लागि पानी चाहिन्छ। त्यसैले फ्युकस र मार्केन्सिया हेर्दा उस्तै देखिन्छन् तर फ्युकसलाई अल्गी र मार्केन्सियालाई ब्रायोफाइटाअन्तर्गत राखिन्छ।
  1. जिम्‍नोस्पर्ममा फल लाग्दैन ।
  • जिम्‍नोस्पर्ममा ओभरी नहुने भएकोले फल लाग्दैन।
  1. गोहीमा चारओटा कोठा भएको मुटु हुन्छ तर यो रेप्‍टिलियाअन्तर्गत पर्छ । 
  • गोही घिस्रेर हिड्छ र यो विषमतापी जीव भएकोले यसलाई रेप्‍टिलियामा राखिन्छ।
  1. चमेरो र ह्वेलका धेरै विशेषता असमान छन् तर पनि यिनीहरू एउटै वर्गमा पर्छन् ।
  • चमेरो र ह्वेल  दुबैले बच्चा जन्माउछन र दुध चुसाएर बच्चा हुर्काउने भएकोेले एउटै वर्गमा पर्छ।
  1. रिसियालाई एम्फिबियन बिरुवा भनिन्छ ।
  • यो विरुवा जमिनमा हुर्कन्छ तर प्रजननको लागि पानी आवश्यक पर्ने भएकोले रिसियालाई एम्फिबियन विरुवा भनिन्छ।
  1. उनिउँमा फूल फुल्दैन, साइकसमा फूल फुल्छ तर फल फल्दैन, केरामा फूल पनि फुल्छ र फल पनि फल्छ, तर पनि यी सबै बिरुवाहरू एउटै डिभिजनमा पर्छन्, ।

उत्तरः उनिउमा भास्कुलर तन्तु हुन्छ, फुल फुल्दैन, यिनिहरु फुल नफुल्ने विरुवा मध्येका विकसित हुन्

  • साइकसमा भास्कुलर तन्तु हुनुको साथै फुल फुल्छ तर ओभरी नहुने भएकोले फल लाग्दैन
  • केरामा भास्कुलर तन्तु हुनुको साथै फुल फुल्छ र ओभरी हुने भएकोले फल पनि लाग्छ
  1. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

        तीन डिभिजनमा राखिएको छ (अल्गी, व्रायोफाइटा र ट्राकियोफाईटा)

उत्तरः कोष भित्ता हुने 

  • स्वपोषक हुने
  • जमिन तथा पानीमा पाईने
  • फुल नफुल्ने देखि फुल फुल्ने सम्मका विकसित विरुवाहरु पर्ने

          उत्तरः फुल फुल्छ, भास्कुलार तन्तु हुन्छ, र जमिनमा पाईन्छन्।

उत्तरः यो परीक्षण सम्भव छ, उक्त विरुवा एन्जिओस्पर्म सव डिभिजनका भएमा पातहरु र पातका नशा अवलोकन गरि एक दलिय वा दुई दलिय भनि छुट्याउन सकिन्छ, भने जिम्‍नोस्पर्म सव डिभिजनका भएमा पनि पात लामो र सियो जस्तो चुच्चो हुने हुँदा छुट्याउन सकिन्छ र यदि ति विरुवाको पात प्वाँख जस्तो भएमा टेरिडोफाईटा सव डिभिजन हो भनि भन्‍न पनि सकिन्छ।

उत्तरः यिनिहरुमा फूल नफुल्ने विरुवामध्येको सबैभन्दा  विकसित विरुवाहरु पर्छन

  • यिनिहरुमा भास्कुलर तन्तुको (जाइलम र फ्लोएम) विकास भएको हुन्छ
  • यि विरुवाहरु ओसिलो ठाँउमा हुन्छन्
  • यी बिरुवा ओसिलो र छाया परेको ठाउँमा पाइन्छन् ।
  • यी बिरुवाको बिउ हुँदैन तर जरा, काण्ड र पात प्रस्टसँग छुट्टिएको हुन्छ ।
  • यी बिरुवाका पातहरू प्वाँख जस्तै देखिन्छन् ।
  • यिनीहरूको काण्ड राइजोमका रूपमा जमिनमुनि तेर्सो परेर रहेको हुन्छ ।
  • यी बिरुवाको  पातको पछाडिपट्टि थुप्रै खैरा सोरी हुन्छन् ।

उदाहरणः उन्यु, न्युरो आदी

उत्तरः रोशनीको प्रयास ठिक छ, किनकी फूलको भागहरु गनेर पनि विरुवा एक दलिय वा दुई दलिय भन्‍ने  कुरा पत्ता लगाउन सकिन्छ। फूलको पुष्पदलका भागहरु 3 वा 3 को गुणाङ्कमा भएमा उक्त विरुवा एक दलिय र 4, 5 वा 4 र 5 को गुणाङ्क भएमा उक्त विरुवा दुई दलिय हो भन्‍न सकिन्छ। 

समानता: दुवैमा भास्कुलर तन्तु हुन्छ।

असमानता: सुन्तलामा फल भित्र बिउ हुन्छ भने साइकसमा बिउ नाङ्‍गो हुन्छ।

सुन्तला: सबडिभिजन एन्जियोस्पर्म अन्तर्गत पर्दछ किनभने सुन्तलामा फूल फूल्छ र फल भित्र बिउ हुन्छ।

साइकस: सबडिभिजन जिम्‍नोस्पर्म अन्तर्गत पर्दछ किनभने साइकसमा फूलको सट्‍टामा कोन विकसित हुन्छ र 

बिउ नाङ‍गो हुन्छ।

यी दुईमध्ये सुन्तला विकसित छ किनभने सुन्तलामा फूल फूल्छ र फल भित्र बिउ हुन्छ तर साइकसमा फूलको सट्‍टामा कोन विकसित हुन्छ र बिउ नाङ‍गो हुन्छ।

यहाँ समुह D ले माछाको समुह जनाउँछ ।

उत्तरः फाइलम पोरिफेराका शरिरमा मसिना छिद्रहरु ओस्टिया हुन्छन् र एउटा ठूलो छिद्र ओस्कुलम हुन्छ। शरिरमा पानी ओस्टियावाट भित्र जान्छ र ओस्कुलमवाट वाहिर आँउछ। यहि क्रममा पानीमा मिसिएको अक्सिजन र खाना ओस्टियाबाट सोसेर लिन्छन र अनावश्यक पदार्थ ओस्कुलमबाट वाहिर फाल्छन्। यस प्रकृयालाइ वाटर क्यानल सिस्टम भनिन्छ। यसरी पोरिफेरामा पाचन हुन्छ।

उत्तरः राकेशले चउरमा खेल्दाखेल्दै देखेको जनावरको शारीरिक बनावट, जन्तुको समग्र आकार, बाहिरी आवरण, चालको प्रकार, मेरुदण्डको उपस्थिति र अन्य व्यवहारहरू अवलोकन गरेर कुन फाइलममा पर्छ भनी पत्ता लगाउछन् । 

जस्तै जोडिएका खुट्‍टाहरु देखेमा फाइलम आर्थ्रोपोडा, शरीर खण्ड खण्ड देखेमा फाइलम एनिलिडा, शरीरमा भिसेरल मास तथा बाहिरी कडा आवरणले ढाकेको  देखेमा फाइलम मोलस्का र  ढाड भएका जनावरहरु भएमा फाइलम कर्डेटामा पर्दछन् । 

अ) यी जनावरहरू कुन फाइलम र क्लासअन्तर्गत पर्छन्?

  • चमेरोः म्यामेलिया क्लास                         बाजः एभ्स क्लास

समानताहरुः

  • यि दुवै जीवको शरिरमा पखेटा  हुन्छ।
  • यिनिहरुको हाड खोक्रो हुन्छ। 

असमानताहरुः

  • चमेरो स्तनधारी वर्ग हो भने बाज एभ्स वर्ग हो।
  • चमेरोले सिधै बच्चा जन्माउँछ भने बाजले  फुल पार्छ।

उत्तरः यि जीवहरुको विकासक्रम हेर्दा यिनिहरु एकै पूर्वजवाट उत्पति भएको प्रमाण पाइन्छ। त्यसैले एभ्स र म्मामेलियाको नजिकको सम्वन्ध रहेको देखिन्छ र एभ्स वर्गको विकासवाट नै म्यामेलिया उत्पति भएको देखिन्छ।

उत्तरः वर्गिकरणको आधारमा हेर्दा कुनै जगतहरुबिच थोरै साझा गुणहरु पाइन्छन भने कुनै जगतहरुबिच धेरै साझा गुणहरु पाइन्छन। जीवहरुबिच साझा गुण भन्‍नाले तिनिहरु साझा पुर्वजबाट विकसित भएका हुन्छन्। प्रोक्यारियोटिक जीवहरुलाई मोनेरा जगतमा राखिएको छ।त्यसपछि विकसित भएको एककोषिय जीवहरुलाई जगत प्रोटिस्टामा राखिएको छ। यसरी कम विकसित जीवहरु एक समुहमा र बढी विकसित जीवहरु अर्को समुहमा राखिन्छ भने कम विकसित जीवहरुबाट नयाँ जिवहरु विकसित भएको पाइन्छ। तसर्थ क्रमविकास र वर्गिकरणबिच घनिष्‍ट सम्बन्ध देखिन्छ।

उत्तरः

ण. पाँच जगतीय वर्गीकरण प्रणालीअनुसार जन्तु जगत्‌को वर्गीकरण चार्ट बनाउनुहोस् ।

त. चित्रको अवलोकन गरी तलका प्रश्नको जवाफ दिनुहोस् :

  • माछाको मुटुमा दुइवटा कोठा हुन्छ
  • बाघले बच्चालाइ दुध चुसाउँछ
  • दुबै विषमतापी जीवहरु हुन्।
  • दुबै परपोषक जीवहरु हुन्।
  • दुबैमा ढाड हुन्छ।
  • माछा र चरा