15. सजीवहरु (Living Beings)

पृथ्वीमा पाईने सजिवहरुलाई वनस्पति जगत् र जन्तु जगत् गरी दुई जगतमा विभाजन गरिएको छ।

त्यस्तै गरि वनस्पति जगत्लाई पनि फूल फूल्ने र फूल नफूल्ने गरि दुई उपजगत्मा वर्गीकरण गरिएको छ भने, जनावरहरुलाई पनि ढाड भएका र ढाड नभएका दुई उपजगत्मा विभाजन गरिएको छ।

ढाड भएका जनारवरहरुः

शरिरमा हाड हुने जनावरहरुलाई ढाड भएका जनावर ढाड नभएका जनावर भनिन्छ।यिनिहरुलाई पनि दुई समूहमा विभाजन गरिएको छ।

विषमतापी वा चिसो रगत भएका जनावर (Cold Blooded Animals):

वातावरण अनुसार शरिरको तापक्रम घटबढ हुने वा शररिको तापक्रम स्थिर नहुने जनावरलाई विषमतापी वा चिसो रगत भएका जनावर भनिन्छ।उदाहरणः सर्प, माछा, भ्यागुता आदि।

समतापी वा तातो रगत भएका जनावर (Warm Blooded Animals):

वातावरण अनुसार शरिरको तापक्रम घटबढ नहुने वा शरिरको तापक्रम (रगतको तापक्रम) स्थिर हुने जनावरलाई समतापी वा चिसो रगत भएका जनावर भनिन्छ।उदाहरणः मानिस, चरा आदि।

ढाड भएका जनावरहरुलाई पाँचवटा वर्ग वा क्लासमा विभाजन गरिएको छ।

  • पिसेज (माछा) प्राय माछा प्रजाति (ब्हेल र डल्फिन बाहेक)
  • रेप्टिलिया (सरिसृप) – सर्प, कछुवा
  • एम्फिबिया (उभयचर) भ्यागुता, सलामण्डर, पाहा
  • एभ्स (चराहरु)  – सबै चराहरु (चमेरो वाहेक)
  • म्यामेलिया (स्तनधारी) सबै स्तनधारी जनावर (मानिस, घोडा, कुकुर)