8. तत्वहरुको बर्गिकरण (Classification of Elements)

तत्वः 
पदार्थको सबै भन्दा सरल र शुद्व पदार्थलाई तत्व भनिन्छ।प्रकृतिमा हालसम्म ११८ वटा तत्वहरु छन् जसमध्ये, ९२ वटा प्राकृतिक र २६ वटा कृतिम तत्वहरु छन्। 
उदाहरणः हाईड्रोजन, अक्सिजन, नाईट्रोजन, सोडियम, सुन, चाँदी, फलाम, तामा, आदि। 

परमाणुः 
तत्वको गुण कायम रहने तत्वको सबैभन्दा सानो कणलाई परमाणु भनिन्छ।उदाहरणः हाईड्रोजनको परमाणु (H), अक्सिजनको परमाणु (O) आदि। रासायनिक प्रतिक्रिया हुँदा परमाणुले रासायनिक प्रतिक्रियामा भाग लिने गर्दछन्।
   
यौगिकः 
तत्व तत्वबिच रासायनिक प्रतिक्रिया भई बनेको शुद्व पदार्थलाई यौगिक भनिन्छ।उदाहरणः पानी, (हाईड्रोजन र अक्सिजनविच प्रतिक्रिया भई पानी बन्दछ), नुन (सोडियम र क्लोरिन मिलि नुन बन्दछ) आदि। 
 
अणुः 
यौगिकको गुण कायम रहने, यौगिकको सबैभन्दा सानो कणलाई अणु भनिन्छ।उदाहरणः पानीको अणु (H2O) भनेको पानीको एउटा अणु हो। नुनको अणु (NaCl) भनेको नुनको एउटा अणु हो।

अणु तत्व र यौगिक दुबैको हुन्छ। उदाहरणः तत्वको अणु-हाईड्रोजनको अणु (H2), यौगिकको अणु-पानीको अणु (H2O)

तत्वः पदार्थको सबै भन्दा सरल र शुद्व पदार्थलाई तत्व भनिन्छ।प्रकृतिमा हालसम्म ११८ वटा तत्वहरु छन् जसमध्ये, ९२ वटा प्राकृतिक र २६ वटा कृतिम तत्वहरु छन्। 
उदाहरणः हाईड्रोजन, अक्सिजन, नाईट्रोजन, सोडियम, सुन, चाँदी, फलाम, तामा, आदि। 
परमाणुः तत्वको गुण कायम रहने तत्वको सबैभन्दा सानो कणलाई परमाणु भनिन्छ।उदाहरणः हाईड्रोजनको परमाणु (H), अक्सिजनको परमाणु (O) आदि।रासायनिक प्रतिक्रिया हुँदा परमाणुले रासायनिक प्रतिक्रियामा भाग लिने गर्दछन्।
   
यौगिकः तत्व तत्वबिच रासायनिक प्रतिक्रिया भई बनेको शुद्व पदार्थलाई यौगिक भनिन्छ।उदाहरणः पानी, (हाईड्रोजन र अक्सिजनविच प्रतिक्रिया भई पानी बन्दछ), नुन (सोडियम र क्लोरिन मिलि नुन बन्दछ) आदि।  

अणुः यौगिकको गुण कायम रहने, यौगिकको सबैभन्दा सानो कणलाई अणु भनिन्छ।उदाहरणः पानीको अणु (H2O) भनेको पानीको एउटा अणु हो।नुनको अणु (NaCl) भनेको नुनको एउटा अणु हो।अणु तत्व र यौगिक दुबैको हुन्छ।उदाहरणः तत्वको अणु-हाईड्रोजनको अणु (H2), यौगिकको अणु-पानीको अणु (H2O)

परमाणुको संरचना र ईलेक्ट्रोन विन्यासः
परमाणु तिनवटा उपपारमाणविक कणहरु मिलि बनेको हुन्छ। 
१.	न्युट्रोन
२.	प्रोटोन
३.	ईलेक्ट्रोन
न्युट्रोन र प्रोटोन परमाणुको केन्द्रिय भाग न्युक्लियसमा बसेको हुन्छ भने, ईलेक्ट्रोन न्युक्लियसको वरिपरी निश्चित बाटो कक्ष, सेल वा अर्बिटमा रहेर घुमिरहन्छ।सेलहरुको नामाकरण K वाट सुरु हुन्छ। 
सेलहरु पनि उपसेल मिलि बनेको हुन्छ।उपसेलहरु चार प्रकारका छन्।प्रत्येक सेलमा उपसेलहरु हुन्छन्।उपसेलहरु गोलाकार वा डमरु आकारका हुन्छन्।
चारवटा उपसेलहरुः  s, p, d, f   

उपसेल (सबसेल) ईलेक्ट्रोन विन्यासः 
2n2 को नियमले ईलेक्ट्रोन विन्यास पूर्णरुपमा गर्न नसकेकोले, सबसेल ईलेक्ट्रोन विन्यासको अवधारणा विकसित भयो।

2n2 को आधारमा हुने ईलेक्ट्रोन विन्यास
2n2  K shell    n =1                =    2*1 	 = 2
2n2  L shell    n =2                =    2*2*2 	 = 8
2n2  M shell    n =3                =    2*3*3	 = 18
2n2  N shell    n =4                =    2*4*4	 = 32

जम्मा चारवटा उपसेलहरु छन्।s, p, d र f उपसेल।
s-sharp उपसेलको क्षमता- 2 वटा ईलेक्ट्रोन
p-principle उपसेलको क्षमता- 6 वटा ईलेक्ट्रोन
d-diffused उपसेलको क्षमता- 10 वटा ईलेक्ट्रोन
f-fundamental उपसेलको क्षमता- 14 वटा ईलेक्ट्रोन
ईलेक्ट्रोनहरु उपसेलमा बस्दा, s, p, d, f को क्रममा कम ईनर्जी लेबलको उपसेलको क्रममा मिलेर बस्छन्।

सेल संख्या		सेलको नाम 	सेलमा रहने उपसेलहरु
1			K				1s
2			L				2s   2p
3			M				3s   3p    3d
4			N				4s   4p   4d    4f 	

उपसेलमा ईलेक्ट्रोन विन्यास हुने क्रमः 1s, 2s 2p, 3s 3p, 4s
H		1 				1s1
He		2				1s2	
Li		3				1s2, 2s1 
Be		4				1s2, 2s2
B		5				1s2, 2s2 2p1