9. Acid Base and Salts ( अम्ल, क्षार र लवण )

अम्ल :
पानीमा घुल्दा H+ आयोन दिने पदार्थ ।
स्वाद अमिलो हुने ।
भिजेको निलो लिटमस लाइ रातो बनाउने ।
छालामा छुँदा पोल्ने ।
PH मान १ देखी र ७ भन्दा कम हुने ।

उदाहरणः HCl, H2CO3, H2SO4, HNO3, CH3COOH,

HCl → H+ + Cl-
H2SO4 →2H+ + SO4- –

कडा अम्ल:

  • पानी मा घुल्दा बढि मात्रामा H+ आयोन दिने ।
  • PH मान कम हुने ।
  • कडा अम्ल को PH मान १ हुन्छ ।
  • उदाहरणः HCl , H2SO4 .

कमजोेर अम्ल:

  • पानीमा घुल्दा कम मात्रामा H+ आयोन दिने ।
  • PH मान बढि हुने ।
  • कमजोेर अम्ल को PH मान ६ सम्म हुन्छ ।
  •  उदाहरणः H2CO3 (कार्बोनिक अम्ल), CH3COOH( एसिटिक अम्ल)

क्षार :

  • धातुको अक्साइड तथा हाइड्रोअक्साइड हरु ।
  • स्वाद टर्रो हुने ।
  • रातो लिटमस लाइ निलो बनाउने ।
  • छुदा चिप्लो हुने ।
  • पानी मा OH- आयोन दिने ।
  • PH मान ७ भन्दा बढि र १४ सम्म हुने ।
  • उदाहरणः CaO , MgO, ZnO, KOH , NaOH

KOH → K+ + OH-
NaOH → Na+ + OH-

अल्काली :

  • पानीमा घुलनशिल क्षारहरु वा धातुका घुलनशिल हाइड्रोअक्साइडहरु ।
  • पानीमा OH- आयोन दिने ।

सबै अल्कालीहरु क्षार हुन्‌ तर सबै क्षारहरु अल्काली होइनन् ।
किनकि
सबै क्षारहरु पानीमा घुल्दैनन् र पानीमा घुलनशिल क्षारहरुलाइ मात्र अल्काली भनिन्छ ।

लवण :

  • अम्ल र क्षारवीच प्रतिक्रिया हुदाँ बन्ने तटस्थ पदार्थ ।
    वा
  • अम्ल मा भएको हाइड्रोजन लाइ घातुले बिस्थापन गरि बनेको तटस्थ पदार्थ ।
  • स्वाद तितो हुने तर केहि लवण नुनिला हुन्छन् ।
  • लिटमस प्रति कुनै प्रभाव नदेखाउनेे ।
  • PH मान ७ हुने ।
  • उदाहरणः NaCl, MgCl2 , Na2SO4 , K2SO4 , ZnCO3 आदि ।

सबै लवण तटस्थ हुदैनन् ।

कडा अम्ल+ कडा क्षार → तटस्थ लवण + पानि
उदाहरणः Na2SO4 -सोडियम सल्फेट

कमजोेर अम्ल+ कमजोेर क्षार → तटस्थ लवण+ पानि
उदाहरणः (NH4)2CO3- एमोनियम कार्बोनेट

कडा अम्ल+ कमजोेर क्षार → अम्लिय लवण + पानि
उदाहरणः NH4Cl- एमोनियम क्लोराइड

कडा क्षार + कमजोेर अम्ल →क्षारिय लवण + पानि
उदाहरणः K2CO3 – पोटासियम कार्बोनेट

सुचक पदार्थ :

  • अम्ल क्षार र लवणको गुणको सुचना दिने पदार्थ ।
  • लिटमस कागज , मिथाइल अरेन्ज , फेनोल्थलिन आदि ।
  • सुचक पदार्थहरु बनस्पतिका रङ्गिन भागवाट बनाइन्छ ।

युनिभर्सल सुचक पदार्थ:

  • बिभिन्न प्रकारका प्राङ्गारिक सुचकहरुको मिश्रणबाट बनेको सुचक पदार्थ ।
    वा
  • पदार्थ को अम्लिय, क्षारिय वा लवणिय गुण को सुचना सहित तिनिहरुको कडापनको समेत जानकारि दिने सुचक पदार्थ ।
  • उदाहरणः PH कागज, PH स्केल आदी ।

PH कागजमा परिवर्तन हुने रङ्को आधारमा
PH स्केल मापन गरिन्छ ।

PH स्केल :
कडा अम्लदेखि कडा क्षार सम्मको H+ आयोनको नाप सम्बन्धित मापन स्केल ।
१ देखि १४ सम्म हुने ।

PH मान १ : कडा अम्ल ‍-गाढा रातो रङ्
PH मान ६ : कमजोर अम्ल- फिका रातो
PH मान ७ : तटस्थ लवण -हरियो रङ्
PH मान ८ : कमजोेर क्षार- फिका निलो
PH मान १४ : कडा क्षार -गाढा निलो ।

कडा क्षार को PH मान बढि हुन्छ ।
कडा अम्लको PH मान कम हुन्छ ।

सुचक पदार्थ  अम्ल क्षार लवण
लिटमस कागज रातो निलो तटस्थ
मिथाईल अरेन्ज रातो पहेँलो सुन्तला
फेनोल्फ्थलिन रङ्गहिन गुलाबी रङ्गहिन

केहि पदार्थ को PH मान
रगत : ७
पानि : ७
मट्टितेल : ७
चिनिपानि :७