प्रजनन : सजिवहरुले आफुजस्तै सन्तान उत्पादन गर्ने प्रक्रिया ।
१. अमैथुनिक प्रजनन :
भाले र पोथी ग्यामेट बिना हुने प्रजनन ।
बिशेषताहरु :
# सन्तति माउजस्तै दुरुस्तै हुने ।
# सरल प्रकिया ।
# माइटोसिस कोष बिभाजनबाट हुने ।
# एउटा मात्र माउ भए हुने ।
२. मैथुनिक प्रजनन :
भाले र पोथी ग्यामेट मिली हुने प्रजनन ।
बिशेषताहरु :
# बंशानुगत स्थिरता कायम हुने ।
# दुइवटै माउहरु चाहिने ।
# पहिला मिओसिस र पछि माइटोसिस कोष बिभाजन भइ हुने ।
अमैथुनिक प्रजननका प्रकारहरु :
१. फिसन: माउ कोष बिभाजन भई २ ( बाइनरी) वा बढि ( मल्टिपल ) सन्तति कोष बन्ने प्रकिया ।
बाइनरी र मल्टिपल : अमिबा,प्यारामेसियम, ब्याक्टेरिया, प्लाज्मोडियम् , क्लेमाइडोमोनास ।
२. बडिङ: जीब वा बनस्पतिको शरिरमा टुसो पलाइ नया जीब वा बनस्पति बन्ने प्रकिया ।
हाइड्रा, यिस्ट ।
३. फ्रागमेन्टेसन: बनस्पतिको शरिर टुक्रा भइ नया बनस्पति बन्ने प्रकिया ।
स्पाइरोगाइरा ।
४. स्पोरुलेशन : बिजाणुबाट अनुकुल वातावरणमा नया बनस्पति बन्ने प्रकिया ।
म्युकर, मस, उन्यू ।
५. रिजेनेरेशन : जीबको शरिर टुक्रा भइ नया जीब बन्ने प्रकिया । प्लानेरिया, टेपवर्ममा हुने ।
६. भेजिटेटिभ प्रोपागेसन : बिरुबाको जरा, काण्ड र पातबाट वा कलमी गरेर हुने प्रजनन ।
जराबाट : सखरखण्ड, लाहुरेफूल ।
काण्डबाट : आलु , प्याज, लसुन, गुलाफको फूल, पिडालु ।
पातबाट : ब्रायोफाइलम र बेगोनिया ।
भेजिटेटिभ प्रोपेगेशनको फाइदाहरु :
# छिटो , सरल र सस्तो ।
# बिउ नहुने बिरुबाबाट पनि प्रजनन हुने ।
बनस्पति मा हुने मैथुनिक प्रजनन :
फूल बिरुवाको प्रजनन अङ्ग हो।
एन्ड्रोसियम : भाले प्रजनन अङ्ग । स्टामेनहरु मिलि एन्ड्रोसियम बन्छ ।
स्टामेनका भागहरु :
एन्थर , फिलामेन्ट र कनेक्टिभ ।
परागकण एन्थरमा बन्छ ।
गाइनोसियम : पोथी प्रजनन अङ्ग । कार्पेलहरु मिलि गाइनोसियम बन्छ ।
कार्पेलका भागहरु :
स्टीग्मा , स्टाइल र आोभरी ।
आोभरी मा ओभ्युल रहेको हुन्छ ।
परागसेचन :
फुलको एन्थर मा बनेको परागकण स्टीग्मा सम्म पुग्ने प्रकिया ।
स्वपरागसेचन र परपरागसेचन ।
स्वपरागसेचन : एउटै फुलको परागकण त्यही फुलको स्टीग्मा सम्म पुग्ने प्रकृया ।
परपरागसेचन : एउटा फुलको परागकण अर्को फुलको स्टीग्मा सम्म पुग्ने प्रकृया ।
गर्भाधान :
भाले ग्यामेट र पोथी ग्यामेट को मिलन भइ जाइगोट र भ्रुण बन्ने प्रकिया
गर्भाधान पछि ओभरी फलमा र ओभ्युल बिउमा परिणत हुन्छ ।
परागसेचन पछि गर्भाधान भइ ओभरीमा भ्रुणको रुपमा बिउ सुरक्षित रहन्छ । अनुकुल वातावरणमा बिउबाट पुन नयाँ बनस्पति उम्रन्छ ।
जनावरमा हुने मैथुनिक प्रजनन :
बिकसित जनावरहरु एक लिङ्गी हुन्छन् ।
भाले जीवले भाले ग्यामेट र पोथी जीवले पोथी ग्यामेट उत्पादन गर्दछन्
तिनिहरुबीच गर्भाधान भइ नयाँ जीवको जन्म हुन्छ ।
बाह्य् गर्भाधान :
भाले ग्यामेट र पोथी ग्यामेट को मिलन जीवको शरिर बाहिर हुने प्रकिया ।
(माछा र उभयचर मा हुने)माछा र भ्यागुता मा हुने गर्भाधान ।
भित्री गर्भाधान :
भाले ग्यामेट र पोथी ग्यामेट को मिलन जीवको शरिर भित्र हुने प्रकिया ।
(रेप्टाइल,पंक्षी, स्तनधारीआदिमा हुने) मानिस , गाइ मा हुने गर्भाधान ।