24. Atmosphere (वायुमण्डल)

वायुमण्डल:
पृथ्वीको वरिपरि रहेको हावाको आवरण ।
वायुमण्डलमा रहेका हावाको मात्रा:
नाइट्रोजन: ७८.१० %
अक्सिजन: २१.९० %
कार्वनडाइअक्साइड: ०.०३ %
निष्कृय ग्यास: ०.९५ %
अन्य ग्यास: ०.०२ %

वायुमण्डल को विभिन्न तहहरु:

निम्नमण्डल:
पृथ्वीको सतह 0-१६ किमि सम्मको उचाइको तह।
प्रत्येक १६५ मिटर उचाइमा १°c तापक्रम घट्ने भएकोले यसलाइ परिवर्तनमण्डल भनिन्छ ।
असिना , तुसारो , शित, पर्ने, हुरिबतास चल्ने, मेघ गर्जने लगायतका मौसम सम्बन्धित गतिविधि यसै मण्डलवाट संचालन हुने भएकोले मौसमविधको लागि महत्वपुर्ण ।

समतापमण्डल:
१६-५० किमि उचाइमा फैलिएको तह ।
यस तहमा ओजन तह रहेको हुन्छ जसले सुर्यवाट आएका हानिकारक किरणलाइ सोसेर पृथ्वीसम्म आउनवाट बचाउने भएकोले यसलाइ रक्षामण्डल भनिन्छ ।
ओजन तहले गर्दा यसमा तापक्रम बढ्दै गएको हुन्छ ।

मध्यमण्डल:
५०-८० किमि उचाइमा फैलिएको तह ।
तापक्रम घट्दै जाने ।
कडा बतास वहने तह ।
उल्का वाट निस्केका तातो ग्यासको रेखा देखिने ।

तापियमण्डल:
८०-७२० किमि उचाइमा फैलिएको तह ।
हावाको मात्रा निकै कम र पातलो भएको तह ।
तापक्रम वढि भएको तह ।
ग्यासका अणुहरु परमाणु र आयोनको रुपमा रहने आयोनको तह
दुरसंचारको लागि महत्वपुर्ण तह ।

वाह्यमण्डल:
७२० किमि देखि अन्तरिक्ष सम्म फैलिएको तह ।
वायुमण्डलको सिमा प्रदेश ।
नगण्य मात्रामा भएको हावाका अणु र परमाणु तिव्र वेगमा वहन्छन् ।

ओजन: अक्सिजन को अणु र परमाणु मिलि बनेको अणु O3 लाइ ओजन भनिन्छ ।

ओजन तह:
समतापमण्डलको तल्लो भागमा रहेको ओजनको तह ।
ओजन ले सुर्य वाट आउने हानिकारक पराबैजनि किरण सोसेर पृथ्वीसम्म आउनवाट जोगाउछ । यसले गर्दा पृथ्वीमा जिवजन्तुहरु लाइ फाइदा पुगेको छ ।

ओजन तह वन्ने प्रकृया:

O2 → विकिरण → O + O
O2 + O→ पराबैजनि किरण→ O3

ओजन तहको विनास हुने प्रकृया:

O3 → पराबैजनि किरण → O + O2

CFCl3 →UV→ CFCl2 + Cl
Cl + O3 →UV→ ClO + O2
2ClO →UV→ 2Cl + O2
O + O3 →UV→ O2 + O2

ओजन तहको ह्रास:

CFC- chlorofluorocarbons, CH3CCl3, CH3Br, CCl4 जस्ता पदार्थहरु वायुमण्डलमा विच्छेदन हुँदा निस्कने क्लोरिन, ब्रोमिनले ओजन तह विनास गर्दछ र हानिकारक पराबैजनी किरण हरु पृथ्वीमा आइ जीवजन्तुहरुको जिवनमा ठुलो असर पुर्याउछन् ।

ओजन तह ह्रास का असरहरु:

मानिसको आँखामा मोतिबिन्दु हुने,
छालाको क्यान्सर हुने,
प्रतिरक्षा प्रणाली मा ह्रास आउने,
शरिरमा छाला पोल्ने,
वोटविरुवाको वृद्दि र प्रजनन मा असर पुग्ने,
जलिय जिवजन्तुहरु को जिवनचक्र मा असर,
प्रजनन क्षमतामा ह्रास,
पृथ्वीको तापक्रम वृद्दि र हरितगृह प्रभाव वढ्ने ।

हरितगृह ग्यास:
CO2, CO, CFC, CH4, SO2, पानीको वाफ, नाइट्रस अक्साइड, सल्फर हेक्जाफ्लोराइडदि ‌पृथ्वीको जलवायुमा परिवर्तन ल्याउने ग्यासहरु ।

यातायातका साधन, एयर कन्डिसनसर, रेफ्रिजेरेटर, वाट यस्ता ग्यासहरु निस्कने ।

हरितगृह प्रभाव:
हरितगृह ग्यासहरुले सुर्यवाट आउने विकिरण सोस्ने र पुन पृथ्वीमा फर्काउछन् । यसले गर्दा पृथ्वीमा थप तापशक्ति संचय भइ पृथ्वीको तापक्रम वृद्दि हुन्छ र विभिन्न असर देखा पर्छ, यसलाइ हरितगृह प्रभाव भनिन्छ ।

पृथ्वीमा जीवन अनुकुलताको लागि निश्चित मात्रामा हरितगृह प्रभाव आबश्यक छ तर बढि भएमा हानिकारक पनि हुन्छ ।

हरितगृह प्रभावका असरहरु:
जलवायुमा परिवर्तन,
हिमालका हिउ पग्लिएर जाने,
पृथ्वीको तापक्रम वृद्दि,
समुन्द्री सतह बढ्ने,
सजिवको जिवनचक्र मा असर देखा पर्ने,
पारिस्थितिक पद्दतिमा असन्तुलन,
ओजन तहको ह्रास आउने,
विश्वको तापक्रम १०० वर्षमा ०.७४°c ले वृद्दि भएको ।

हरितगृह प्रभाव घटाउने तरिका:
CFCs,CH4, CO2, SO2 , CH4 जस्ता हरितगृह ग्यासको उत्सर्जन घटाउने,
वृक्षारोपण वढाउने,
पेट्रोलियम पदार्थ र कोइला को प्रयोग घटाउने,
CFC विहिन रेफ्रिजेरेटर प्रयोग गर्ने ।

कृत्रिम हरितगृह:
बनस्पति उद्यानहरुमा तापशक्ति संचय गर्न कृत्रिम रुपमा वनाइएका काँच वा प्लास्टिक का घरहरु ।

कृत्रिम हरितगृहको उपयोगिता:
तापशक्ति संचय गरि वेमौसमी वाली लगाउन,
विभिन्न वालीबाली संरक्षण गर्न,
वोटानिकल गार्डेन बनाउन,

पानी जम्न नदिनको लागि र वढि मात्रामा परावर्तिक किरण जमिनको सतहमा पार्नको लागि हरित गृहको छानाे भिरालो बनाइएको हुन्छ ।

औद्योगिक ग्यास:
विभिन्न औद्योगिक क्रियावाट निस्कने CO2, SO2, CO2 जस्ता हानिकारक, विषालु ग्यासहरु ।

अम्लिय वर्षा:
औद्योगिक ग्यासहरु वायुमण्डल मा पुगी पानीको कणसग प्रतिक्रिया गरी वर्षातमा अम्लको रुपमा वर्षा हुने प्रकृया ।

CO2 + H2O → H2CO3
SO2 + O2 → SO3
SO3 + H2O → H2SO4

अम्लिय वर्षाकाअसरहरु:
माटो प्रदुषण र जिव तथा विरुवाको जिवनचक्र मा असर,
मानिसको स्वास्थमा असर, रोगहरु लाग्ने, रगतको कमी,
रासायनिक प्रदुषण,वायुमण्डल प्रदुषण,
मौसम परिवर्तन आदि ।