17. Cell Division (कोष बिभाजन )

कोष बिभाजन :
कुनै माउकोष बिभाजन भइ दुइ वा बढि सन्तति कोषहरु बन्ने प्रकिया प्रकिया ।

१. माइटोसिस कोष बिभाजन
२. मिआेसिस कोष बिभाजन

डिप्लोइड : क्रोमोजोमको संख्या पुर्ण वा 2n भएकाे कोष ।

ह्यप्लोइड : क्रोमोजोमको संख्या आधा वा n भएको कोष ।

माइटोसिस कोष बिभाजन :
एउटा डिप्लोइड माउ कोष बिभाजन भइ दुइ वटा डिप्लोइड सन्तति कोषहरु बन्ने प्रकिया ।

बराबरी वा समिकरणिय कोष बिभाजन :
माइटोसिस कोष बिभाजन मा माउकोष र सन्तति कोष मा क्रोमोजोम को संख्या बराबर हुने भएकोले माइटोसिस कोष बिभाजन लाइ समिकरणिय कोष बिभाजन पनि भनिन्छ ।

सोम्याटिक कोष बिभाजन :
माइटोसिस कोष बिभाजन शरिरका सोमेटिक भागहरु वा अङ्गमा हुने भएकाले माइटोसिस कोष बिभाजन लाइ सोम्याटिक कोष बिभाजन पनि भनिन्छ ।

माइटोसिस कोष बिभाजनका अवस्था हरु :
१. प्रोफेज २. मेटाफेज ३. एनाफेज ४. टेलोफेज

कारियोकाइनेसिस : न्युक्लियस विभाजन हुने प्रकिया । प्रोफेज देखि टेलोफेज सम्म ।

साइटोकाइनेसिस : साइटोप्लाम विभाजन हुने प्रकिया । एनाफेज अन्तिम देखि टेलोफेज सम्म ।

इन्टरफेज :
कोष बिभाजन प्रकिया सुरु हुन तयारी हुने अवस्था ।
विश्रामको अवस्था ।
क्रोमाेजोमहरु लाम्चो र पातलो भइ क्रोमाटिन बन्ने र स्पष्ट देखिने ।
DNA र क्रोमोजोमको संख्या दोब्बर हुने ।
सेन्ट्रिअोल बिभाजन सुरु हुने ।
न्युक्लियस स्पष्ट देखिने ।

प्रोफेज :
कोष बिभाजन को पहिलो अवस्था ।
सेन्ट्रिअोल बिभाजन भइ विपरित ध्रुवतर्फ लाग्ने ।
क्रोमोजोम एक अर्कामा बेरिने ।
प्रत्येक क्रोमोजोम मा दुइवटा क्रोमाटिड हुने र विचमा सेन्ट्रोमियरले जोडिएको हुने ।
न्युक्लियस र न्युक्लियर मेम्ब्रेन हराउदै जाने ।

मेटाफेज :
सेन्ट्रिअोलहरु विपरित ध्रुवतर्फ पुग्छन् ।
क्रोमाटिड हरु कोषको मध्य भागमा लहरै मिलेर बस्छन् ।
स्पिण्डल फाइबर को निर्माण भइ सेन्ट्रोमियरमा यसमा जोडिएर बस्छ ।

एनाफेज :
प्रत्येक क्रोमोजोमका सेन्टोमेर छुट्टिन्छन् । स्पिण्डल फाइबरको खुम्चाइले दुई क्रोमाटिड हरु विपरित ध्रुवतर्फ लाग्छन् ।
प्रत्येक क्रोमोजोम को आकार L, J, U र V जस्तो देखिन्छ ।

टेलोफेज :
क्रोमोजोम हरु विपरित ध्रुवतर्फ पुग्छन् ।
दुइवटा न्युक्लियस र न्युक्लियर मेम्ब्रेन देखा पर्छन् ।
क्रोमोजोम हरु पातलो र लामो हुन्छन् ।
बनस्पति कोषमा cell plate बनेर र जनावर कोषमा कोष झिल्लीको खुम्चाइद्वारा (cleavaging) साइटोकाइनोसिस पुर्ण भइ दुइवटा सन्तति कोषहरु बन्दछन् ।

माइटोसिस कोष बिभाजन को महत्व :
१. शारिरिक वृद्दि
२. अमैथुनिक प्रजनन
३. वंशाणुगत स्थिरता
४. कोषहरुको पुनरुत्पति तथा प्रतिस्थापन ।

मिअोसिस कोष बिभाजन :
एउटा डिप्लोइड माउकोष बिभाजन भइ चारवटा ह्यप्लोइड सन्तति कोषहरु बन्ने प्रकिया ।

रिडक्सनल कोष बिभाजन :
मिअोसिस कोष बिभाजन हुदाँ माउकोष मा भन्दा सन्तति कोषहरु मा क्रोमोजोम को संख्या ठिक आधा हुने भएकाले मिअोसिस कोष बिभाजन लाइ रिडक्सनल कोष बिभाजन पनि भनिन्छ ।

मिअोसिस कोष बिभाजनद्वारा प्रजनन कोषहरु वा लैङ्गिक कोष वा ग्यामेट बन्दछन् ।

मिअोसिस कोष बिभाजन का अवस्थाहरु :

मिआेसिस प्रथम :
प्रोफेज प्रथम:
सबैभन्दा लामो र महत्वपुर्ण ५ चरणहरु:
* लेप्टोटिन : क्रोमोजोमहरु दानाका माला जस्ता क्रोमोमियर को रुपमा रहेका । सेन्ट्रिअोल बिभाजन सुरु ।

* जाइगोटिन : आमावाट र बाबुवाट आएका क्रोमोजोम को सजातिय जोडा होमोलोगस पेयर बन्ने प्रकिया सिनाप्सिस हुने ।

* पाचिटिन: क्रोमोजोम हरु एक अर्कामा बेरिइ बिचमा चिरिएर टेट्राड बन्ने ।
आमावाट र बाबुवाट आएका क्रोमोजोम को केहि टुक्राहरु साटफेर हुने, प्रकिया क्रसिङ आोभर हुने।

* डिप्लोटिन: क्रोमोजोम हरु विकर्षण हुदाँ निश्चित बिन्दुमा जोडिइ कायज्माटा बन्ने ।

* डाइकाइनेसिस : कायज्माटा विकर्षण भइ टाढा गइ टर्मिनलाइजेसन हुने ।

मेटाफेज प्रथम:
क्रोमोजोम हरु मध्यभागमा नभइ दुइ सेन्ट्रिअोल वाट बराबर दुरिमा बस्ने र स्पिण्डल फाइबरले जोड्ने ।

एनाफेज प्रथम:
सेन्ट्रोमियर बिभाजन नभइ सिङ्गै दुइ ध्रुवतर्फ लाग्ने । यहि बेला क्रोमोजोम को रिडक्सन वा न्युनिकरण हुने ।

टेलोफेज प्रथम:
दुइ ध्रुवतर्फ पुगेका क्रोमोजोम हरु वाट दुइवटा न्युक्लियसहरु बन्ने ।

मिआेसिस द्वितिय:
प्रोफेज द्वितिय:

मेटाफेज द्वितिय:

एनाफेज द्वितिय:

टेलोफेज द्वितिय:

प्रोफेज द्वितिय: