20. Circulatory system in Human Body (मानब शरिरमा रक्तसंचार )

रक्तसंचार:
शरिरका सम्पुर्ण कोषमा रगतको माध्यमवाट आबश्यक पदार्थ र अनावश्यक को परिवहन गर्न रगत निरन्तर रुपमा मुटु र शरिर मा चलिरहने प्रकृया ।
रक्तसंचार मा भाग लिने अङ्गहरु:
मुटु, रगत, रक्तनली र फोक्सो ।
रगत :
रातो तरल संयोजी तन्तु ।
स्वस्थ वयस्कमा करिव ५.५ लिटर रगत हुने ।
रगतको वनावट:
प्लाज्मा ५५%(पानि ९०% र
१०% प्रोटिन, लवण)
रक्त कोष ४५% (RBC, WBC, Platelets)

Blood Composition

प्लाज्मा:
रगतमा हुने पहेलो पारदर्शक पदार्थ ।
रक्तसंचारको कार्य:

अक्सिजन र कार्बनडाइअक्साइडको परिवहन गर्ने ।
पानिको मात्रा सन्तुलन गर्ने ।
हर्मोनलाइ तन्तु सम्म पुर्याउने ।
रगत जम्न नदिइ जमाउने ।
पौष्टिक तत्वहरु शरिरमा पुर्याउन सहयोग गर्ने ।
राता रक्त कोष : इरिथ्रोसाइट्स:(RBC)
न्युक्लियस नभएका , वाइकनकेभ आकार भएका रक्त कोष ।
१ घनमिमि मा: ४५-५० लाख हुने ।
बोन म्यारो मा बन्ने र कलेजो, फियोमा गइ नष्ट हुने ।
१२० दिन आयु हुने ।
राता रक्तकोषको कार्य:
यसमा हुने हेमोग्लोविन ले अक्सिजन सोसेर अक्सिहेमोग्लोविन वनाइ कोषहरुमा अक्सिजन O2 र कार्बनडाइअक्साइडको CO2 को परिवहन गर्ने ।
RBC वा हेमोग्लोविन कम भएमा :
रक्त अल्पता रोग लाग्ने जसबाट चाडै थकाइ लाग्ने, काम गर्न गाह्रो हुने ।
WBC : सेता रक्त कोष: ल्युकोसाइट्स:
अनियमित आकारका, आकार बदलिरहने, न्युक्लियस भएका रक्त कोष ।
वोन म्यारो र लिम्फ नोडमा बन्ने, संक्रमण भएको स्थान मा गइ नासिने ।
केहि दिनको आयु हुने ।
१ घनमिमि मा ४०००-१०००० हुने।
सेता रक्तकोषको कार्य: रोगका किटाणुविरुद्द लड्ने र रोग वाट वचाउने ।
शरिर को प्रतिरक्षा प्रणाली बलियो बनाउने ।
प्लेटलेट्स: थ्रोम्बोसाइट्स :
साना आकारका, न्युक्लियस नभएका रक्त कोष ।
वोन म्यारो मा बन्ने र चोट लागेको स्थान मा गइ नासिने ।
२-३ दिनको आयु हुने ।
१ घनमिमि मा २-४ लाख हुने ।
प्लेटलेट्सको कार्य:
घाउचोटवाट रगत बग्न नदिइ जमाउने ।
रगतको कार्यहरु:
परिवहन:
अक्सिजन र कार्वनडाइअक्साइडकाे परिवहन ।
पौष्टिक तत्व कोषमा लैजाने र अनावश्यक विकार पदार्थको निष्कासन अङ्गसम्म पुर्याउने ।
हर्मोनलाइ तन्तुसम्म पुर्याउने ।
नियन्त्रण:
शरिरकाे तापक्रम नियन्त्रण र सन्तुलन गर्ने ।
पानिको मात्रा नियन्त्रण ।
सुरक्षा:
रोगका किटाणुविरुद्द लड्ने ।
चोटपटक लाग्दा रगत जमाउने ।
ग्लोबुलिनले रोग वाट सुरक्षा दिने ।
मानव मुटु:
दुइ भाग र चारकोठा युक्त मुटु ।
सेप्टम: मुटु लाइ दाया र बाया भागमा वाड्ने विचको मांशपेशी ।
अरिकल: मुटुको माथिल्लो कोठा । दाँया र वाँया अरिकल ।
भेन्ट्रिकल: मुटुको तल्लो कोठा । दाँया र वाँया भेन्ट्रिकल ।
पेरिकार्डियम: मुटु रहने पातलो झिल्लि ।
पेरिकार्डियल फ्ल्युड: मुटु र पेरिकार्डियम विच रहने तरल ।
पेरिकार्काडियल फ्ल्युडको कार्य: यसले गर्दा मुटु ले राम्रो सग पम्प गर्न सहज हुने ।
मुल शिराहरु: सुपेरियर र इन्फेरियर भेनेकाभा: शरिरका विभिन्न भागहरु वाट अशुद्द रगत मुटुको दाँया अरिकल मा ल्याउने रक्तनली ।
ट्राइकस्पिड भल्भ: दाँया अरिकल र दाँया भेन्ट्रिकल विचको तिनपत्रे भल्भ ।
कार्य: रगतलाइ दाया भेन्ट्रिकल वाट दाँया अरिकल मा आउन नदिने ।
बाइकस्पिड वा माइट्रल भल्भ: वाया अरिकल र वाया भेन्ट्रिकल विचको दुइपत्रे भल्भ ।
कार्य: वाया भेन्ट्रिकल वाट अरिकल मा रगत जान नदिने ।
पल्मोनरी/पल्मोनिक भल्भ: दाँया भेन्ट्रिकल र पल्मोनरी धमनी विचको अर्धचन्द्राकार भल्भ ।
कार्य: रगत लाइ पल्मोनरी धमनी वाट दाँया भेन्ट्रिकल मा आउन नदिने ।
एओर्टिक भल्भ: एओर्टा र वाया भेन्ट्रिकल विचको अर्धचन्द्राकार भल्भ ।
कार्य: एओर्टा वाट रगत लाइ वाया भेन्ट्रिकल मा आउन नदिने ।
पल्मोनरी धमनी: दाया भेन्ट्रिकल वाट अशुद्द रगत फोक्सो मा लैजाने रक्तनली ।
पल्मोनरी शिरा: फोक्सो वाट शुद्द रगत मुटुको वाया अरिकल मा ल्याउने रक्तनली ।
एओर्टा/महाधमनी: शुद्द रगत लाइ शरिरका विभिन्न भागहरु मा लैजाने रक्तनली ।
रक्तनली का प्रकार:
धमनी:
बाक्लो भित्ता भएको
रगतको चाप धेरै हुने
भल्भ नहुने
शरिर को भित्री भागमा हुने
शुद्द रगत वोक्ने ( पल्मोनरी धमनी वाहेक )
शिरा:
पातलो भित्ता भएको
रगतको चाप कम हुने
भल्भ हुने
शरिर को सतही भागमा हुने
अशुद्द रगत वोक्ने ( पल्मोनरी शिरा वाहेक )
कोषिका:
शरिरमा धमनी र शिरा विच शुद्द र अशुद्द रगतको साटासाट हुने मसिनो जालिदार रक्तनली ।
रक्त संचारका प्रकारहरु:


पल्मोनरी रक्संतचार:
मुटु र फोक्सो विच हुने रक्त संचार ।

अशुद्द रगत दाँया भेन्ट्रिकल →पल्मोनरी धमनी हुदै फोक्सो →शुद्द रगत पल्मोनरी शिरा हुदै → वाया अरिकल ।
सिस्टमिक रक्तसंचार:
मुटु र शरिर विच हुने रक्त संचार ।

शुद्द रगत वाया भेन्ट्रिकल→एओर्टिक भल्भ हुदै शरिर→अशुद्द रगत →मुल शिराहरु हुदै →दाया अरिकल ।
मुटुको धड्कन:
मुटु निरन्तर खुम्चने र फुक्ने प्रकृया ।
कारण: साइनोअट्रियल नोड ।
रक्तचाप:
रगतले रक्तनली का भित्तामा दिने दवाव ।
२ प्रकारहरु हुन्छन् ।
सिस्टोलिक रक्तचाप:
भेन्ट्रिकल खुम्चदा रक्तनलीमा हुने चाप ।
आर्टेरियल रक्तचापको  माथिल्लो सिमा ।
औसतमा 120 mmHg ।
डायस्टोलिक रक्तचाप:
भेन्ट्रिकल फुक्दा रक्तनलीमा हुने चाप ।
आर्टेरियल रक्तचापको तल्लो सिमा ।
औसतमा 70 mmHg ।
औसत रक्तचाप: सिस्टोलिक / डायस्टोलिक ‍= 120/80 mmHg
रक्तचाप नाप्ने उपकरण: स्फिमोम्यानोमिटर र स्टेथेस्कोप ।
१ मिलि रगतमा हुने रक्त कोष = १००० × (१ घनमिमि मा हुने संख्या)
५ मिलि रगतमा हुने रक्त कोष = ५ × १००० × (१ घनमिमि मा हुने संख्या)

High Blood Pressure: उच्च रक्तचाप हुने कारणहरु:

मोटोपना हुनु

खानपान बढि नुनिलो चिल्लो हुनु

उमेर 40 बढि हुनु

धुम्रपान र मद्यपान गर्नु

तनाव

Diabetes: मधुमेहः

शरिरमा इन्सुलिन हर्मोनको मात्रा कमी भइ रगतमा चिनीको मात्रा बढेको अवस्थालाइ मधुमेह वा सुगर भनिन्छ ।

मधुमेहका लक्षणहरु:

भोक र तिर्खा बढि लाग्नु, पिसावको मात्रा बढि हुनु , तौल घट्नु, घाउ छिटो निको नहुनु, बेहोस हुनु आदी ।

मधुमेहवाट वच्ने उपाय:

पसिना आउने गरि शाररिरिक व्यायाम गर्ने

खानपानमा ध्यान दिनु

तनाव नलिने

Uric Acid: युरिक एसिडः

शरिरको कोष तथा खानावाट प्राप्त हुने प्युरिनको रासायनिक विच्छेदन हुँदा बन्ने अम्ललाइ युरिक एसिड भनिन्छ ।

युरिक एसिडको निष्काशन तथा प्रयोग मृगौलाले गर्छ । मृगौलाले सहि रुपमा कार्य गर्न नसक्दा रगतमा युरिक एसिडको मात्रा बढ्छ ।

युरिक एसिडबाट बच्ने तरिका:

प्रशस्त मात्रामा पानी पिउने

रातो मासु, गेडागुडि, अमिलो अचारहरु नखाने

चेरीको सेवन गर्ने

केहि महत्वपूर्ण फरकहरुः 

दाँया भेन्ट्रिकल बाँया भेन्ट्रिकल
यसमा दाँया अरिकलबाट रगत आँउछ। यसमा बाँया अरिकलबाट रगत आँउछ।
यसमा अशुद्व रगत रहेको हुन्छ। यसमा शुद्व रगत रहेको हुन्छ।
यसबाट रगत पल्मोनरी धमनी हुँदै फोक्सोमा जान्छ। यसबाट रगत एओर्टा हुँदै शरिरमा जान्छ।
दाँया अरिकल बाँया अरिकल
यसमा अशुद्द रगत शरिरवाट आँउछ। यसम शुद्द रगत फोक्सोवाट आँउछ।
यसवाट रगत दाँया भेन्ट्रिकलमा जान्छ। यसवाट रगत बाँया भेन्ट्रिकलमा जान्छ।
यो वाँया अरिकल भन्दा ठुलो हुन्छ। यो दाँया अरिकलभन्दा सानो हुन्छ।
धमनी शिरा
शुद्द रगत बोक्ने रक्तनलीलाई धमनी भनिन्छ। अशुद्द रगत बोक्ने रगतलाई शिरा भनिन्छ।
धमनीको भित्ता बाक्लो हुन्छ। शिराको भित्ता पातलो हुन्छ।
यसमा रगतको चाप बढि हुन्छ। यसमा रगतको चाप कम हुन्छ।
यसमा भल्भ हुन्छ। यसमा भल्ब हुदैन।
पल्मोनरी/पल्मोनिक भल्भ एओर्टिक भल्भ
यो भल्भ दाँया भेन्ट्रिकल र पल्मोनरी धमनीविच हुन्छ। यो भल्भ बाँया भेन्ट्रिकल र एओर्टाविच हुन्छ।
यो भल्भ खुलेपछि रगत दाँया भेन्ट्रिकलवाट फोक्सोमा जान्छ। यो भल्भ खुलेपछि रगत बाँया भेन्ट्रिकलवाट शरिरमा जान्छ।
ट्राईकस्पिड भल्भ बाईकस्पिड भल्भ
यो भल्भ दाँया अरिकल र दाँया भेन्ट्रिकलविच हुन्छ। यो भल्भ बाँया अरिकल र बाँया भेन्ट्रिकलविच हुन्छ।
यो भल्भ खुलेपछि रगत दाँया अरिकलबाट दाँया भेन्ट्रिकलमा जान्छ। यो भल्भ खुलेपछि रगत बाँया अरिकलबाट बाँया भेन्ट्रिकलमा जान्छ।
यो भल्भ अर्धचन्द्राकार र तीनपत्रले बनेको हुन्छ। यो भल्भ अर्धचन्द्राकार र दुईपत्रले बनेको हुन्छ।