22. Ecosystem (पारिस्थितिक पद्दति)

वातावरण:
जुनसुकै समुदायमा रहने सम्पुर्ण जैविक र अजैविक तत्वको संयुक्त ।

समुदाय:
कुनै वातावरण मा रहेका जिवहरु को समुह ।

वासस्थान:
कुनै वातावरण मा रहेका जिवहरुको वस्ने खास स्थान ।

पारिस्थितिक पद्दति:
कुनै वातावरण मा रहेका समुदाय र वातावरण विचको अन्तरसम्वन्ध ।

वासस्थानको आधारमा पारिस्थितिक पद्दतिका प्रकार:

जलिय पारिस्थितिक पद्दति: पानिमा हुने पारिस्थितिक पद्दति ।

स्थलिय पारिस्थितिक पद्दति: जमिनमा हुने पारिस्थितिक पद्दति ।

पारिस्थितिक पद्दति का तत्वहरु:

अजैविक तत्वहरु:
पद्दति का रहेका सम्पुर्ण निर्जिव वस्तुहरु । जस्तै, हावा, पानी, ढुङ्गा, माटो, खनिज, प्राङ्गारिक र अप्राङ्गारिक वस्तु, प्रकाश, तापक्रम, ओसिलोपना आदि ।

जैविक तत्वहरु:
पद्दतिमा रहेका सम्पुर्ण सजिव वस्तुहरु उत्पादक, उपभोक्ता र विच्छेदक । जस्तै, हरिया बनस्पति, जिवजन्तुहरु, ब्याक्टेरिया फन्जाइ आदि ।

उत्पादक: आफ्नै खाना आफै बनाउन सक्ने हरिया बनस्पति ।

उपभोक्ता:
आफ्नो खाना को लागि अरुमा भर पर्ने जिवजन्तुहरु ।
प्रथम उपभोक्ता: उत्पादकलाइ मात्र खाने शुद्द साकाहारी साना जिव ।

द्वितिय उपभोक्ता: उत्पादक र उपभोक्ता खाने सर्वहारि जिवहरु ।

तृतिय उपभोक्ता: उपभोक्ता मात्र खाने ठुला मांसाहारी जिवहरु ।

विच्छेदक:
उत्पादक र उपभोक्ता को मृत्यु पछि यिनिहरुलाइ कुहाएर पौष्टिक तत्वहरु लाइ वातावरण मा फिर्ता पठाइ पारिस्थितिक पद्दतिलाइ सन्तुलित गराउन सहयोग गर्ने सुक्ष्म जिव,  ब्याक्टेरिया र फन्जाइ ।

पारिस्थितिक पद्दतिको नमुना:
उत्पादक ← प्रथम उपभोक्ता ← द्वितिय उपभोक्ता ← तृतिय उपभोक्ता ← विच्छेदक….. उपभोक्ता……

घास ← फट्याङ्ग्रा  ← भ्यागुता ← चिल ← विच्छेदक………… उपभोक्ता…..

खाद्य श्रृंखला:
उत्पादक देखि प्रथम द्वितिय र तृतिय उपभोक्ता सम्म खाद्यवस्तु  र शक्तिको स्थानान्तरको श्रृंखला ।

खाद्य संजाल:
खाद्य श्रृंखला को जटिल स्वरुप ।

जिव पिण्ड:
निश्चित वातावरणमा भएका जिव तथा बनस्पतिकाे शुष्क मृत शरिरको पिण्ड ।

पारिस्थितिक पिरामिड:
पारिस्थितिक पद्दतिका उत्पादक र प्रथम, द्वितिय, तृतिय उपभोक्ताहरु विचको संख्या, जिवपिण्ड र शक्तिको अन्तरसम्वन्ध लाइ संख्यात्मक चित्रमा देखाउदा बन्ने पिरामिड आकार ।

पिरामिड खाद्यवस्तुको आधारमा तयार गरिने भएकोले यसलाइ खाद्य पिरामिड भनिन्छ ।

पिरामिडका प्रकार:
जिवपिण्ड को पिरामिड: जिवपिण्ड को आधारमा बनाइएको पिरामिड ।

स्थलिय पारिस्थितिक पद्दति को जिवपिण्ड को पिरामिड को आकार सुल्टो वा ठाडो हुन्छ किनकि यस पद्दतिमा उत्पादक देखि प्रथम , द्वितिय र तृतिय उपभोक्ता को जिवपिण्ड क्रमश घट्दै गएको पाइन्छ ।

जलिय पारिस्थितिक पद्दति को जिवपिण्ड को पिरामिड को आकार उल्टो वा घोप्टो हुन्छ किनकि यस पद्दतिमा उत्पादक देखि प्रथम , द्वितिय र तृतिय उपभोक्ता को जिवपिण्ड क्रमश बढ्दै गएको पाइन्छ ।

जीवसंख्याको पिरामिड: जीवसंख्याको आधारमा वनाइएको पिरामिड ।

स्थलिय र जलिय पारिस्थितिक पद्दति को जिवसंख्याको पिरामिड को आकार सुल्टो वा ठाडो हुन्छ किनकि यि दुवै पद्दतिमा उत्पादक देखि प्रथम , द्वितिय र तृतिय उपभोक्ता को जिवसंख्या क्रमश घट्दै गएको पाइन्छ ।

जीव भु-रासायनिक चक्र:
जीव तथा बनस्पतिहरुल विभिन्न रासायनिक पदार्थहरु वातावरणवाट लिने र पुन वातावरणमा फिर्ता पठाउने प्रकृया को निरन्तर चक्र ।
जलचक्र, कार्वनचक्र, अक्सिजन चक्र, नाइट्रोजन चक्र आदि ।

जलचक्र:
जिव तथा बनस्पति ले वातावरण वाट पानी लिने, प्रयोग गर्ने र पुन वातावरण मा फिर्ता पठाउने प्रकृया ।

कार्वन चक्र:
जिव तथा बनस्पति ले वातावरण वाट कार्वन लिने, प्रयोग गर्ने र पुन वातावरण मा फिर्ता पठाउने प्रकृया ।

अक्सिजन चक्र:
जिव तथा बनस्पति ले वातावरण वाट अक्सिजन लिने, प्रयोग गर्ने र पुन वातावरण मा फिर्ता पठाउने प्रकृया ।

नाइट्रोजन चक्र:
जिव तथा बनस्पति ले वातावरण वाट पानी लिने, प्रयोग गर्ने र पुन वातावरण मा फिर्ता पठाउने प्रकृया ।

नाइट्रोजन स्थिरिकरण:
वायुमण्डलिय नाइट्रोजन लाइ विरुवाले प्रयोग गर्ने अवस्थाको नाइट्रेट मा वदल्ने प्रकृया ।

नाइट्रोजन स्थिरिकरण हुने अवस्था हरु:
विजुली चम्कदा,
माटोमा भएका ब्याक्टेरियाले , र
कोसेबालीको जरामा पाइने ब्याक्टेरिया ले
स्थिरिकरण गर्छन् ।

नाइट्रोजन स्थिरिकरण गर्ने केहि ब्याक्टेरिया:
एजोब्याक्टर, राडोस्पिरपलियम, क्लाष्ट्रिडियम ।
बनस्पति ले नाइट्रोजन स्थिरिकरण गरि बनाएको प्रोटिन जिवहरुले प्रयोग गर्छन् ।

एमोनियाकरण: बनस्पति र जीवको मृत्यु पछि यिनिहरुलाइ विच्छेदकले कुहाउदा एमोनिया बन्ने प्रकृया ।

नाइट्रिकरण:
एमोनियाका लवणहरु लाइ नाइट्रिफाइङ ब्याक्टेरिया ले पहिला नाइट्राइट र पछि नाइट्रेट मा वदल्ने प्रकृया ।

नाइट्राइट ब्याक्टेरिया ले एमोनिया का लवण लाइ नाइट्राइटमा र नाइट्रेट ब्याक्टेरिया ले नाइट्राइटलाइ नाइट्रेट मा वदल्छन् ।

नाइट्रिफाइङ ब्याक्टेरिया: नाइट्रोब्याक्टर र नाइट्रोसोमोनस ।

डिनाइट्रिकरण:
माटोमा रहेको नाइट्रेटलाइ डिनाइट्रिकरण ब्याक्टेरिया ले वायुमण्डलिय नाइट्रोजन र नाइट्रोजन का यौगिक का रुपमा वायुमण्डलमा फिर्ता पठाउने प्रकृया ।

डिनाइट्रिकरण ब्याक्टेरिया: स्युडोमोनस ।