23. History of earth (पृथ्वीको इतिहास)

पृथ्वीको केहि तथ्यहरु:
अनुमानित उमेर : ४.५ अरब वर्ष
सरदर घनत्व: ५.५ ग्रा./घनसेमी
पिण्ड: 6×10^24 के.जी.
उपग्रह: १ चन्द्रमा
पृथ्वीको उत्पति सम्बन्धित केहि परिकल्पनाहरु:
जिन्स र जेफ्रेको परिकल्पना:
प्राचिनकालमा एउटा ठुलो तारा घुम्दै सुर्य को नजिक पुग्यो र यसको आकर्षण ले सुर्यवाट ज्वार उत्पन्न गरायो । उक्त ज्वारिय पदार्थ ठण्डा भइ टुक्रिन जाँदा ग्रह उपग्रह र पृथ्वी बन्यो ।
जर्ज बफनको परिकल्पना:
धेरै पहिले व्रम्हाण्डमा घुम्दै गरेको विशाल लामपुच्छ्रे तारा सुर्य सँग ठक्कर खानगइ पृथ्वी लगायत अन्य ग्रह उपग्रह बने ।
कान्टको/लेपलासको परिकल्पना:
अन्तरिक्ष मा घुमिरहेको वाष्फपुर्ण पिण्ड सेलाउदै खुम्चन जाँदा साना साना पिण्ड हरु उछिट्टिए र साना पिण्ड ले ठुला पिण्ड लाइ परिक्रमा गर्न थाले । यसरी ठुलो पिण्ड सुर्य र साना पिण्ड हरु ग्रह उपग्रह आदि बने ।
भौगर्विक समय तालिका:
पृथ्वीको उत्पतिपछि यसमा भएका विभिन्न घटनाक्रम, परिवर्तन र उथलपुथलको हालसम्मको समय अवधिलाइ भौगर्विक समय तालिका भनिन्छ ।
मुख्यतया यिनिहरुमा चारवटा ईराहरु रहेका छन् ।
१. सिनोजोइक ईराः वर्तमानदेखि ६ करोड ५० लाख वर्ष पूर्वसम्म (स्तनधारीहरुको ईरा)
२. मेसोजोइक ईराः ६ करोड ५० लाख वर्ष पूर्वदेखि २५ करोड वर्ष पूर्वसम्म (सरिसृपहरुको ईरा)
३. प्यालिजोइक ईराः २५ करोड वर्ष पूर्वदेखि ५७ करोड वर्ष पूर्वसम्म (उभयचरहरुको ईरा)
४. प्रिक्याम्ब्रियन ईराः ५७ करोड वर्षदेखि पृथ्वीको उत्पतिसम्म
भौगर्विक समय तालिकालाई इयोन, ईरा/महाकल्प, काल र युग गरि चार प्रकारका समयका एकाइ छन् । जसमध्ये ईयोन सबैभन्दा ठुलो एकाई हो भने युग (Epoch) सबैभन्दा सानो एकाइ हो ।
केहि भौगर्विक समय को घटनाक्रम:
क्रिप्टोजोइक इयोन:
आर्कियन महाकल्प: पृथ्वीको उत्पति
फेनेरोजोइक इयोन:
पुराजिव महाकल्प:
घस्रने र उभयचरको उत्पति, प्रथम सरिसृपको बिकास
फेनेरोजोइक इयोन:
मेसोजोईक/ मध्यजिव महाकल्प:
ट्रायसिक काल: डाइनोसरको उत्पति
जुरासिक काल: डाइनोसरको विकास
क्रेटासियन काल: डाइनोसरको विनास
फेनेरोजोइक इयोन:
नवजिव महाकल्प:
पालयोसिन युग: पहिलो स्तनपायि र घोडाहरुको उत्पति
आदिनुतन युग: स्तनधारि को विकास
मध्यनुतन युग: घासपातको विकास
अतिनुतन युग: मानिस को उत्पति र विकास
अभिनव र आधुनिक युग: आधुनिक मानिस को प्रभुत्व ।
जिवाशेष:
पत्रे चट्टानमा सुरक्षित रहेका जिव तथा बनस्पति को भागहरुको निशान चिन्ह वा छाप ।
आग्नेय चट्टान म्याग्मा चिसो भइ बनेको र परिवर्तित चट्टान अत्याधिक दवाव र तापक्रम वाट वनेको ले यिनिहरुमा जिवाशेष को आकृति नष्ट हुने भएकोले जिवाशेष पाइदैन ।
जिवाशेष को महत्व:
चट्टानको आयु पत्ता लगाउन
भौगर्विक समय र इतिहासको वारेमा पत्ता लगाउन
विभिन्न जिव तथा बनस्पति को अस्तित्व पत्ता लगाउन
क्रम विकास को अध्ययन गर्न ।
हावापानि थाहा पाउन ।
जिवावशेष सम्बन्धित अध्ययन गर्ने विज्ञानको हाँगालाइ प्यालिन्टोलोजि Paleontology भनिन्छ ।
कोइला:
बनस्पतिका विभिन्न भागहरु जमिनमा पुरिएर उच्च चाप र तापले गर्दा रासायनिक परिवर्तन हुदाँ ताप सञ्चय गर्न सक्ने गुण भएका वस्तु बन्दछन् , यसलाई कोइला भनिन्छ । यसरी कोईला वन्ने प्रकृयालाई कार्बोनाईजेसन भनिन्छ। यसरी बिरुवाका भागहरुवाट ताप र चापको कारणले रासायनिक विच्छेदन कोइला बन्ने प्रकृयालाइ कार्बोनाईजेसन भनिन्छ ।

बनस्पतिका सेलुलोज र लिग्निन भागहरु कुहिएर ह्युमस र ह्युमस वाट कोइला बन्दछन् ।

खनिज तेल: प्रकृतिमा पाइने कालो रङ्को भिस्कस, तरल तथा नराम्रो गन्ध आउने तेललाइ पेट्रोलियम भनिन्छ।
विभिन्न जिव तथा बनस्पति को जिवावशेष मा ताप र चापले गर्दा रासायनिक प्रतिक्रिया भइ हाइड्रोकार्वन यौगिक वन्दछन् । यसैवाट कच्चा तेल वन्दछ ।
कच्चा तेल वाट बन्ने विभिन्न पदार्थहरु:
ग्यास
पेट्रोलियम इथर
पेट्रोल डिजेल मट्टितेल
ग्रिज पाराफिन लुब्रिकेट तेल
आदि ।