- प्रकाश:
एक प्रकारको शक्ति जसले हामीलाइ बस्तु देख्न मद्दत गर्दछ । - अप्टिकल उपकरण:
बस्तुको आकृति स्पष्ट देख्न मद्दत गर्ने प्रयोग गरिने उपकरण । चस्मा , हाते लेन्स , माइक्रोस्कोप , टेलिस्कोप , बाइनोकुलर , पेरिस्कोप । - लेन्स: प्रकाश को किरणलाइ आवर्तन गरी बस्तुको आकृति घटबढ गर्न सकिने पारदर्शक काँचको बक्रसतहको खण्डलाइ लेन्स भनिन्छ ।
प्रकारहरु : कन्भेक्स लेन्स र कन्केभ लेन्स ।
कन्भेक्स लेन्स: ( कनभर्जिङ लेन्स )
- बीचको भाग बाक्लो र किनारको भाग पातलो भएको लेन्स ।
प्रमुख अक्षसग समानान्तर भइ आएका प्रकाशका किरणलाइ आवर्तन गरी एउटै बिन्दुमा केन्द्रिकित गर्ने भएकोले कनभर्जिङ लेन्स भनिन्छ । - कन्केभ लेन्स : ( डाइभर्जिङ लेन्स )
बीचको भाग पातलो र किनारको भाग बाक्लो भएको लेन्स ।
प्रमुख अक्षसग समानान्तर भइ आएका प्रकाशका किरणलाइ आवर्तन गरी एउटै बिन्दुबाट गएको झै विकेन्द्रिकित गर्ने भएकोले डाइभर्जिङ लेन्स भनिन्छ । - लेन्स का भागहरु :
वक्रताको केन्द्र (C): लेन्स को काल्पनिक गोलाका केन्द्रहरु । C ले जनाइन्छ ।
C = 2F हुन्छ । - केन्द्रिकरण विन्दु (F):
लेन्सले प्रकाशको किरणलाइ आवर्तन गरी केन्द्रित वा विकेन्द्रित गर्ने बिन्दु । यसलाई संकेत F ले जनाईन्छ । - अप्टिकल अक्ष र अप्टिल केन्द्र :
लेन्सलाइ दुइ बराबर भागमा बिभाजन गर्ने काल्पनिक रेखा र लेन्सको केन्द्रिय भागको विन्दु । - केन्द्रिकरण दुरी (f) :
अप्टिकल केन्द्र र केन्द्रिकरण विन्दु बीचको दुरी । संकेत f । कन्केभ लेन्स को केन्द्रिकरण दुरी ऋणात्मक हुन्छ र कन्भेक्स लेन्स को केन्द्रिकरण दुरी धनात्मक हुन्छ । - लेन्सबाट हुने आवर्तन का नियमहरु :
१. प्रमुख अक्षसग समानान्तर भइ आएका प्रकाश का किरणलाइ आवर्तन पछि केन्द्रिकरण बिन्दुबाट केन्द्रित वा विकेन्द्रित हुन्छ ।
२. अप्टिकल केन्द्र बाट गएको किरण आवर्तन नभइ सिधा नै जान्छ । - लेन्सबाट बन्ने आकृतिका गुणहरु :
वास्तविक आकृति : पर्दामा उतार्न सकिने आकृति । - अवास्तविक आकृति : पर्दामा उतार्न नसकिने आकृति ।
- कन्भेक्स लेन्सबाट बन्ने आकृतिहरु :
बस्तुलाई 2F भन्दा टाढा राख्दा :
वास्तविक , उल्टो र सानो आकारको ।
बस्तु 2F मा :
वास्तविक , उल्टो र बराबर आकारको ।
बस्तु 2F र F बीचमा :
वास्तविक, उल्टो र ठुलो ।
बस्तु F मा :
वास्तविक , उल्टो र धेरै ठुलो आकारको ।
बस्तु F र लेन्सको बिचमा :
अवास्तविक , सुल्टो र ठुलो आकारको ।
कन्केभ लेन्सबाट बन्ने आकृतिहरु :
- कन्केभ लेन्सले जुनसुकै स्थानमा भएको बस्तुको आकृति सधैं, अवास्तविक , सुल्टो र सानो आकारको बनाउछ ।
- फोकसिङ :
बस्तुको आकृति स्पष्ट पार्न लेन्स र पर्दाबिचको दुरी घटबढ गर्ने प्रकिया । - आकृतिको बिस्तृति (M):
आकृति र बस्तुको आकारको अनुपात वा बस्तु भन्दा आकृति कति ठुलो वा सानो छ भन्नु नै बिस्तृति हो । - M = I /O (आकृति को आकार) / (बस्तुको आकार)
M = V/U ( आकृति दुरी) / (बस्तु दुरी) - बिस्तृति १ भन्दा कम भएमा आकृति वस्तु भन्दा सानो आकारको हुन्छ ।
बिस्तृति १ भएमा आकृति र वस्तु को आकार बराबर हुन्छ ।
बिस्तृति १ भन्दा बढि भएमा आकृति वस्तु भन्दा ठुलो आकारको हुन्छ । - लेन्स को सामर्थ ( P) :
लेन्सले प्रकाश का किरणलाइ केन्द्रित वा विकेन्द्रित गर्न सक्ने क्षमता । यसको नाप Dioptre (D) एकाइ ह । - P = 1 / f ( केन्द्रिकरण दुरी मिटरमा )
- कन्भेक्स लेन्स को सामर्थ धनात्मक र कन्केभ लेन्सको सामर्थ ऋणात्मक हुन्छ ।
- मानब आँखाका भागहरु :
कर्निया : आँखाको झ्याल ।
आइरिस : आँखाको नानिको आकार नियन्त्रण गर्ने ।
सिलियरी मांशपेशी : आँखाको लेन्सलाइ आबश्यकता अनुसार बाक्लो र पातलो बनाउने ।
लेन्स : बस्तुवाट आएको प्रकाश का किरणलाइ आवर्तन गरी आकृति रेटिना पार्ने ।
रेटिना : आकृति बन्ने स्थान ।
अप्टिकल स्नायू : रेटिनामा बनेको आकृति को सुचना मस्तिष्कको दृश्य केन्द्रमा पुर्याउने ।
भिट्रियस ह्युमर : आँखाको आकार गोलो बनाउने ।
- आँखाको नजिकको बिन्दु :
आँखाले बाधारहित अवस्थामा देख्न सक्ने नजिकको वस्तु रहेको विन्दु । स्वस्थ आँखाको लागि नजिकको बिन्दु 25 cm हुन्छ । - आँखाको टाढाको विन्दु :
आँखाले बाधारहित अवस्थामा देख्न सक्ने टाढाको वस्तु रहेको विन्दु । स्वस्थ आँखाको लागि टाढाको विन्दु अनन्त हुन्छ । - आँखाको हेराइमा कमजोरी :
आँखाले कुनै स्थानको वस्तु स्पष्ट देख्न नसक्ने अवस्था । दुर दृष्टी र अदुर दृष्टी । - दुर दृष्टी :
टाढाको वस्तु स्पष्ट देख्न सक्ने तर नजिकको वस्तु स्पष्ट देख्न नसक्ने आँखा को कमजोरी ।
- हुने कारण :
लेन्स को केन्द्रिकरण दुरी बढ्नाले ।
लेन्स बढि पातलो हुनाले ।
सिलियरी मांशपेशी पर्याप्त खुम्चन नसक्नु ।
आँखा को आइबलको आकार सानो हुनाले । - सच्याउने तरिका :
उपर्युक्त सामर्थ को कन्भेक्स लेन्स को प्रयोग गर्ने । - अदुर दृष्टी :
नजिकको वस्तु स्पष्ट देख्न सक्ने तर वस्तु टाढाको स्पष्ट देख्न नसक्ने आँखा को कमजोरी ।
- हुने कारण :
लेन्स को केन्द्रिकरण दुरी घट्नाले ।
लेन्स बढि बाक्लो हुनाले ।
सिलियरी मांशपेशी पर्याप्त तन्कन नसक्नु ।
आँखा को आइबलको आकार ठुलो हुनाले । - सच्याउने तरिका :
उपर्युक्त सामर्थ को कन्केभ लेन्स को प्रयोग गर्ने । - साधारण सुक्ष्मदर्शक यन्त्र :
एउटा मात्र कन्भेक्स लेन्स प्रयोग भएको सुक्ष्मदर्शक यन्त्र । सानो वस्तु लाइ ठुलो बनाइ देखाउने । - कम्पाउण्ड सुक्ष्मदर्शक यन्त्र :
अति साना र सुक्ष्म वस्तु लाइ ठुलो बनाइ देखाउने यन्त्र ।
दुइवटा कन्भेक्स लेन्सहरु प्रयोग भएको हुन्छ ।
वस्तुको आकृति अवास्तविक, उल्टो र ठुलो बनाउछ । - अब्जेक्टिभ : बस्तु नजिक रहेको लेन्स । यसको केन्द्रिकरण दुरी आइपिस को भन्दा कम भएको हुन्छ ।
- आइपिस : आँखाले हेर्न प्रयोग भएको लेन्स । यसको केन्द्रिकरण दुरी अब्जेक्टिभ को भन्दा बढि हुन्छ ।
- प्रयोग :
अति साना र सुक्ष्म वस्तु लाइ ठुलो बनाइ देखाउने ।
अस्पताल , क्लिनिक र अनुसन्धान प्रयोगशालामा प्रयोग गर्ने । - दुरदर्शक यन्त्र :
टाढाको वस्तु लाइ ठुलो बनाइ देखाउने यन्त्र । दुइवटा कन्भेक्स लेन्सहरु प्रयोग भएको हुन्छ ।
वस्तु को आकृति वास्तविक , उल्टो र ठुलो बनाउछ । - अब्जेक्टिभ : बस्तु नजिक रहेको लेन्स । यसको केन्द्रिकरण दुरी आइपिस को भन्दा बढि भएको हुन्छ ।
- आइपिस : आँखाले हेर्न प्रयोग भएको लेन्स । यसको केन्द्रिकरण दुरी अब्जेक्टिभ को भन्दा कम हुन्छ ।
- प्रयोग :
खगोलिय पिण्ड अवलोकन गर्न , अन्तरिक्ष अवलोकन केन्द्र र अनुसन्धान गर्न । - Formulas :
M = I/ O = V/U
P = 1 / f (मिटरमा)
1/f = 1/u + 1/v