13. Materials Used in daily life (दैनिक जीवनमा प्रयोग हुने वस्तुहरु)

सिमेन्ट:
क्याल्सियम सिलिकेट र क्याल्सियम एलुमिनेट को मिश्रण ।

सिमेन्ट बनाउने कच्चा पदार्थहरु:
1. चुनढुङ्गाCaCO3                          र                         2. क्ले माटो Al2O2∙2SiO2∙2H2O.

सिमेन्टमा जिप्सम(CaSO4·2H2O) मिसाउनाले जम्ने समय वढाउछ ।

गारा: सिमेन्ट, वालुवा र पानी को मिश्रण ।

कङ्क्रिट: सिमेन्ट, वालुवा, रोडा र पानी को मिश्रण ।

RCC: Reinforced Cement Concrete

OPC: Ordinary Portland Cement (used for RCC-ढलानको लागि प्रयोग गरिने)

PPC: Portland Pozzolana Cement (used for plastering and brick works प्लास्टर गर्न गारो लगाउन प्रयोग गरिने)

काँच:
धातुको सिलिकेट लाइ काँच भनिन्छ ।

क्वार्ज काँच :
सिलिका १६००°c मा तताउदा बन्ने काँच ।

वाटर काँच:
सिलिका लाइ ८००° c मा सोडियम कार्वोनेट वा पोटासियम कार्वोनेट सग तताउदा बन्ने काँच ।
पानीमा घुलनशिल तर अग्निप्रतिरोधक ।

साधारण काँच/नरम काँच:
सिलिका, सोडियम कार्वोनेट र क्याल्सियम कार्वोनेट मिसाइ तताउदा बन्ने काँच । यसमा लेड मोनोअक्साइड मिसाउनाले काँच को रिफ्र्यााक्टिभ इन्डेक्स वढ्छ ।

कडा काँच :
सिलिका, पोटासियम कार्वोनेट र क्याल्सियम कार्वोनेट मिसाइ तताउदा बन्ने काँच ।

वोरो सिलिकेट काँच/ पाइरेक्स काँच:
सिलिका ,सोडियम कार्वोनेट,क्याल्सियम कार्वोनेट र बोरिक अक्साइड मिसाइ तताउदा बन्ने काँच ।

लेड क्रिस्टल काँच:
सिलिका, पोटासियम कार्वोनेट र लेड अक्साइड मिसाइ तताउदा बन्ने काँच ।

रङ्गिन काँच: साधारण काँच बनाउने मिश्रण मा विभिन्न धातुका अक्साइड मिसाइ तताउदा बन्ने काँच ।
जस्तै,
कोबाल्ट अक्साइड: निलो
निकेल अक्साइड: कालो
क्रोमोयम अक्साइड: हरियो
कपर अक्साइड: रातो
टिन अक्साइड: सेतो

रेशा:
वलिया र तन्किने गुण भएका धागोजस्ता वस्तु ।
प्राकृतिक रेशा:
प्राकृतिक रुपमा प्राप्त हुने रेशा । कपास, जुट, सिमल, अल्लो ।

कृतिम रेशा:
पुनरुत्पादित रेशा: रेयोन ।

संश्लेषित रेशा:
नाइलन, पोलिस्टर, एक्रेलिक, आेलफिन, आोर्लान ।

सेरामिक्स:
कार्वन, नाइट्रोजन, सिलिका, अक्सिजन युक्त यौगिकको विषेश प्रकारको माटो ।

काओलिन: शुद्द सेतो माटो ।

सेरामिक्स का भाडाकुडामा चमक वा glaze गर्न नुनको धुलो छर्किन्छ ।

सेरामिक्सका गुणहरु:
अम्ल क्षार र लवण ले प्रतिक्रिया नगर्ने
ताप र विद्युत को कुचालक
बलियो राम्रो र आकर्षक
पानि नसोस्ने

प्लास्टिक:
ईथिनका (C2H4) मोनोमरहरुको पोलिमराइजेसन द्वारा वनाइएको कृतिम पोलिमर ।

थर्मोप्लास्टिक: तापले असर गर्ने प्लास्टिक । उदाहरण, पोलिथिन, नाइलन,
PVC:  poly vinyl chloride 

थर्मोसेटिङ प्लास्टिक: तापले असर नगर्ने प्लास्टिक । उदाहरण बेकेलाइट ।

साबुन:
फ्याट्टि अम्लको सोडियम लवण ।
सोडियम स्टेरेट, सोडियम ओलेट आदि ।
प्रदुषण कम गर्ने, विच्छेदन हुने ।
कम घुलनशिल ।

साबुन बनाउने कच्चा पदार्थ: तेल/बोसो र सोडियम हाइड्रोअक्साइड ।

डिटरजेन्ट:
हाइड्रोकार्वन वाट प्राप्त हुने साबुन भन्दा वढि घुलनशिल संश्लेषित पेट्रोलियम । सोडियम लरिल सल्फेट, सोडियम पाइरोफोस्फेट आदि ।
प्रदुषण बढि गर्ने, विच्छेदन नहुने ।
साबुन भन्दा बढि घुलनशिल ।

किटनाशक औषधी:
हानिकारक किराहरु मार्न प्रयोग गरिने रसायन विषादि ।

कार्वोनिक किटनाशक औषधी:
DDT: Dichloro Diphenyl Trichloroethane
BHC : Benzene Hexa Chloride
वेगन र टर्मिक
पाराथियन, मालाथियन, एल्ड्रिन ।

अकार्वोनिक किटनाशक औषधी:
क्याल्सियम आर्सेनेट, लेड आर्सेनेट ,फ्लोराइड, लाइम सल्फर आदि ।

रासायनिक मल:
माटोको उर्बरा शक्ति वढाउन प्रयोग गरिने पदार्थ ।
जैविक मल र अजैविक मल ।

जैविक मल:
बनस्पतिका भागहरु कुहिएर वा जनावरको मलमुत्रवाट प्राप्त हुने मल ।
जस्तै , कम्पोस्ट मल ।

यो मलले वढि फाइदा पुर्याउने र फलफुल, तरकारी हरु स्वादिलो पोषिलो र स्वास्थलाइ फाइदा पुर्याउने ।

अजैविक मल:
रासायनिक पदार्थ को मिश्रण वाट बनाएको मल ।
विशेषत नाइट्रोजन, फोस्फरस र पोटासियम युक्त मल ।

नाइट्रोजनयुक्त मल:
युरिया,
एमोनियम सल्फेट,
एमोनियम नाइट्रेट आदि ।

नाइट्रोजनको आबश्यकता:
विरुवा को वृद्दि को लागि, क्लोरोफिल र प्रोटोप्लाज्म वनाउन ।
नाइट्रोजन कम हुदाँ पात पहेलो हुने,फल र बिउ साना हुन्छ ।

फोस्फरसयुक्त मल:
एमोनियम फोस्फेट,
सुपर फोस्फेट,
ट्रिपल सुपर फोस्फेट, हड्डिको धुलो आदि ।

फोस्फरस को आवश्यकता:
जरा वृद्दि गर्न, फल पाक्न, दाना विकास हुन,
प्रोटिन निर्माण, कोष बिभाजन, पात र टुसा मिसाइ हुर्कन आदि ।

पोटासियम युक्त मल:
पोटासियम क्लोराइड,
पोटासियम नाइट्रेट,
पोटासियम सल्फेट आदि ।

पोटासियमको आवश्यकता:
विरुवा को खाना बनाउन , प्रोटिन निर्माण र कोष बिभाजन मा सहयोग गर्न,
रोग निरोधक क्षमता बढाउन आदि ।

NPK मल:
नाइट्रोजन, पोटासियम र फोस्फरस यि तिनवटै तत्व हरु हुने गरि बनाइएको मल ।

रासायनिक प्रदुषण:
रासायनिक पदार्थ को प्रयोग ले वातावरण र सजिवलाइ पार्ने असर ।

असरका कारणहरु:
किटनाशक औषधी को प्रयोग,
रासायनिक मलको प्रयोग,
फोहोरमैला र प्लास्टिक को प्रयोग,
यातायात को साधन र कलकारखाना वाट निस्कने धुवा, फोहोर,
खाद्य पदार्थ मा मिसाइने रङ,
सिन्थेटिक क्लिन्जरहरुको प्रयोग ।

ठोस फोहोर मैला र यसका असरहरुः

ठोस फोहोर मैलाको व्यवस्थापन गर्ने उत्कृष्ट तरिकाः

Reduction in Use

Re-use

Recycle