11. Metals (धातुहरु)

धातु:
घनत्व वढि भएको, टलकदार, पिटेर चेप्टो लाम्चो तार बनाउन सकिने, विद्युत र तापको सुचालक, पिट्दा आवाज आउने कडा वस्तुहरु धातु हुन् ।

धाउ : धातुयुक्त खनिज यौगिकलाइ धाउ भनिन्छ ।

फलाम: Ferrum
संकेत -Fe

पारमाणविक संख्या -26 ,

पारमाणविक भार – 56 amu

ईलेक्ट्रोनिक विन्यासः1S2, 2S2 2P6, 3S2 3P6 3d6, 4S2

संयुज्यताः 2 वा ३ 

फलामका धाउहरु:
हेेमाटाइट Fe2O3 ,
म्याग्नेटाइट Fe3O4 ,
सिडेराइट FeCO3

फलामका रासायनिक गुणहरु:

Fe + dil H2SO4 →→ FeSO4 + H2 ↑

2 Fe + conc 6H2SO4 →→ Fe2(SO4)3 + 3 SO2 ↑ + 6 H2O

4 Fe + dil 10 HNO3 →→ 4 Fe(NO3)2 + NH4NO3 + 3 H2O

Fe + conc HNO3 →→ Fe(NO3)3 + 3 NO2 + 3 H2O

Fe + dil/conc HCl →→ FeCl2 + H2 ↑

खिया:
पानिको कणयुक्त फलामकाे अक्साइड, Fe2O3.3H2O
फलामलाइ ओसिलो हावामा राख्दा खिया लाग्छ ।

4 Fe + 3 O2 + 3 H2O →→2 Fe2O3.3H2O

फलामका उपयोगिता:
भाडाकुडा बनाउन, हातहतियार बनाउन,
घर, वाटो, पुल , यातायातका साधन निर्माण गर्न, स्टिल बनाउन,

आल्मुनियम: Aluminium
संकेत- Al
पारमाणविक संख्या – 13,

पारमाणविक भार- 27 

ईलेक्ट्रोनिक विन्यासः1S2, 2S2 2P6, 3S2 3P1

संयुज्यताः ३ 

आल्मुनियमका धाउहरु :
बक्साइट Al2O3.2H2O
फेल्ड्सपार KAlSi3.O8

आल्मुनियमका रासायनिक गुण:

2 Al + dil/conc HCl →→ 2 AlCl3 + 3 H2 ↑

2 Al + conc 6 H2SO4 →→ Al2(SO4)3 + 6 H2O + 3 SO2 ↑

2 Al + dil H2SO4 →→ Al2(SO4)3 + 3 H2 ↑

आल्मुनियमका उपयोगिता:
हावापानीले असर नगर्ने (खिया नलाग्ने), बलियो र हलुका भएकोले हवाइजहाजका पाटपुर्जा बनाउन प्रयोग,
भाडाकुडा बनाउन प्रयोग, सिक्का बनाउन प्रयोग,
मिश्रित धातु बनाउन प्रयोग, तार बनाउन प्रयोग ।

तामा : Cuprum
संकेत- Cu
पारमाणविक संख्या- 29 

परामाणविक भार- 63.57 amu

ईलेक्ट्रोनिक विन्यासः1S2, 2S2 2P6, 3S2 3P6 3d10, 4S1

संयुज्यताः 1 वा 2 

तामाका धाउहरु:
चाल्कोपाइराइट CuFeS2,
चाल्कोसाइट Cu2S

तामाका रासायनिक गुण:

2 Cu + conc H2SO4 + O2 →→ 2 CuSO4 + 2 H2O

Cu + conc 2 H2SO4 →∆→ CuSO4 + 2 H2O + SO2 ↑

2 Cu + dil 4 HCl + O2 →→ 2 CuCl2 + H2 ↑

2 Cu + conc 2 HCl →→ 2 CuCl + H2 ↑

3 Cu + dil 8 HNO3 →→ 3 Cu(NO3)2 + 4 H2O + 2 NO

Cu + conc HNO3 →→ Cu(NO3)2 + 2 NO2 + 2 H2O

तामाका उपयोगिता:
तार र विद्युतका सामान बनाउन,
भाडाकुडा, सिक्का बनाउन,
मिश्रित धातु बनाउन,

षधी बनाउन ।

चाँदी : Argentum
संकेत- Ag
पारमाणविक संख्या- 47

पारमाणविक भार – 107.88 amu

ईलेक्ट्रोनिक विन्यासः1S2, 2S2 2P6, 3S2 3P6 3d10, 4S2 4P6 4d10, 5S1

संयुज्यताः 1

चाँदीका धाउहरु:
अर्जेन्टाइट Ag2S,
हर्न सिल्भर AgCl .

चाँदीका रासायनिक गुण:

2 Ag + conc H2SO4 →→ Ag2SO4 + SO2 ↑ + 2 H2O

4 Ag + 4 HCl + O2 →→ 4 AgCl + 2 H2O

3 Ag + dil 4 HNO3 →→ 3 AgNO3 + 3 H2O + NO

Ag + conc HNO3 →→ AgNO3 + H2O + NO2

चाँदीका उपयोगिता:
वहुमुल्य भाडाकुडा, सिक्का, गहना तक्मा, मुर्ति बनाउन,
विद्युतलेपन गर्न, फोटोग्राफी मा AgBr नेगेटिभमा प्रयोग गर्न,
ऐनामा टलक दिन ।

सुन :Aurum
संकेत- Au
पारमाणविक संख्या – 79

पारमाणविक भार- 197.20 amu

ईलेक्ट्रोनिक विन्यासः1S2, 2S2 2P6, 3S2 3P6 3d10, 4S2 4P6 4d10 4F14, 5S1 5P6 5d10, 6S1

संयुज्यताः 1 वा ३ 

सुनका धाउहरु :
प्रकृतिमा सुन शुद्द रुपमा पाइन्छ ।
क्यालभराइट AuTe2 ।

अक्‌वा रेजिया:
कडा HNO3 अम्ल र कडा HClअम्ल को 1:3 को अनुपातमा मिसिएको घोललाइ अक्‌वा रेजिया भनिन्छ ।
यसमा भएको पारमाणविक क्लोरिनले सुनलाइ घुलाऊन सक्छ ।

9HCl + HNO3 + 2Au →→ 3NOCl + 6H2O + 2AuCl3

सुनका उपयोगिता:
गहना, तक्मा, सिक्का बनाउन,
मन्दिर, मुर्ति बनाउन,
फोटोग्राफीमा र औषधी बनाउन,
Gold leaf electroscope बनाउन ।

मिश्रित धातुः

दुई वा दुईभन्दा वढि धातुहरुको मिश्रणलाई मिश्रित धातु भनिन्छ। 

केहि मिश्रित धातु र तिनीहरुको मिश्रण धातुहरुः

पित्तलः तामा + जस्ता (Cu+ Zn)

जर्मन सिल्भरः तामा + जस्ता + निकेल (Cu + Zn + Ni)

ब्रोन्ज /काँसः तामा +टिन + जस्ता (Cu + Sn + Zn)

गन मेटलः तामा + टिन + जस्ता + सिसा (Cu + Sn + Zn + Pb)

बेल मेटलः तामा + टिन ( Cu + Sn)