उर्जा : कार्य गर्न प्रयोग गरिने शक्तिको स्रोत ।
प्राथमिक उर्जाको श्रोत : प्रकृतिमा पाइएकै अवस्थामा प्रयोग गर्न सकिने उर्जा ।
नविकरणीय उर्जा : प्रयोग गर्दा भण्डार नरित्तने वा पुन प्रयोग गर्न सकिने, वा छोटो समयमा प्राप्त हुने उर्जा । वायु उर्जा , सौर्य उर्जा ।
अनविकरणीय उर्जा : प्रयोग गर्दा भण्डार रित्तने वा पुन प्राप्त र प्रयोग गर्न नसकिने, वा बन्न लामो समय लाग्ने उर्जा । कोइला, खनिज तेल।
सूर्य उर्जाको प्रमुख स्रोत हो । सम्पुर्ण उर्जाहरु सौर्य उर्जाको उपज हुन् ।
सुर्यको बारेमा केहि तथ्यहरुः
पिण्ड = 2 x 1030 Kg
व्यास = 1.4 x 106 km
सतहको तापक्रम = 5700oC
केन्द्रिय तापक्रम = 1.5 x 107 oC
सुर्यको मुख्य श्रोत ः हाईड्रोजन ( करिव 70 %)
उर्जा निस्कने प्रकृयाः थर्मोन्युक्लियर फ्युजन प्रतिक्रिया
सुर्यवाट प्राप्त हुने उर्जाको मात्रा = लगभग 4 x1026 J/s
सूर्यबाट पृथ्वीमा प्रति बर्ग मिटर प्राप्त हुने उर्जाको = 1.4 KW
सूर्यमा न्युक्लियर फ्युजन प्रतिक्रियाद्वारा उर्जा उत्पन्न भएको छ ।
सूर्यमा न्युक्लियर फ्युजन प्रतिक्रिया हुन आवश्यक आधारहरुः
- सूर्यमा प्रशस्त मात्रामा हाईड्रोजन हुनु
- सूर्यको केन्द्रमा 1.5 करोड डिग्री सेल्सियस तापक्रम हुनु जसले प्रोटोन र न्युट्रोन छुट्याउन आवश्यक तापक्रम हुनु (करिव 50 लाख डिग्री सेल्सियस तापक्रममा प्रोटोन र न्युट्रोन छुट्टिन्छन )
- प्रशस्त मात्रामा चाप हुनु
सौर्य उर्जाको स्रोत हाइड्रोजनको भण्डार हो ।
सूर्यबाट पृथ्वीमा प्रति बर्ग मिटर 1.4 KW शक्ति प्राप्त हुन्छ ।
जिवाशेष : जमिनमा वा पत्रे चट्टानमा सुरक्षित रहेका जिब तथा बनस्पतिका शरिरका भागहरुको निसान, चिन्ह वा छाप ।
जिवाशेष उर्जा : जिवाशेषबाट प्राप्त हुने उर्जा । खनिज इन्धन ( कोइला, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास )
खनिज इन्धनको फाइदा :
सस्तो , ढुवानी गर्न सजिलो , बहुउपयोगी ।
बेफाइदा :
अनविकरणीय उर्जा, प्रदुषण गर्ने, पुन बन्न लामो समय लाग्ने ।
कोइला :
बनस्पतिका भागहरु जमिनमा पुरिएर रहदा चाप र तापको कारण रासायनिक परिवर्तन भइ अत्याधिक ताप संचित भएको बस्तु । कोइला वन्ने प्रकृयालाइ कार्बोनाइजेशन भनिन्छ ।
कार्बोनाइजेसनः ताप र चापको कारणबाट बिरुवाको भागवाट रासायनिक परिवर्तन भई कोइला बन्ने प्रकृया ।
कोइलाको प्रयोग :
उच्च ताप उत्पन्न गराउन र त्यसबाट यन्त्रहरु संचालन गर्न, विद्युत उत्पादन गर्न आदि ।
उच्चस्तरको कोइला : एन्थ्रासाइट
निम्नस्तरको कोइलाः लिगनाइट (पिटलाइ
कोइलाका प्रकारहरुः पिट, लिगनाइट, बिटुमिन्स, एन्थ्रासाइट । (पिटलाइ उर्जाको रुपमा प्रयोग गरे पनि खासै कोइलाको रुपमा लिइने गरिएको छैन । यो कोइलाको सुरुवात को अवस्था हो ।)
बैकल्पिक उर्जा :
अनविकरणीय उर्जाको सट्टामा प्रयोग गरिने उर्जा । जलबिद्युत, न्युक्लियर उर्जा, वायु उर्जा, बायोमास, ज्वारभाटा उर्जा, जियोथर्मल उर्जा ।
जलबिद्युत :
पानीलाइ जम्मा गरी त्यसबाट टर्वाइन घुमाइ निकालिएको बिद्युत शक्ति ।
फाइदा हरु :
नविकरणीय उर्जा, प्रदुषण बिहिन, बहुउपयोगी, दिर्घकालिन सस्तो ।
नेपालको लागि सबैभन्दा उपयोगी उर्जा : जलबिद्युत
कारणहरु :
प्रसस्त नदिनाला हुनु र क्षमता ८३००० MW हुनु, नविकरणीय उर्जा, प्रदुषण बिहिन, बहुउपयोगी, दिर्घकालिन सस्तो ।
न्युक्लियर प्रतिक्रिया : परमाणुका न्युक्लियस बिच्छेदन वा संयोजन हुने प्रतिक्रिया ।
न्युक्लियर उर्जा :
न्युक्लियर प्रतिक्रियाद्वारा उत्पन्न हुने उर्जा । न्युक्लियर फ्युजन र न्युक्लियर फिसन ।
न्युक्लियर फ्युजन उर्जा :
हलुका परमाणुका न्युक्लियसहरु संयोजन हुदाँ निस्कने उर्जा ।
सुर्यमा हाइड्रोजनका परमाणुहरु संयोजन भइ हिलियम बन्दा उत्पन्न भएको उर्जा ।
1H1 + 1H1 = 2He4 + Energy
न्युक्लियर फिसन उर्जा :
गर्हौ परमाणुको न्युक्लियस बिच्छेदन हुदाँ उत्पन्न हुने उर्जा ।
आणविक बममा युरेनियमलाइ टुक्र्याउदा उत्पन्न हुने उर्जा ।
91U235 + 0n1 = 56Ba141 + 36Kr92 + 30n1 + Energy
रेडियोधर्मी तत्वहरु :
युरेनियम, प्लुटोनियम, रेडियम, थोरियम, क्युरियम ।
बायोमास :
जैबिक बस्तुहरु जस्तै गोबर, भुस, पराल, छ्वाली आदीलाइ मेसिनद्वारा खाँदी बनाएको टुक्रा ।
प्रयोग :
ताप उत्पन्न गराइ खाना बनाउन ।
वायु उर्जा: तिब्र वेगको वायुद्वारा टर्वाइन घुमाइ प्राप्त हुने उर्जा वा बिद्युत शक्ति ।
सौर्य उर्जाः सुर्यको शक्तिलाई विद्युतशक्तिमा रुपान्तर गरि प्रयोग गरिने उर्जा । सोलार र सोलार प्यानेल प्रयोग गरि यो उर्जा प्राप्त गर्न सकिन्छ।
ज्वारभाटा उर्जा :
समुन्द्रमा उठ्ने ज्वार संकलन गरी त्यसबाट टर्वाइन घुमाइ प्राप्त हुने उर्जा वा बिद्युत शक्ति ।
जियोथर्मल उर्जा :
पृथ्वीको सतहभित्र संचित भएको ताप प्रयोग गरि प्राप्त हुने उर्जा ।
साधारणतया पृथ्वीको 1 Km गहिराइमा 30°C तापक्रम हुन्छ ।
भुकम्प र ज्वालामुखी सक्रिय क्षेत्रमा 1 Km गहिराइमा 80°C तापक्रम हुन्छ ।
प्राकृतिक रुपमा जियोथर्मल उर्जा प्राप्त हुने अवस्थाहरु : भुकम्प र ज्वालामुखी
उर्जा संकट :
हाल प्रयोग भएको अनविकरणीय उर्जाको दर कायम रहेमा विश्वमा चाडै उर्जाको भण्डार रित्तिइ आउने संकट ।
अनविकरणीय उर्जाको प्रयोग दर : 2.3%
अनविकरणीय उर्जाको कुल खपत : 80% -85%
विश्वमा हाल उर्जाको खपत मात्राको अवस्था : पेट्रोलियम पदार्थ: ३५%, कोइला: २७% र प्राकृतिक ग्यास: २३% (कुल ८५% उर्जा अनविकरणिय उर्जा खपत भईरहेको)
उर्जा संकट हटाउने उपाय :
अनविकरणीय उर्जाको प्रयोग घटाउने
अनविकरणीय उर्जाको मितब्यययी प्रयोग गर्ने
नविकरणीय उर्जाको प्रयोग बढाउने ,
बैकल्पिक उर्जाको बिकासमा जोड दिने ।