19. Reproduction through Spores (विजाणु वाट हुने प्रजनन)

उन्यु:
फुल नफुल्ने बिरुवामा सवैभन्दा विकसित बिरुवा ।

डिभिजन: टेरिडोफाइटा

सोरस:
उन्युको पातको पछाडि भएका काला खैरा थोप्ला हरु ।
सोरसलाइ मृगौला आकारको इन्डुसियम ले ढाकेको हुन्छ ।

स्पोरेन्जिया:
सोरस भित्र विजाणुु तयार हुने अङ्ग ।

स्पोरेन्जिया को भागहरु: डाठ र थैली ।
थैली मा विजाणु तयार हुन्छ ।

उन्युको जिवनचक्रका चरणहरु:
स्पोरोफाइट चरण र
ग्यामेटोफाइट चरण ।

स्पोरोफाइट चरण:
विजाणु वा स्पोर तयार पार्ने चरण ।
मुख्य स्पोरोफाइट विरुवा ।

ग्यामेटोफाइट चरण:
ग्यामेटहरु तयार पार्ने चरण ।
मुख्य ग्यामेटोफाइट प्रोथालस ।

उन्यु → स्पोर →स्पोर टेट्राड→ प्रोथालस →
आर्किगोनिया → आेभम + एन्थेरिडिया → एन्थेरोज्वाइड → उस्पोर →भ्रुण → नयाँ स्पोरोफाइट विरुवा ।
ग्यामेटोफाइट चरण:
स्पोर टेट्राड देखि उस्पोर अघि सम्म ।

स्पोरोफाइट चरण:
उस्पोर देखि स्पोर बन्ने चरण सम्म ।

स्पोरेन्जियामा माउ विजाणुु कोष बिभाजन भइ चारवटा हाप्लोइड स्पोर टेट्राड बन्छ ।

स्पोर हरु अङ्कुराइ विकसित हुदाँ मुटु आकारको हरियो चेप्टो प्रोथालस बन्छ ।

प्रोथालस को माथितिर आर्किगोनिया हुन्छ यसले पोथी ग्यामेट अण्ड उत्पादन गर्छ ।
आर्किगोनियम का भागहरु: साघुरो घाटी र फुकेको भेन्टर ।

प्रोथालस को तलतिर एन्थेरिडिया हुन्छ यसले भाले ग्यामेट एन्थेरोज्वाइड उत्पादन गर्छ ।

मसिनो राइज्वाइडले प्रोथालस लाइ अड्याउने र लवण पानि सोस्ने कार्य गर्छ ।

परिपक्व एन्थेरोज्वाइड पानिमा पौडिदै आर्किगोनियम मा पुग्छ ।

आर्किगोनियम मा निस्कने म्यालिक अम्लवाट एन्थेरोज्वाइड आकर्षित भइ अण्डतर्फ गइ मिलन भइ जाइगोट वा उस्पोर बनाउछ ।

उस्पोर को विकास वाट भ्रुण र भ्रुण को विकास वाट नयाँ स्पोरोफाइट विरुवा उम्रन्छ र
प्रोथालस कुहिन्छ ।

यसरी उन्युको जिवनचक्र पुरा हुन्छ ।

अल्टरनेसन अफ जेनेरेसन:
उन्युको जिवनचक्र मा स्पोरोफाइट चरण र ग्यामेटोफाइट चरण एक पछि अर्को गर्दै देखा पर्ने प्रकिया ।

च्याउ:
हरितकण नभएको मृतोपजिवि saprophyte फन्जाइ ।
डिभिजन: थालोफाइटा
सब डिभिजन: फन्जाइ

उन्युको भागहरु: पाइलस, गिल्स, भेलम र डाठ ।

च्याउ को शरिर मसिनो रेसादार ढुसि mycelium माइसेलियम वाट बनेको हुन्छ ।
माइसेलियम को एकाइ लाइ हाइफी भनिन्छ ।

उन्यु को छाता आकार को भाग: पाइलस
विजाणु तयार हुने भाग : गिल्स

गिल्स का तहहरु:
ट्रामा, सबहाइमेनियम र हाइमेनिययम ।

च्याउको जिवनचक्र:
वयस्क च्याउ → वेसिडियम → स्टेरिग्माटा → वेसिडियोस्पोर →स्पोर → प्राथमिक माइसेलियम → द्वितिय माइसेलियम → च्याउ अङ्कुरण → वयस्क च्याउ

 

वेसिडियम :
हाइमेनिययम मा भएको दुइवटा हाप्लोइड न्युक्लियस युक्त भाग वा कोष ।

स्टेरिग्माटा:
वेसिडियम को माथि चारवटा औलाजस्ता वनावट ।

वेसिडियोस्पोर:
स्टेरिग्माटा मा चारवटा हाप्लोइड न्युक्लियस गइ बनेको स्पोर ।

प्राथमिक माइसेलियम:
अनुकुल वातावरणमा स्पोर अङ्कुरण भइ बनेको माइसेलियम ।

द्वितिय माइसेलियम:
विपरित स्ट्रेन का हाइफी को समागम वाट वनेको माइसेलियम ।

द्वितिय माइसेलियम को अङ्कुरण वाट साना गोला आकारका च्याउ उम्रन्छ ।

च्याउको विशेषता वा फाइदा:
प्रशस्त मात्रामा भिटामिन र प्रोटिन पाइने,
मुटु रोगी, चिनि रोगी हरुलाइ फाइदा पुर्याउने ।
खान हुने च्याउको नाम:
सेतो च्याउ,
गोब्रे च्याउ,
सिताके च्याउ आदि ।

च्याउको वेफाइदा:
गाढा र चहकिलो रङको च्याउ विषालु हुन्छ, यसले झाडापखाला देखि मृत्यु सम्म हुने ।