CLASS 10 EXERCISES

पाठ २ः सजीवहरुको बर्गीकरण अभ्यास

तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :

  1. वनस्पति जगतमा पर्ने जीवहरुका मुख्य विशेषता के के हुन्?

अ) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, परपोषक

आ) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता नभएको, परपोषक

इ) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्वपोषक

ई) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्याप्रोट्रोफिक

  1. साइकसलाई किन जिम्‍नोस्पर्ममा राखिएको हो ?

अ) यसमा फूल फुल्छ, बिउ उत्पादन गर्छ ।

आ) यसमा फूल फुल्छ, यसका पात तिखा हुन्छन् ।

इ) यसमा फूलको सट्टा कोन हुन्छ, फलबिनाको नाङ्गो बिउ हुन्छ ।

ई) यसमा फूलको सट्टा कोन हुन्छ, फलभित्र बिउ हुन्छ ।

  1. यहाँ दुईओटा जीवको चित्र दिइएको छ । यी दुवै जीव एउटै जगत्‌मा पर्छन्। यी चित्रहरू अवलोकन गर्नुहोस् । यी दुवैलाई एउटै जगत्मा राख्नुको मुख्य कारण के हो?

अ) बहुकोषीय भई विभिन्न प्रणालीयुक्त हुन्छन् । आ) बहुकोषीय भई परपोषक हुन्छन् ।

इ) बहुकोषीय भई परजीवी हुन्छन् ।               ई) बहुकोषीय भई ओभिप्यारस हुन्छन् ।

  1. क्रमविकासका आधारमा दिइएका मध्ये सबैभन्दा धेरै नजिकको सम्बन्ध भएको जीवहरुको समुह कुन हो?

अ) पोरिफेरा, एनिलिडा, कोर्डेटा

आ) पोरिफेरा, आर्थ्रोपोडा, कोर्डेटा

इ) सिलेन्टरेटा, आर्थ्रोपोडा, कोर्डेटा

ई) प्लेटिहेल्मेन्थिस, निमाथेल्मेन्थिस, एनेलिडा

  1. ह्‍वेललाई स्तनधारी समूहअन्तर्गत राखिनुको मुख्य कारण कुन हो?

अ) फोक्सोले सास फेर्छ । आ) शरीरमा मेरुदण्ड हुन्छ ।

इ) भिभिप्यारस हुन्छ ।            

ई) बच्चा जन्माएर दुध चुसाउँछ ।

  1. मसभन्दा क्लबमस विकसित हुनुको प्रमुख कारण कुन हो?

अ) क्लबमस जमिनमा हुर्कन्छ ।

आ) क्लबमस स्पोरोफाइट हो ।

इ)क्लबमसमा जाइलम र फ्लोयम तन्तु हुन्छ ।

ई) अल्टरनेसन अफ जेनेरेसन्समा स्पोरोफाइट प्रबल हुन्छ ।

  1. कोषमा कोषभित्ता हुने जीवहरूका जगत् कुन कुन हुन्?

अ) मोनेरा, फन्जाइ, एनिमलिया आ) फन्जाइ, प्लान्टी, प्रोटिस्टा

इ) फन्जाइ, प्लान्टी, एनिमलिया

ई) फन्जाइ, प्लान्टी, मोनेरा

  1. मुटुमा चारओटा कोठा हुने, शरीर भुत्ला र पखेटाले छोपेको, ओभिप्यारस जनावर कुन समूहमा पर्छ?

अ) स्तनपायी

आ) सरिसृप

इ) पंक्षी

ई) उभयचर

  1. तलका मध्ये कुन समूह एन्जियोस्पर्मअन्तर्गत पर्छन्?

अ) सल्लो, उनिउँ, केराउ , आ) धुपी, मकै, चना

इ) मस, मकै, सिमी

ई) धान, केरा, आँप

  1. शरीरमा भास्कुलर तन्तु हुने बिरुवाको डिभिजनलाई के भनिन्छ?

अ) स्पोरोफाइटा आ) ग्यामेटोफाइटा

इ) ट्राकियोफाइटा

ई) स्पर्माटोफाइटा

  1. फरक लेख्नुहोस् :

(क) वनस्पति जगत् र जन्तु जगत्

वनस्पति जगतजन्तु जगत
यो जगतमा पर्ने जीवहरु स्वपोषक हुन्छन्।यो जगतमा पर्ने जीवहरु परपोषक हुन्छन्।
यो जगतमा पर्ने जीवहरुको कोषमा कोष भित्ता हुन्छयो जगतमा पर्ने जीवहरुको कोषमा कोष भित्ता हुदैन।
स्वतन्त्र चाल हुदैन।स्वतन्त्र चाल हुन्छ ।

(ख) माछा र तारामाछा

माछातारामाछा
यो जनावरको मेरुदण्ड हुन्छ।यो जनावरको मेरुदण्ड हुदैन।
यो जनावर को टाउको, घाँटी, जीउ, पुच्छर हुन्छ।यो जनावर को टाउको, घाँटी, पुच्छर छुट्‍टिएको हुदैन।
यो फाइलम कर्डेटा अनतर्गत पर्दछ।यो फाइलम इकाइनोडर्माटा अनतर्गत पर्दछ।

(ग) जेली फिस र कटल फिस 

जेली फिसकटल फिस
शरीरमा खाली ठाउँ हुन्छ।शरीर भिसेरल मास बाट बनेको हुन्छ।
शरीरमा डस्‍ने कोषहरु (nematocysts) हुन्छन।बाहिरी शरीर कडा आवरणले ढाकेको हुन्छ।
शरीर बाइलेटरली सिमेट्रिकल हुन्छ।शरीर असिमेट्रिकल हुन्छ।

(घ) मस र क्लबमस

मसक्लव मस
यो विरुवामा भास्कुलर तन्तु हुदैन।यो विरुवामा भास्कुलर तन्तु हुन्छ।
गर्भाधानको लागि पानीको आवस्यकता पर्दछ।गर्भाधानको लागि पानीको आवस्यकता पर्दैन।
ग्यामेटोफाइट चरण लामो हुन्छ ।स्पोरोफाइट चरण लामो हुन्छ

(ङ) सल्लो र पिपल

सल्लो पिपल
फूलको सट्टा कोनको विकास भएको हुन्छफूलको विकास भएको हुन्छ।
फल हुदैन।फल हुन्छ।
बिउ नाङ्‍गो हुन्छ।फलभित्र बिउ हुन्छ।

(च) माछा र ह्‍वेल

माछाह्‍वेल
फुल पारेर सन्तान उत्पादन गर्छ।बच्चा जन्माउँछ र दुध चुसाउँछ।
मुटुमा २ कोठा हुन्छ।मुटुमा ४ कोठा हुन्छ। 
बाह्‍य गर्भाधान हुन्छ।भित्री गर्भाधान हुन्छ।

(छ) ढुकुर र चमेरो

ढुकुरचमेरो
फुल पारेर बच्चा कोरल्छ।बच्चा जन्‍माएर दुध चुसाउछ। 
शरीरमा प्वाँख हुन्छ।शरीरमा रौं हुन्छ।
पखेटाको सहायताले उड्छ।फोल्डेड छालाको सहायताले उड्छ।
  1. कारण दिनुहोस् :
  2. सजीवहरूको वर्गीकरण गर्न आवश्यक छ ।
  • बर्गीकरणले जीवहरुको विशेषताको आधारमा सामुहिकरण गरी अध्ययन, अनुसन्धान र उपयोगितामा सहजता  गराउँछ।
  • बर्गीकरणले जीवहरुको क्रमविकासको आधारलाइ प्रमाणित गर्छ।
  • जीवहरुको वारेमा थाहा पाउन सरल र छिटो हुन्छ। 
  1. फ्युकस र मार्केन्सिया हेर्दा उस्तै देखिन्छन् तर फ्युकसलाई अल्गी र मार्केन्सियालाई ब्रायोफाइटाअन्तर्गत राखिन्छ।
  • फ्युकसको जरा काण्ड पात छुट्टिएको हुदेैन र पानीमा पाईन्छ तर मार्केन्सिया जमिनमा हुर्कन्छ तर प्रजननको लागि पानी चाहिन्छ। त्यसैले फ्युकस र मार्केन्सिया हेर्दा उस्तै देखिन्छन् तर फ्युकसलाई अल्गी र मार्केन्सियालाई ब्रायोफाइटाअन्तर्गत राखिन्छ।
  1. जिम्‍नोस्पर्ममा फल लाग्दैन ।
  • जिम्‍नोस्पर्ममा ओभरी नहुने भएकोले फल लाग्दैन।
  1. गोहीमा चारओटा कोठा भएको मुटु हुन्छ तर यो रेप्‍टिलियाअन्तर्गत पर्छ । 
  • गोही घिस्रेर हिड्छ र यो विषमतापी जीव भएकोले यसलाई रेप्‍टिलियामा राखिन्छ।
  1. चमेरो र ह्वेलका धेरै विशेषता असमान छन् तर पनि यिनीहरू एउटै वर्गमा पर्छन्
  • चमेरो र ह्वेल  दुबैले बच्चा जन्माउछन र दुध चुसाएर बच्चा हुर्काउने भएकोेले एउटै वर्गमा पर्छ।
  1. रिसियालाई एम्फिबियन बिरुवा भनिन्छ ।
  • यो विरुवा जमिनमा हुर्कन्छ तर प्रजननको लागि पानी आवश्यक पर्ने भएकोले रिसियालाई एम्फिबियन विरुवा भनिन्छ।
  1. उनिउँमा फूल फुल्दैन, साइकसमा फूल फुल्छ तर फल फल्दैन, केरामा फूल पनि फुल्छ र फल पनि फल्छ, तर पनि यी सबै बिरुवाहरू एउटै डिभिजनमा पर्छन्,
  • उनिउमा भास्कुलर तन्तु हुन्छ, फुल फुल्दैन, यिनिहरु फुल नफुल्ने विरुवा मध्येका विकसित हुन्
  • साइकसमा भास्कुलर तन्तु हुनुको साथै फुल फुल्छ तर ओभरी नहुने भएकोले फल लाग्दैन
  • केरामा भास्कुलर तन्तु हुनुको साथै फुल फुल्छ र ओभरी हुने भएकोले फल पनि लाग्छ
  1. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

क. वनस्पति जगतमा पर्ने जीवहरूलाई कति डिभिजनमा विभाजन गरिएको छ 

        तीन डिभिजनमा राखिएको छ (अल्गी, व्रायोफाइटा र ट्राकियोफाईटा)

ख. वनस्पति जगतका मुख्य विशेषता लेख्नुहोस् ।

  • कोष भित्ता हुने 
  • स्वपोषक हुने
  • जमिन तथा पानीमा पाईने
  • फुल नफुल्ने देखि फुल फुल्ने सम्मका विकसित विरुवाहरु पर्ने

ग. जिम्‍नोस्पर्म र एन्जियोस्पर्ममा पर्ने बिरुवाहरूका समानता लेख्नुहोस् । 

          फुल फुल्छ, भास्कुलार तन्तु हुन्छ, र जमिनमा पाईन्छन्।

घ. यदि तपाईंलाई ट्राकियोफाइटामा पर्ने केही बिरुवाहरूका पातमात्र दिएर आफूले कक्षामा प्राप्त गरेको वर्गीकरणसम्बन्धी      ज्ञानको प्रयोग गरी यी बिरुवाहरूको सबडिभिजन छुट्याउन भनियो । के यो सम्भव छ? तर्कसहित स्पष्ट पार्नुहोस् ।

  • यो परीक्षण सम्भव छ, उक्त विरुवा एन्जिओस्पर्म सव डिभिजनका भएमा पातहरु र पातका नशा अवलोकन गरि एक दलिय वा दुई दलिय भनि छुट्याउन सकिन्छ, भने जिम्‍नोस्पर्म सव डिभिजनका भएमा पनि पात लामो र सियो जस्तो चुच्चो हुने हुँदा छुट्याउन सकिन्छ र यदि ति विरुवाको पात प्वाँख जस्तो भएमा टेरिडोफाईटा सव डिभिजन हो भनि भन्‍न पनि सकिन्छ।

ङ. सबडिभिजन टेरिडोफाइटाका प्रमुख विशेषता लेख्नुहोस् ।

  • यिनिहरुमा फूल नफुल्ने विरुवामध्येको सबैभन्दा  विकसित विरुवाहरु पर्छन
  • यिनिहरुमा भास्कुलर तन्तुको (जाइलम र फ्लोएम) विकास भएको हुन्छ
  • यि विरुवाहरु ओसिलो ठाँउमा हुन्छन्
  • यी बिरुवा ओसिलो र छाया परेको ठाउँमा पाइन्छन् ।
  • यी बिरुवाको बिउ हुँदैन तर जरा, काण्ड र पात प्रस्टसँग छुट्टिएको हुन्छ ।
  • यी बिरुवाका पातहरू प्वाँख जस्तै देखिन्छन् ।
  • यिनीहरूको काण्ड राइजोमका रूपमा जमिनमुनि तेर्सो परेर रहेको हुन्छ ।
  • यी बिरुवाको  पातको पछाडिपट्टि थुप्रै खैरा सोरी हुन्छन् ।

उदाहरणः उन्यु, न्युरो आदी

च. रोसनीले आफ्नो बगैंचामा नयाँ बिरुवामा फूलेका फूलको मात्र अवलोकन गरेर त्यो बिरुवा मोनोकटिलेडनमा पर्ने निष्कर्ष निकालिन् । यस्तो गर्नु ठिक हो कि होइन, कारणसहित स्पष्ट पार्नुहोस् ।

  • रोशनीको प्रयास ठिक छ, किनकी फूलको भागहरु गनेर पनि विरुवा एक दलिय वा दुई दलिय भन्‍ने  कुरा पत्ता लगाउन सकिन्छ। फूलको पुष्पदलका भागहरु 3 वा 3 को गुणाङ्कमा भएमा उक्त विरुवा एक दलिय र 4, 5 वा 4 र 5 को गुणाङ्क भएमा उक्त विरुवा दुई दलिय हो भन्‍न सकिन्छ। 

छ. चित्रमा दुईओटा बिरुवाहरू देखाइएको छ । दुवै चित्र अवलोकन गर्नुहोस् र तल सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(अ) यी दुई बिरुवाबिच तुलना गरी समानता र भिन्नता लेख्नुहोस् ।

समानता: दुवैमा भास्कुलर तन्तु हुन्छ।

असमानता: सुन्तलामा फल भित्र बिउ हुन्छ भने साइकसमा बिउ नाङ्‍गो हुन्छ।

(आ) यिनीहरूको सबडिभिजन उल्लेख गर्नुहोस् । साथै उक्त सबडिभिजनमा पर्नुको कारण पनि लेख्नुहोस् । 

सुन्तला: सबडिभिजन एन्जियोस्पर्म अन्तर्गत पर्दछ किनभने सुन्तलामा फूल फूल्छ र फल भित्र बिउ हुन्छ।

साइकस: सबडिभिजन जिम्‍नोस्पर्म अन्तर्गत पर्दछ किनभने साइकसमा फूलको सट्‍टामा कोन विकसित हुन्छ र 

बिउ नाङ‍गो हुन्छ।

(इ) यी दुईमध्ये कुन बिरुवा विकसित छ ? कारणसहित स्पष्ट पार्नुहोस् ।

यी दुईमध्ये सुन्तला विकसित छ किनभने सुन्तलामा फूल फूल्छ र फल भित्र बिउ हुन्छ तर साइकसमा फूलको सट्‍टामा कोन विकसित हुन्छ र बिउ नाङ‍गो हुन्छ।

ज. यो चार्टले जनावरहरूको चार समूह देखाउँछ । माछा कुन समूहमा पर्छ ?

यहाँ समुह D ले माछाको समुह जनाउँछ ।

झ. फाइलम पोरिफेरामा पाचन प्रणाली विकास भएको हुँदैन । यिनीहरूमा पाचन कसरी हुन्छ, लेख्नुहोस् ।

  • फाइलम पोरिफेराका शरिरमा मसिना छिद्रहरु ओस्टिया हुन्छन् र एउटा ठूलो छिद्र ओस्कुलम हुन्छ। शरिरमा पानी ओस्टियावाट भित्र जान्छ र ओस्कुलमवाट वाहिर आँउछ। यहि क्रममा पानीमा मिसिएको अक्सिजन र खाना ओस्टियाबाट सोसेर लिन्छन र अनावश्यक पदार्थ ओस्कुलमबाट वाहिर फाल्छन्। यस प्रकृयालाइ वाटर क्यानल सिस्टम भनिन्छ। यसरी पोरिफेरामा पाचन हुन्छ।

ञ. राकेशले चउरमा खेल्दा खेल्दै एउटा नयाँ जनावर देखेछन् । उनले जन्तु जगतको वर्गीकरणको ज्ञान प्रयोग गरेर उक्त  जनावर कुन फाइलममा पर्छ भनेर कसरी पत्ता लगाउँछन्, व्याख्या गर्नुहोस् ।

  • राकेशले चउरमा खेल्दाखेल्दै देखेको जनावरको शारीरिक बनावट, जन्तुको समग्र आकार, बाहिरी आवरण, चालको प्रकार, मेरुदण्डको उपस्थिति र अन्य व्यवहारहरू अवलोकन गरेर कुन फाइलममा पर्छ भनी पत्ता लगाउछन् । 
  • जस्तै जोडिएका खुट्‍टाहरु देखेमा फाइलम आर्थ्रोपोडा, शरीर खण्ड खण्ड देखेमा फाइलम एनिलिडा, शरीरमा भिसेरल मास तथा बाहिरी कडा आवरणले ढाकेको  देखेमा फाइलम मोलस्का र  ढाड भएका जनावरहरु भएमा फाइलम कर्डेटामा पर्दछन् । 

ट. सार्क र ह्‍वेल दुवै पानी भित्र बस्ने जनावर हुन् । यी जनावरका विशेषताका आधारमा यी दुईमध्ये कुनचाहिँ 

            विकसित जनावर हो ? कारणसहित व्याख्या गर्नुहोस् ।

  • ह्‍वेल बढि विकसित जनावर हो किनकी व्हेल स्तनधारी जीव हो भने सार्क माछा वर्गमा पर्ने जीव हो। क्रम विकास अनुसार माछा भन्दा स्तनधारी बर्ग बढी विकसित हुन्। 

ठ. यहाँ दुईओटा जनावरको चित्र दिइएको छ, तुलनात्मक अध्ययन गरी तलका प्रश्नको उत्तर लेख्नुहोस् :

अ) यी जनावरहरू कुन फाइलम र क्लासअन्तर्गत पर्छन्?

  • चमेरोः म्यामेलिया क्लास                         बाजः एभ्स क्लास

आ) यी जनावरहरूबिचका कुनै दुई समानता र असमानता लेख्नुहोस् ।

समानताहरुः

  • यि दुवै जीवको शरिरमा पखेटा  हुन्छ।
  • यिनिहरुको हाड खोक्रो हुन्छ। 

असमानताहरुः

  • चमेरो स्तनधारी वर्ग हो भने बाज एभ्स वर्ग हो।
  • चमेरोले सिधै बच्चा जन्माउँछ भने बाजले  फुल पार्छ।

इ) यी जनावरको अध्ययनले क्रमविकासको अवधारणालाई कसरी स्पष्ट पार्छ ?

  • यि जीवहरुको विकासक्रम हेर्दा यिनिहरु एकै पूर्वजवाट उत्पति भएको प्रमाण पाइन्छ। त्यसैले एभ्स र म्मामेलियाको नजिकको सम्वन्ध रहेको देखिन्छ र एभ्स वर्गको विकासवाट नै म्यामेलिया उत्पति भएको देखिन्छ।

ड. सजीवहरूको वर्गीकरण र क्रमविकासबिचको सम्बन्ध व्याख्या गर्नुहोस् ।

वर्गिकरणको आधारमा हेर्दा कुनै जगतहरुबिच थोरै साझा गुणहरु पाइन्छन भने कुनै जगतहरुबिच धेरै साझा गुणहरु पाइन्छन। जीवहरुबिच साझा गुण भन्‍नाले तिनिहरु साझा पुर्वजबाट विकसित भएका हुन्छन्। प्रोक्यारियोटिक जीवहरुलाई मोनेरा जगतमा राखिएको छ।त्यसपछि विकसित भएको एककोषिय जीवहरुलाई जगत प्रोटिस्टामा राखिएको छ। यसरी कम विकसित जीवहरु एक समुहमा र बढी विकसित जीवहरु अर्को समुहमा राखिन्छ भने कम विकसित जीवहरुबाट नयाँ जिवहरु विकसित भएको पाइन्छ। तसर्थ क्रमविकास र वर्गिकरणबिच घनिष्‍ट सम्बन्ध देखिन्छ।

ढ. पाँच जगतीय वर्गीकरण प्रणालीअनुसार वनस्पति जगत्‌को वर्गीकरण चाट बनाउनुहोस् ।

ण. पाँच जगतीय वर्गीकरण प्रणालीअनुसार जन्तु जगत्‌को वर्गीकरण चार्ट बनाउनुहोस् ।

त. चित्रको अवलोकन गरी तलका प्रश्नको जवाफ दिनुहोस् :

अ) कुन जनावरको शरीरमा दुई कोठा भएको मुटु हुन्छ ?

  • माछाको मुटुमा दुइवटा कोठा हुन्छ

आ) कुन जनावरले बच्चालाई दुध चुसाउँछ ?

  • बाघले बच्चालाइ दुध चुसाउँछ

इ) भ्यागुता र सर्पबिचका दुईओटा समानता लेख्नुहोस् । 

  • दुबै विषमतापी जीवहरु हुन्।
  • दुबै परपोषक जीवहरु हुन्।
  • दुबैमा ढाड हुन्छ।

ई) यी जनावरमध्ये कुन कुनका शरीरमा हावाका थैली हुन्छन्

माछा र चराको शरिरमा हावाका थैली हुन्छन्।

एकाइ १- बल अभ्यास

Qno. 5. Ans: उपग्रहले पृथ्वीको वरिपरी परिक्रमा गर्न आवश्यक पर्ने सेन्ट्रिपिटलबल पृथ्वी र उपग्रहविचको गुरुत्वबलले प्रदान गर्ने भएकोले उपग्रहले पृथ्वीको वरिपरी परिक्रमा गर्दा कुनै उर्जा आवश्यक पर्दैन ।

Qno8. वृहस्पतिको पिण्ड पृथ्वीभन्दा 319 गुणा ठुलो र अर्धव्यास पनि पृथ्वीको भन्दा 11 गुणा ठुलो छ। यसैले गर्दा वृहस्पतिको गुरुत्वप्रवेग पृथ्वीको भन्दा करिव 2.5 गुणामात्र वढि छ। (g व्युत्क्रमानुपातिक R2 हुने भएकोले)

Qno9. पृृथ्वीलाई चन्द्रमाको आयतन वरावर हुने गरी खाँद्न सकियो भने पृथवीको गुरुत्वप्रवेग करिव 14 गुणा वृद्दि हुन्छ । किनकी पृथ्वीको पिण्ड स्थिर हुन्छ तर आयतन घट्ने भएकोले अर्धव्यास पनि घट्छ जसले गर्दा गुरुत्वप्रवेग वढ्छ ।

Qno11. पारासुट लिएर हामफाल्दा , वस्तु तल झर्ने बल र हावाले पारासुटमा दिने उर्ध्वचाप करिव वरावर हुने भएकोले पारासुट समान गतिले तल झर्छ जसकारण गुरुत्वप्रवेगको वा प्रवेगको मान करिव शुन्य हुन जान्छ ।

एकाइ २ – चाप :अभ्यास

Qno5. हाइड्रोलिक प्रेसले ठुलो पिस्टन र सानो पिस्टनको क्षेत्रफलको अनुपातको गुणाङ्कको आधारमा सानो पिस्टनमा लगाएको बललाई वढाउन पास्कलको नियममा रही कार्य गर्दछ जसले गर्दा ठुलो पिस्टनमा उत्पन्न हुने बल प्रवर्दित हुन्छ ।

Qno 7. दिइएको चित्रमा पिस्टन A को क्षेत्रफल धेरै भएकोले गर्दा सानो पिस्टन B मा कम बल उत्पन्न हुन्छ किनकी यहाँ सानो पिस्टन र ठुलो पिस्टनको क्षेत्रफलको अनुपातको गुणाङ्कमा भर पर्छ ।

Qno9. वस्तुलाई पानीमा राख्दा उत्पन्न हुने बलहरु दुईवटा छन्। 1. थ्रष्ट वा तलतिर लाग्ने बल र 2. अपथ्रष्ट वा उर्ध्वचाप वा तरलले माथितिर धकेल्ने बल ।

Qno घ 2. धेरै उचाईमा पुगेको वेलुनभित्रको हावाको चाप वाहिरी वायुमण्डलिय चापभन्दा बढि हुने भएकोले वेलुनभित्रवाट हावा वाहिर आउन बल लगाउने हुँदा वेलुन फुट्छ।

Qno ङ च. दिईएको तिनवटा माध्यमहरुमध्ये वस्तुको तौल सवैभन्दा बढि हावामा हुन्छ (हावामा उर्ध्वचाप सबैभन्दा कम हुने भएकोले) , वस्तुको तौल सबैभन्दा कम नुनपानीमा हुन्छ (नुनपानीको घनत्व बढि हुँदा यसले दिने उर्ध्वचाप सबैभन्दा बढि हुने भएकोले) , पानी वस्तुको तौल हावाभन्दा बढि र नुनपानी भन्दा कम हुन्छ । यहि नियमअनुसार दिइएको वस्तुको तौल दाँजी उपर्युक्त माध्यम छुट्याउनुहोस् ।

एकाइ ३ – उर्जा अभ्यास

Q no. ग 2. न्युक्लियर फिसन उर्जा : ठुला परमाणुका न्युक्लियस विच्छेदन हुँदा उत्पन्न हुने उर्जा । फिसनवाट उत्पन्न हुने उर्जा फ्युजनवाट हुने उर्जा भन्दा कम हुन्छ ।

न्युक्लियर फ्युजन उर्जा : साना परमाणुका न्युक्लियस संयोजन हुँदा उत्पन्न हुने उर्जा । फिसनवाट उत्पन्न हुने उर्जा फ्युजनवाट हुने उर्जा भन्दा बढि हुन्छ ।

एकाइ ४ – ताप अभ्यास

Qno ख 4: पानी 100 डिग्री सेल्सियसमा उम्लन्छ तर अल्कोहल 78 डिग्री सेल्सियसमा उम्लने भएकोले अल्कोहल थर्मोमिटरले पानीको उम्लने तापक्रम नाप्न सकिदैन ।

Q no 6: पानीको विशिष्ट ताप धारण क्षमता सबैभन्दा बढि भएकोले पानीले सवैभन्दा बढि ताप सोस्न सक्छ । त्यसैले ज्वरो आँउदा निधारमा पानीपट्टी लगाइन्छ ।

Q no 7: पदार्थको विशिष्ट ताप धारण क्षमता र तापक्रममा हुने परिवर्तन दरवीच व्युत्क्रमानुपातिक सम्बन्ध हुन्छ । अर्थात बढि वि.ता. क्ष.भएको वस्तुको तापक्रम ढिलो बढ्छ र ढिलो घट्छ । कम वि.ता.क्ष. भएको वस्तुको तापक्रम छिटो बढ्छ र छिटै घट्छ ।

Q no ग 1: जाडो महिनामा उठ्दा शरिरको ताक्रम बढि हुने भएकोले शरिरवाट तापशक्ति कोठातर्फ सर्छ र जाडो महसुस हुन्छ तर केहिवेर वाहिर घुमेर कोठाभित्र आँउदा शरिरको तापक्रम कम र कोठाको हावाको तापक्रम बढि हुने भएकोले तापशक्ति कोठावाट शरिरतर्फ सर्छ र हामीलाइ न्यानो महसुस हुन्छ ।

Q no ग.2: माटोको वि.ता.क्ष. धातुको भन्दा वढि हुनुको साथै माटोको भाँडामा मसिना छिद्रहरु हुने भएकोले तापशक्ति पाएका पानीका अणुहरु वाष्पिकरण भइ जान्छन र भित्र रहेका पानी तात्न पाउदैनन् । त्यसैले माटोको भाँडोमा रहेको पानी चिसो नै रहन्छ। ।

Q no ग 3: पानी भन्दा जमिनको वि ता क्ष कम हुन्छ । त्यसैले दिउसो जमिन छिट्टै तात्छ र जमिनमाथीको हावा पनि छिट्टै तात्छ तर समुन्द्र नतात्ने भएकोले समुन्द्रमाथीको हावा पनि चिसै रहन्छ । जमिनमाथीको हावा तातेर हलुका भइ माथि जान्छ र त्यस ठाँउमा समुन्द्रको चिसो हावा आँउने हुँदा दिउसो समुन्द्रवाट चिसो हावा जमिनतिर बहन्छ र रातमा यो प्रकृया ठिक विपरित हुने भएकोले जमिनवाट चिसो हावा समुन्द्रतिर बहन्छ ।

Q no.ग4: उम्लिरहेको पानीसँग भन्दा पानीको वाफसँग तापशक्ति बढि हुन्छ किनकी उम्लिरहेको पानीलाइ वाफमा परिणत गर्न ल्याटेन्ट हिटको रुपमा हिट अफ भ्यापोराइजेसन पनि पानीको अणुले लिने भएकोले गर्दा उम्लिरहेको पानीभन्दा वाफले बढि पोल्छ ।

Qno6. 1000 watt को हिटर 1 घण्टा बाल्दा उत्पन्न हुने तापको परिमाण (Q) = pnt = 1000 ×1×3600 = 3.6×10^6 Joule (Q)

Qno 8. m1 = 200ml= 0.2 Kg दुध T1= 90 c m2 = 10 ml = 0.01 Kg पानी T2= 15 c

प्रश्न अनुसार दुध र पानी दुवै वस्तुको वि ता क्ष वरावर भएकोले विताक्ष = S

दुईवटा वस्तुहरु मिसाउदा उक्त मिश्रणको अन्तिम तापक्रम मानौ = T

यहाँ dt1 = 90- t र dt2 = t-15 हुन्छ।

एउटा वस्तुले गुमाएको ताप = अर्को वस्तुले प्राप्त गरेको ताप

Q1 = Q2

m1sdt1 = m2sdt2 मा मान राखेर हिसाव गर्नुहोस् ।

एकाइ -७ तत्वहरको वर्गीकरण : अभ्यास

(क) बहुबैकल्पिक प्रश्नहरुको उत्तर

१. अल्काली धातु – सोडियम

२. 1s2, 2s2.2p6.3s2– IIA

३. सक्रिय तत्व -F

४. मेल्डिलिभको तालिकाको त्रुटी नभएको – सोडियमको स्थान अस्पष्ट

५. अर्धधातु – Ge (Germanium0

(ख) २. मेन्डिलिभको पेरियोडिक तालिकाको २ वटा त्रुटीहरुः हाईड्रोजनको स्थान अस्पष्ट र ल्यान्थानाइड्स र एक्टिनाइड्सको स्थान नभएको ।

यि कमजोरीहरु आधुनिक पेरियोडिक तालिकमा सच्चिएका छन् यद्यपि हाईड्रोजको स्थानमा अझै केहि कमजोरी रहेका छन् ।

४. प्रश्नले दिएको A = 1s2, 2s2.2p6.3s23p6,4s1 र B = 1s2, 2s2.2p4

(i) A तत्व पेरियोडिक तालिकाको ग्रुप IA मा पर्छ भने तत्व B पेरियोडिक तालिकाको ग्रुप VIA मा पर्छ।

Leave a comment