10. Some Gases ( केही ग्यासहरु )

CO2 : कार्वनडाइअक्साइड ग्यास
आणविक भार : 44 amu

प्रयोगशालामा CO2 कार्बनडाईअक्साईड ग्यास तयार गर्ने विधि :

आवश्यक सामाग्रीहरुः

  1. राउण्ड बटम फ्लास्क
  2. थिसल फनेल
  3. ग्यास जार
  4. डेलिभरी ट्युब
  5. रबर कर्कहरु
  6. स्ट्याण्ड

आवश्यक रसायनहरुः

  1. चुनढुङ्गा CaCO3
  2. फिका हाईड्रोक्लोरिक अम्ल dil HCl

co2

सिद्वान्तः

चुनढुङ्गालाइ फिका हाइड्रोक्लोरिक अम्ल सँग प्रतिक्रया गराइ CO2 ग्यास तयार गरिन्छ ।

CaCO3 + dil 2HCl  →  CaCl2 + H2O + CO2

यसरी बनेको CO2 ग्यास लाइ डेलीभरि नली हुदै ग्यास जारमा हावालाइ माथीतिर बिस्थापित गरि संकलन गरिन्छ

यस प्रकृयाका साबधानीहरुः

थिसल फनेलको टुप्पो राउण्ड बटम फ्लास्कको पिँधतिर डुबेको हुनुपर्छ भने डेलिभरी ट्युबको टुप्पो रबर कर्कको नजिक रहेको हुनुपर्छ ।

औद्योगिक उत्पादन गर्नको लागि :
१. चुनढुङ्गालाइ तताउदा ।
CaCO3 → CaO + CO2

२. कार्बनलाई  हावामा बाल्दाः

C + O2 → CO2

CO2 का भौतिक गुणहरु :

  • रङ्गहिन , गन्धहिन र स्वादहिन ।
  • हावाभन्दा गह्रौ ।
  • पानी मा कम घुलनशिल ।
  • भिजेको निलो लिटमस लाइ रातो बनाउछ (अम्लिय गुणको रहेको छ )।
  • -78°c  तापक्रममा यो ग्यास ठोस बन्छ। यसलाइ सुख्खा वरफ dry ice भनिन्छ ।

रासायनिक गुणहरु :

पानीमा कम घुल्छ र घुलेको जति कार्बोनिक अम्ल बन्छ ।
CO2 + H2O → H2CO3 ( कार्बोनिक अम्ल)

बलेको Magnesium रिबनलाइ झन् तेजिलो बल्छ ।
2Mg + CO2 → 2MgO + C

रातो कोक (कार्बन)सँग प्रतिक्रिया गर्दा कार्वनमोनोअक्साइ वन्छ ।

CO2 + C → 2CO  (कार्बनमोनोअक्साइड)

प्रकाश संष्लेषण क्रियामा ग्लुकोज बन्छ ।
6CO2 + 6H2O → C6H12O6 (ग्लुकोज) + 6O2

CO2 का उपयोगिता :

  • आगो निभाउने यन्त्र मा ।
  • Dry ice कोषहरु रुपमा फलफुल चिसो र ताजा राख्न ।
  • रासायनिक मल वनाउन ।
  • बनस्पति हरु ले खाना बनाउन ।

NH3 :एमोनिया ग्यास
आणविक भार : 17 amu

प्रयोगशालामा NH3 एमोनिया ग्यास तयार गर्ने प्रकिया :

आवश्यक सामाग्रीहरुः

  1. हार्ड ग्लास टेस्ट ट्युब
  2. बनसेन बर्नर वा तापको स्रोत
  3. ग्यास जार
  4. डेलिभरी ट्युब
  5. रबर कर्क
  6. लाईम टावर
  7. स्ट्याण्ड

आवश्यक रसायनहरुः

  1. एमोनियम क्लोराईड NH4Cl
  2. क्याल्सियम  हाईड्रोअक्साईड Ca(OH)2

nh3

सिद्वान्तः

एमोनियम क्लोराइडलाइ क्याल्सियम हाइड्रोअक्साइड सग तताउदा एमोनिया बन्छ । यसरी बनेको एमोनिया लाइ हावालाइ तलतिर बिस्थापित गराइ संकलन गरिन्छ ।

2NH4Cl + Ca(OH)2  →  CaCl2 + 2NH3 + 2H2O

सुख्खा रुपमा ग्यास पाउन लाइम टावरको प्रयोग गरिन्छ ।

यस प्रकृयाका साबधानीहरुः

हार्ड ग्लास टेस्टट्युबको मुख केहि तलतिर ढल्केको हुनुपर्छ।

औद्योगिक उत्पादन : ( हेबरको विधि )

नाइट्रोजन र हाइड्रोजनलाइ निश्चित ताप र चाप मा उत्प्रेरक Fe र प्रोमोटर Mo प्रयोग गर्दा एमोनिया बन्छ । यो विधि लाइ हेबरको विधि हो ।

500°c/250 atm, Fe/Mo
N2 + 3H2 →→→→→→→→→→→→→→→ 2NH3   (एमोनिया)

भौतिक गुणहरु:

  • रङ्हिन, स्वादहिन तर पिरो गन्ध भएको ।
  • हावाभन्दा हलुका ।
  • पानी मा अत्याधिक घुलनशिल ।
  • भिजेको रातो लिटमस लाइ निलो बनाउछ (क्षारिय गुणको रहेको छ ) ।

रासायनिक गुणहरु :

NH3 पानीमा घुल्दा एमोनियम हाइड्रोअक्साइड अल्काली बन्छ ।

NH3 + H2O → NH4OH  (एमोनियम हाइड्रोक्साइड)

NH3 अम्लसँग मिलि लवण बन्छ ।
NH3 + HCl → NH4Cl   (एमोनियम क्लोराइड)
NH3 + H2SO4 → (NH4)2SO4 (एमोनियम सल्फेट)

NH3 लाइ CO2 सँग १५००°c मा प्रतिक्रिया गराउँदा युरिया मल वन्छ ।

CO2 + 2NH3 → NH2 – CO – NH2 (युरिया मल) + H2O

NH3 लाइ अक्सिजन सँग प्रतिक्रिया गराउँदा नाइट्रोजन बन्छ ।
4NH3 + 3O2 → 2N2 + 6H2O

NH3 को उपयोगिता :

  • रासायनिक मल बनाउन ।
  • औषधिहरु बनाउन ।
  • ब्लु-प्रिन्ट (नक्सा) निकाल्न ।
  • रेफ्रिजेरेटिङमा चिस्याउनका लागि ।