- उत्तेजक :
वाहिरि तत्वहरु जसले जीवहरु लाइ प्रभावित गर्न सक्छन् । - उत्तेजना :
उत्तेजकद्वारा जीबहरुलाइ प्रभावित गर्ने प्रकिया। - प्रतिक्रिया :
उत्तेककले दिएको उत्तेजना प्रति जीवहरुले देखाउने व्यवहार । - स्नायु प्रणाली: केन्द्रिय स्नायु प्रणाली, पेरिफेरल स्नायु प्रणाली र अटोमनोमिल स्नायु प्रणाली मिलि शरिरका समपूर्ण गतिविधि संचालन र नियन्त्रण गर्न बनेको प्रणाली ।
- मस्तिष्क :
केन्द्रिय स्नायु प्रणालीमा मस्तिष्क, सुषुम्ना र स्नायु तन्तुहरु पर्छन् । - मस्तिष्कलाइ तिन तहको झिल्लीले ढाकेको हुन्छ ।
डुरामाटर , पायमाटर र एराक्न्वाइड । - सेरेब्रोस्पाइनल फ्लुड :
पायमाटर र एराक्न्वाइड बीच हुने एक प्रकारको तरल पदार्थ ।
यसको कार्य : मस्तिष्क लाइ वाहिरि आघातवाट वचाउने । - मस्तिष्क:
ठुलो मस्तिष्क, सानो मस्तिष्क र मेडुला अबलङ्गटा । - ठुलो मस्तिष्क :
८०% भाग आेगट्ने ।
दुइ भाग भएको ।
हेराइ, बोली, बास्ना, दृश्य, रिस , मुड , चेतना , तर्क, स्मरण आदिको केन्द्र ।
ठुलो मस्तिष्कमा चोट लागेमा मानिस अर्धमृत (कोमा) अवस्थामा पुग्छ।
- सानो मस्तिष्क:
ठुलो मस्तिष्क को तलपट्टि कागतिको दाना जत्रो आकारको भाग । - कार्य :
शारिरिक सन्तुलन कायम गर्ने ।
मांशपेशी को टोन कायम गर्ने ।
सानो मस्तिष्कमा चोट लागेमा शरिर अपाङ्गताको अवस्थामा पुग्छ।
- मेडुला अब्लङ्गटा:
सानो मस्तिष्क वाट सुरु भइ सुषुम्ना सम्म पुगेको वेलनाकार भाग । - मेडुला अब्लङ्गटाको कार्य :
रक्तनलिको खुम्चने र फुकाउने ।
पेरिस्टाल्सिस चाल गराउने ।
खाना निल्ने, वान्ता गराउने, हाछ्यु गराउने ।
मेडुला अब्लङ्गटामा चोट लागेमा मानिसको तुरुन्त मृत्यु हुन्छ।
- सुषुम्ना :
मेडुला अब्लङ्गटाको अन्तिम भागवाट सुरु भइ ढाडको अन्तिम भागसम्म पुग्ने सेतो र फुस्रो बस्तु मिलि बनेको लाम्चो आकारको स्नायु तन्तु । - सुषुम्नाको कार्य: अकाम्य क्रिया संचालन गर्ने । मस्तिष्क र शरिरविच संचार गर्ने ।
- अकाम्य क्रिया (रिफ्लेक्स एक्सन): वाहिरी उत्तेजक प्रति हाम्रो शरिरले देखाउने शिघ्र र स्वचालित प्रतिक्रियालाइ अकाम्य क्रिया भनिन्छ । यसलाइ सुषुम्नाले संचालन गर्छ । उदाहरण, लड्दा हात टेकिनु, तातो वस्तु छँदा हात तान्नु, आँखामा भुसुना पस्दा आँखा चिम्लनु आदी ।
- रिफ्लेक्स आर्क : अकाम्य क्रिया हुँदा अकाम्य क्रिया हुँदा चेतनाहरु स्नायु प्रणालीको निश्चित वाटो भइ हिड्छन्, यस वाटोलाइ रिफ्लेक्स आर्क भनिन्छ ।
- रिफ्लेक्स आर्कका भागहरु:
- 1. प्रापक वा रिसेप्टर
- 2. सेन्सरी स्नायु
- 3.इन्टरन्युरोन
- 4. मोटर स्नायु
- 5. इफेक्टर
- पेरिफेरल स्नायु प्रणाली : क्रेनियल स्नायु र सपाइनल स्नायु मिलि वनेका हुन्छन।
- क्रेनियल स्नायु : यसमा मस्तिष्कवाट निस्केका 12 जोडा स्नायुहरु पर्छन् जसले अनुहारका सम्पूर्ण भागहरु र मस्तिष्कविच संचार गर्छन् ।
- स्पाइनल स्नायु : यसमा सुषुम्नावाट निस्केका 31 जोडा स्नायुुहरु पर्दछन् जसले शरिरका सम्पूर्ण भागलाइ शरिर र मस्तिष्कविच संचार गर्छन् ।
- अटोनोमिक स्नायु प्रणाली : सिम्पाथेटिक र पारा सिम्पाथेटिक
- सिम्पाथेटिक: यसले रत्तचाप, आन्द्रा तथा अन्य अङ्गहरु आदिको कार्यको गति बढाउछ ।
- पारासिम्पाथेटिक: यसले रत्तचाप, आन्द्रा तथा अन्य अङ्गहरु आदिको कार्यको गति घढाउछ।
- न्युरोन :
एक्जोन र डेन्ड्राइटस् मिलि बनेको स्नायु कोषलाई न्युरोन भनिन्छ । अथवा स्नायु प्रणालीको सबैभन्दा सानो एकाईलाई पनि न्युरोन भनिन्छ।
न्युरोनका प्रकारहरुः
१. सेन्सरी न्युरोनः चेतनाहरुलाई शरिरतर्फ ल्याउने न्युरोन।
२. मोटर न्युरोनः मस्तिष्क तथा सुषुम्नावाट प्राप्त निर्देशनहरुलाई शरिरतर्फ लैजाने न्युरोन्
३. इन्टरन्युरोनः विचको न्युरोन। यसले सेन्सरी उत्तेजनालाई मोटर उत्तेजनामा परिणत गर्दछ ।
Different kinds of neurons. structure of a typical neuron
- एक्जोन : स्नायु कोष को लाम्चो हाँगा ।
कार्य : चेतना वा सन्देशलाइ स्नायु कोषवाट बाहरि तर्फ लैजाने। - डेन्ड्राइटस् : स्नायु कोष को छोटो हाँगा।
कार्य : चेतना वा निर्देेशनलाइ स्नायु कोष तर्फ लैजाने। - एक्जोन को समुह मिलि स्नायु रेशााहरु बन्छन् ।
यिनिहरु ३ प्रकारका छन् ।
- एफरेन्ट वा सेन्सरी स्नायु :
चेतना लाइ सुषुम्ना र मस्तिष्क तर्फ लैजाने स्नायु । - इफरेन्ट वा मोटर स्नायु :
मस्तिष्क वा सुषुम्ना वाट प्राप्त निर्देशनलाइ शरिरका भागतर्फ लैजाने स्नायु । - इन्टरन्युरोनः विचको स्नायु। यसले सेन्सरी उत्तेजनालाई मोटर उत्तेजनामा परिणत गर्छ।
- अकाम्य क्रिया :
कुनै वाहिरी उत्तेजना प्रति हाम्रो शरिरले जनाउने शिघ्र र स्वचालित प्रतिक्रिया । - रिफ्लेक्स आर्क :
अकाम्य क्रिया हुदाँ सुचनाहरु हिड्ने स्नायु प्रणाली को निश्चित वाटो । - रिफ्लेक्स आर्क का भागहरु :
प्रापक :
चेतना प्राप्त गर्ने भाग वा मांशपेशी ।- सेन्सरी स्नायु:
चेतना लाइ सुषुम्ना वा मस्तिष्क तर्फ लैजाने स्नायु । - बीचको स्नायु / सुषुम्ना :
निर्देशन माथीवाट तलतिर ल्याउने स्नायु । - मोटर स्नायु :
निर्देशनलाइ शरिरका भागतर्फ लैजाने स्नायु । - इफेक्टर :
प्रतिक्रिया जनाउने भाग वा मांशपेशी । - ग्रन्थी :
विशेष कार्य गर्ने अङ्ग ।
२ प्नकारका ग्नथीहरु छन्। नलिविहिन वा इन्डोक्राइन ग्रन्थी नलियुक्त वा इक्जोक्राइन ग्रन्थी ।
इक्जोक्राईन ग्रन्थी | इन्डोक्राईन ग्रन्थी |
नलियुक्त ग्रन्थीलाइ इक्जोक्राइन ग्रन्थी भनिन्छ। | नलियबिहिन ग्रन्थीलाइ इन्डोक्राइन ग्रन्थी भनिन्छ। |
यिनिहरुले ईन्जाइम उत्पादन गर्छन्। | यिनिहरुले हर्मोन उत्पादन गर्छन्। |
यिनिहरुले उत्पादन गर्ने रसायन ईन्जाइम नलिद्वारा कार्यक्षेत्रमा पुग्छ। | यिनिहरुले उत्पादन गर्ने रसायन हर्मोन रगतद्वारा कार्यक्षेत्रमा पुग्छ। |
उदाहरणः र्याल ग्रन्थि, अश्रु ग्रन्थी , पसिना ग्रन्थी आदी । | उदाहरणः पिट्युटरी, थाइरोइड, एड्रिनल ग्रन्थी आदी। |
- हर्मोन :
नलिविहन ग्रन्थी ले उत्पादन गर्ने तरल रसायन । सिधै रगतमा मिसिन्छ र रगतद्वारा कार्य क्षेत्रमा पुग्छ । - हर्मोन ले शरिरका कोष तथा ग्रन्थी हरुको कार्य लाइ उत्तेजित गर्ने भएकोले, यसलाइ रासायनिक संवाददाता भनिन्छ ।
केहि ग्रन्थीहरु, तिनिहरुले उत्पादन गर्ने हर्मोन र कार्यहरुको विवरण यस प्रकारका छन्।
- पिट्टयुटरी ग्रन्थी :
नाइके ग्रन्थी, केराउको दाना आकारको, मस्तिष्क को तलपट्टि रहने ।
वृद्दि र प्रेरक हर्मोन : शारिरिक वृद्दि गर्ने र अन्य ग्रन्थी लाइ सन्चालन गर्ने । - थाइरोइड ग्रन्थी:
स्वाशनलीको दाँयावाँया, दुइवटा ग्रन्थी ।
थाइरोक्सिन हर्मोन : आयोडिन बनाइ शारिरिक विकासमा सहयोग गर्ने । - पाराथाइरोइड ग्रन्थी:
थाइरोइड को तलपट्टि चारवटा साना इपिथेलियल तन्तुहरु ।
पाराथर्मोन हर्मोन: शारिरिक विकास मा सहयोग गर्ने । - प्यानक्रियाज ग्रन्थी:
आमाशयमा हुने ।
इन्सुलिन र ग्लुकागोन हर्मोन: रगतमा चिनिको मात्रा नियन्त्रण गर्ने ।
प्यानक्रियाजले हर्मोन र इन्जनाइम दुबै उत्पादन गर्ने भएकोले यसलाई मिश्रित ग्रन्थी पनि भनिन्छ।
- आड्रिलिन ग्रन्थी:
दुइवटा मृगौलाको माथि हुने ।
आड्रिनालिन हर्मोन: शरिरलाइ साहसिक तथा आकस्मिक अवस्थामा सहयोग गर्ने , आकस्मिक ग्रन्थी भनिन्छ । - गोनायड्स् :
महिला र पुरुषको प्रजनन ग्रन्थी । - महिलामा ओभरी वा डिम्बासय :
पाठेघर नजिक दुइवटा ।
प्रोजिस्टेरोन र इस्ट्रोजेन हर्मोन: शारिरिक र मानसिक रुपमा स्त्रीत्व गुणको र यौन विकास गर्ने । - पुरुषमा टेस्टिस वा अण्डाकोष :
अण्डथैलिमा दुइवटा हुने ।
एन्ड्रोजेन र टेस्टेस्टोरन हर्मोन: शारिरिक र मानसिक रुपमा पुरुषत्त्व गुणको र यौन विकास गर्ने ।
यस भन्दा तलका सामाग्रीहरु पुरानो कोर्सको लागि मात्र हुन्,हाल विद्यमान नयाँ पाठ्यक्रममा आवश्यक छैन, तर पनि जानकारी र ज्ञानको लागि अध्ययन गर्न सक्नुहुनेछ।
- जनावर र बनस्पति मा हुने उत्तेजना र प्रतिक्रिया :
- ट्याक्सिस :
बाहिरि उत्तेजनाप्रति जिबहरुले देखाउने चाल ।
सकारात्मक ट्याक्सिस: उत्तेजकतर्फ हुने चाल ।
नकारात्मक ट्याक्सिस्: उत्तेजक विपरित हुने चाल । - उत्तेजक. ट्याक्सिस को प्रकार
- प्रकासतर्फ : सकारात्मक फोटोट्याक्सिस
युग्लिना प्रकास तर्फ पौडिनु । - प्रकाश विपरित: नकारात्मक फोटोट्याक्सिस
गड्यौला माटो मुनि जानु । - रसायनतर्फ : सकारात्मक केमोट्याक्सिस
एन्थेरोज्वाइड मेलिक अम्लको प्रभावले स्टीग्मा तर्फ जानु । - रसायनविपरित: नकारात्मक केमोट्याक्सिस
लामखुट्टे धुपवाट टाढा भाग्नु । - ट्रपिज्म:
वाहिरि उत्तेजनाप्रति बिरुवाका भागहरुले देखाउने चाल । - सकारात्मक ट्रपिज्म: उत्तेजक तर्फ हुने चाल ।
नकारात्मक ट्रपिज्म: उत्तेजक विपरित हुने चाल । - उत्तेजक. ट्रपिज्म को प्रकार
- प्रकास तर्फ: सकारात्मक फोटोट्रपिज्म
बिरुवाको पात वा हागा प्रकासतर्फ बढ्नु । - प्रकास विपरित: नकारात्मक फोटोट्रपिज्म
बिरुवाको जरा माटो मुनि जानु । - रसायनतर्फ: सकारात्मक केमोट्रपिज्म
बिरुवाको जरा रासायनिक मल तर्फ जानु । - रसायनविपरित: नकारात्मक केमोट्रपिज्म
बिरुवाको टेन्ड्रिल क्लोरोफर्म वाट टाढा जानु । - पानी तर्फ: सकारात्मक हाइड्रोट्रपिज्म
जरा पानि तर्फ जानु । - गुरुत्व तर्फ: सकारात्मक जियोट्रपिज्म
जरा माटो मुनि जानु । - गुरुत्व विपरित: नकारात्मक जियोट्रपिज्म
काण्ड वा हागा माथितिर बढ्नु । - ताप : थर्मोट्रपिज्म
कम तापमा बन्द हुनु र बढि तापमा खुल्नु ।