व्रम्हाण्ड:
असिमित पदार्थ, पिण्ड ,शक्ति र समय रहेको अति विशाल स्थान ।
Big Bang सिद्दान्त:
व्रम्हाण्ड उत्पति भएको वैज्ञानिक सिद्दान्त ।
व्रम्हाण्डमा अनगिन्ति तारापुञ्ज, पिण्डहरु, शिशुग्रह, धुम्रकेतु, तरङ्ग, रहेका छन् ।
सौर्य परिवार रहेको तारापुञ्ज: आकाशगंगा तारापुञ्ज।
यसको आकार कमानी आकार छ ।
आकाशगंगा तारापुञ्ज को व्यास करिब एक लाख प्रकाशवर्ष रहेको छ।
सौर्य परिवार आकाशगंगा तारापुञ्जको केन्द्रवाट करिब २५ हजार प्रकाशवर्ष टाढा सौर्य परिवार रहेको ।
सौर्य परिवार:
सुर्य, आठवटा ग्रहहरु, उपग्रह, शिशुग्रह, धुम्रकेतु, उल्का हरु, मिलि बनेको परिवार ।
प्रकाशवर्ष:
प्रकाश ले 3×10^8 m/s को गतिमा एक वर्षमा पार गर्ने दुरी ।
१ प्रकाशवर्ष = 9.46 × 10^12 Km
अन्तरिक्ष मा तारापुञ्ज र ताराहरु विचको दुरी नाप्न प्रकाशवर्ष एकाइ प्रयोग हुने ।
एस्ट्रोनोमिकल युनिट A.U :
सुर्य र पृथ्वी विचको दुरी को एकाइ लाइ एस्ट्रोनोमिकल युनिट भनिन्छ ।
१ A.U = 1.5 × 10^8 Km
सौर्य परिवार भित्र ग्रहहरु विचको दुरी नाप्न एस्ट्रोनोमिकल युनिट एकाइ प्रयोग हुने ।
सूर्य:
सौर्य परिवारको केन्द्र , मझौला आकारको तारा ।
ग्रहहरुले परिक्रमा गर्ने ।
हाइड्रोजन को भण्डार रहेकाे र फ्युजन हुदाँ ताप र प्रकाश शक्ति उत्पन्न भएको ।
सुर्यमा पदार्थहरु प्लाज्मा अवस्थामा तिव्र वेगले सौर्य बतास को रुपमा निस्किरहेका ।
सौर्य बतास को वेग = ५०० कि.मि/सेकेन्ड
ग्रह:
सुर्यको वरिपरि घुमिरहने, गोलाकार अदिप्त पिण्ड ।
आठवटा ग्रहहरु :
भित्रि ग्रहहरु: वुध, शुक्र, पृथ्वी र मंगल
वाहिरि ग्रहहरु: बृहस्पति, शनि, अरुण र बरुण
वुध : सुर्य वाट नजिकको ग्रह, सानो ग्रह
शुक्र: सबैभन्दा तातो र चम्किलो ग्रह, morning/evening star, पृथ्वीको जुम्ल्याहा ग्रह, उल्टो घुम्ने ग्रह
पृथ्वी: निलो ग्रह, जिवन भएको ग्रह, जिवित ग्रह
बृहस्पति: ठुलो ग्रह, दागयुक्त ग्रह
शनि: चक्कायुक्त ग्रह, पानिमा तैरने ग्रह, कम घनत्व भएको ग्रह
अरुण: हरियो ग्रह, उल्टो घुम्ने ग्रह
बरुण: टाढाको ग्रह, कालो धब्बायुक्त ग्रह
उपग्रह:
ग्रहको वरिपरि घुम्ने पिण्ड हरु ।
पृथ्वीको प्राकृतिक उपग्रह: चन्द्रमा
मंगलको: फोबोस र डेमोस
बृहस्पतिको : ६७ वटा, ग्यानिमिड ठुलो उपग्रह
शनिको : ६३ वटा, टिटान ठुलो उपग्रह
अरुणको: २७ वटा
बरुणको: १३ वटा, ट्राइटन ठुलो उपग्रह
शिशुग्रह:
बृहस्पति र मंगल ग्रह को कक्षको विचमा भएका साना ठुला अनियमित आकारका पिण्ड हरु । सिरस, जुना आदि ।
पुच्छ्रे तारा:
सुर्य लाइ दिर्घवृत्ताकार कक्षमा परिक्रमा गर्ने, ग्यासिय वरफवाट वनेका कुचो आकारका चहकिला पिण्ड । उदाहरण हेलि, टेम्पल टुटल, एन्के, सुमेकर लेभी आदि ।
कोमा: पुच्छ्रे तारा को केन्द्रिय ठोस पिण्ड लाइ कोमा भनिन्छ ।
सौर्य बतासको प्रभाववाट पुच्छ्रे ताराको ग्यासिय पिण्ड वाफ बनि पछाडि उडेर पुच्छर
बनेको हुन्छ र यो जहिले सुर्य को विपरित दिशा तर्फ हुन्छ ।
सुर्यको नजिक आउदा पुच्छर लामो र टाढा जाँदा पुच्छर छोटो हुन्छ ।
प्रत्येक पटक सुर्यको परिक्रमा गर्दा यसले पिण्ड गुमाउने भएकोले सानो हुदै जान्छ ।
कतिपय पुच्छ्रे तारा घुम्ने क्रममा अन्य पिण्ड सँग ठक्कर खाइ नष्ट हुने भएको ले फेरि देखिदैन ।
जस्तै सुमेकर लेभी पुच्छ्रे तारा बृहस्पति सँग ठक्कर खाइ नष्ट भएको ले फेरि देखिदैन ।
पुच्छ्रे ताराहरु वास्तविक तारा होइनन् ।
उल्का:
केहि आकाशिय पिण्डहरु घुम्ने क्रममा पृथ्वीको गुरुत्व क्षेत्र भित्र पर्न गइ गुरुत्ववल ले तान्दा तिव्र वेगले खस्दा वायुमण्डल सगको घर्षण वाट ताप उत्पन्न भइ जलि नष्ट हुने पिण्ड ।
उल्कापिण्ड:
पृथ्वीको सतहसम्म आइपुग्ने उल्का ।
यो उल्का भन्दा ठुलो हुन्छ ।
वनावट को आधारमा उल्का पिण्ड हरु ३ प्रकारका छन्:
फलामे
ढुङ्गे
मिश्रित
तारा:
आकाशमा चम्किरहने आफ्नै प्रकाश भएका दिप्त पिण्ड हरु ।
व्रम्हाण्डमा अनगिन्ति ताराहरु छन् ।
ताराको श्रोत हाइड्रोजन को भण्डार हो। न्युक्लियर फ्युजन हुदाँ प्रशस्त मात्रामा ताप र प्रकाश उत्पन्न भएको ।
ताराहरु सुर्य भन्दा साना ठुला वा बराबर आकारका छन् ।
दुरी को आधारमा ठुला तारा हरु साना र
साना ताराहरु ठुला पनि देखिन्छन् ।
पल्सार:
अति तिव्र वेगमा घुमि रेडियोतरङ्ग छाड्ने तारा ।
ताराको जीवनी:
तारामा भएको हाइड्रोजन को मात्रा को आधारमा ताराको जिवनचक्र चल्छ ।
हाइड्रोजन को भण्डार सकिदै जाँदा ताराको जीवनी को अन्त्य अवस्था सुरु हुन्छ ।
प्रोटोटार → स्टार →नोभा→रातो विशाल तारा →सेता बाम
स्टार →सुपरनोभा ↓→न्युट्रोन स्टार
कालो छिद्र
नोभा:
सुर्य जत्रो वा सानाे ताराको विष्फोट ।
रातो विशाल तारा:
नोभा पछि ताराको मध्य भाग खुम्चदै जाँदा चिसो भइ बनेको विशाल रातो तारा ।
सेता बाम :
रातो विशाल तारा पछि ताराको मध्य भाग केन्द्रतिर खाँदिदै जाने क्रम इलेक्ट्रोन को चाप सँग वरावर र सन्तुलित भइ रोकिदा बन्ने सानो र सेतो ताराको अवशेष ।
सुर्यको अन्त्य सेता बामको रुपमा हुन्छ ।
सुपरनोभा:
सुर्य भन्दा ठुलो ताराको विष्फोट ।
न्युट्रोन स्टार:
सुपरनोभा पछि ताराको अवशेष तिन सौर्य पिण्ड सम्म भएमा केन्द्र तिर भासिने क्रम लाइ इलेक्ट्रोन को चापले थाम्न नसक्दा इलेक्ट्रोन पनि न्युक्लियस भित्र छिराइ ताराको अधिकांश पिण्ड न्युट्रोन रहेको ताराको अवशेष ।
कालो छिद्र Black Hole :
सुपरनोभा पछि ताराको अवशेष तिन सौर्य पिण्ड भन्दा बढि भएमा केन्द्र तिर भासिने क्रम लाइ न्युट्रोन विचको विकर्षण वलले समेत थाम्न नसक्दा केन्द्र तिर भासिदै गइ बन्ने असिमित गुरुत्वाकर्षण र घनत्व भएको सानो अदृश्य पिण्ड ।
कालो छिद्र बन्ने तरिका:
अति विशाल ताराहरु जिवन को अन्त्य तिर भासिदै गइ असिमित गुरुत्वाकर्षण र घनत्व भएको सानो अदृश्य पिण्ड बन्ने क्रममा कालो छिद्र बन्दछन् ।
कालो छिद्रका प्रमाणहरु:
संयुक्त ताराहरु एक अर्कालाइ परिक्रमा गरिरहेको प्रमाण ।
अन्तरिक्ष मा कुनै अदृश्य पिण्ड को वरिपरि ताराहरु घुमिरहने प्रमाण ।
तारामण्डल:
राति आकाशमा निश्चित वस्तु को आकृति मा देखिने निश्चित ताराको समुह ।
सप्तऋषि, टुना, मुस्का, टेलिस्कोपियम, कश्यप, शर्मिष्ठा आदि ।
पृथ्वी वाट ८८ वटा तारामण्डल देखिने ।
जसमध्ये १२ वटालाइ राशी भनिन्छ ।
तारापुञ्ज:
व्रम्हाण्डमा रहेका अनगिन्ति अरबौं ताराहरुको समुह ।
आकाशगंगा, एन्ड्रोमेडा, भेस्पा, IC1101 आदि ।
आकारको आधारमा तारापुञ्ज हरु तिन प्रकार का छन्:
कमानी आकार वा स्पाइरल
दिर्घवृत्ताकार
अनियमित आकार ।
आकाशगंगा तारापुञ्ज को आकार स्पाइरल वा कमानी आकारको छ ।
व्रम्हाण्ड को उत्पति भएको सिद्दान्त: Big Bang Theory